|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व शाही राज खान्दानमा बियोग काठमाण्डौं, October 30, 2008- भाईटीकाको पूर्व सन्ध्यामा नेपालको पूर्व राजपरिवारमा भने शोक परेको छ । पूर्व शाहज्यादी शीताष्मा शाहका पति अभिनेशकुमार सिंहको ह्दयाघातका कारण निधन भएको छ । केही समय अघिदेखि अस्वस्थ अभिनेश शारीरिक रुपमा अस्वस्थसमेत थिए । पूर्व शाहज्यादी शीताष्मा पूर्व अधिराजकुमार स्व. धीरेन्द्र शाह तथा पूर्व अधिराजकुमारी स्व. प्रेक्षाकी माइली छोरी हुन् । धीरेन्द्रको २०५८ जेठमा भएको दरवार हत्याकाण्डमा र प्रेक्षा ०५८ कार्तिकमा तिहारभन्दा ठीक अघि रारा तालमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । पन्चायती शासनकालमा तीब्र विवादमा मुछिएका धीरेन्द्रको २०४५ मा प्रेक्षासँग पारपाचुके भएको थियो । त्यसबेला उनले अधिराजकुमारको पदवीबाट राजिनामासमेत दिएका थिए । बाबु-आमाको पारपाचुकेपछि तीन छोरीहरु पूजा, दिलाशा र शीताष्मा आमा प्रेक्षासँग बस्दै आएका थिए । दरवार हत्याकाण्डमा पिता धीरेन्द्रको तथा रारा तालमा आमाको निधन भएपछि पूर्व राजा ज्ञानेन्द्रले धीरेन्द्रका तीन छोरीहरुको अविभावकत्व ग्रहण गरेका थिए । धीरेन्द्र-प्रेक्षाका तीनै छोरीहरुको कन्यादानपनि उनैले गरिदिएका थिए । निधन भएका अभिनेश शीताष्माले दाइजोस्वरुप पाएको धुम्वाराहीस्थित कुण्डलिनी क्लवको सन्चालन गर्दै आएका थिए । स्व. अभिनेशकी आमा आशा सिंह हुन् जसले पत्रकारितासमेत गर्दै आएकी छन् । जानकारीअनुसार स्व. अभिनेशको नाकमासमेत केही समय अघिदेखि समस्या आएको थियो । यसैगरी प्यारालाइसिसकाकारण शरीरको तल्लो भाग चल्नपनि छाडेको थियो । उनी केही समय अघि बैङ्ककमा उपचार गरी फर्केको बताइएको छ । उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||