Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

भूतपूर्व राजा ज्ञानेन्द्र नारायणहिटी छाड्ने अन्तिम तैयारीमा
दरवार अगाडि तीन वटा राष्ट्रिय झण्डा गाडियो


नारायणहिटीभित्र फहराइरहेको नेपालको राष्ट्रिय झण्डा. Photos: Sitaram

काठमाडौं,  May 30, 2008- नारायणहिटी दरवारमा नेपालको राष्ट्रिय झण्डा गाड्न माग गर्दै दरवार मार्गलगायतका क्षेत्रमा प्रदर्शन बढेपछि विहीबार राति दरवारको मूल भवन अगाडि तीन वटा राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ झण्डा गाडिएपछि भूतपूर्व राजा ज्ञानेन्द्र नारायणहिटी छाड्ने अन्तिम तैयारीमा छन् ।

आजै नेपाल सरकारले संविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको ब्यहोराको जानकारी पत्र िदंदै भूतपूर्व राजा र उनका परिवारलाई नारायणहिटी छाड्न निर्देशनपनि िदंदैछ ।

राजधानीबाट निस्कने केही पत्रिकाले ज्ञानेन्द्रले विहीबार मध्यरातमा नारायणहिटी छाडेको उल्लेख गरेका छन् । तर उनी विहीबार रातिपनि त्यहीं रहेको जानकारी श्रोतले दिएको छ । भूतपूर्व राजा ज्ञानेन्द्रले १५ दिनभित्र नारायणहिटी छाडिसक्नुपर्ने निर्णय संविधान सभाको पहिलो बैठकले गरिसकेको छ ।

बिहीबार पूर्व युवराज पारश शाह दिनभरि नारायणहिटीमा रहेका थिए । त्यहाँ बाबुछोराबीच आगामी दिनका योजनाबारे लामो कुराकानी भएको अनुमान गरिएको छ । विहान नारायणहिटी छिरेका उनी राति साँढे बार्ह बजे आफ्नी पत्नी हिमानीकासाथ नारायणहिटीबाट निर्मल निवासतर्फ लागेका थिए । विहीबार दिउसो नारायणहिटीमा रहेका ज्ञानेन्द्रका निजी सरसामानहरु स्थानान्तरणकालागि गाडीमा राख्ने काम गरिएको थियो ।

यसैगरी विहीबार दिउसो नै राजदरवार सुरक्षा समन्वय कार्यालयमा रहेका कम्युटरलगायतका सामाग्रीहरु दरवार सुरक्षा वाहिनी कार्यालयमा सारिएको थियो । सुरक्षा समन्वय कार्यालयले राजाको व्यक्तिगत सुरक्षा व्यवस्था मिलाउने गर्दथ्यो । राजा रहेका बेला उनको सुरक्षाकालागि खटिएको सबैभन्दा महत्वपूर्ण कार्यालयका सामाग्रीहरु सारिएपछि ज्ञानेन्द्र नारायणहिटी सहजै छाड्ने 'मुड' मा रहेको देखाएको छ।


नारायणहिटीभित्र गाडिएको राष्ट्रिय झण्डा नियाल्दै एक गणतन्त्र प्रेमी नागरिक

०५८ जेठमा राजा भै नारायणहिटीमा आउनुअघि ज्ञानेन्द्र उनको निजी निवास निर्मल निवासमै बस्ने गरेका थिए । निर्मल निवास अहिले उनले छोरा पारशलाई दिइसकेका छन् । नारायणहिटी छाडेको केही समयसम्म उनी निर्मल निवासमै रहेपनि त्यसपछि अन्यत्र कतै निवासको बन्दोबस्त गरेर सर्ने श्रोतले जानकारी गराएको छ ।


Photo: Santa


Photo: Sitam

ज्ञानेन्द्रले नारायणहिटी छाड्नुपर्ने माग गर्दै विहीबार रातिसम्मपनि दरवारमार्गमा नागरिकहरुको प्रदर्शन जारी थियो । त्यसक्रममा सशस्त्र प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भएको थियो । प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरुद्धमा बागबजार, पुतली सडकलगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन भएको थियो । घटनाले िहंसात्मक रुप लिने सम्भावना बढेपछि विहीबार बेलुकी नारायणहिटी राजदरवारको अगाडि नेपालका तीनवटा राष्ट्रिय झण्डा गाडिएको थियो ।


दरवारभित्र ड्युटी परिवर्तन गर्दै सैनिक टुकडी Photos: Sitam

नारायणहिटीमा राष्ट्रिय झण्डा गाडिएपछि शुक्रबार बिहानदेखि नारायणहिटीको मूल गेटमा जनपद प्रहरीले सुरक्षाको ड्युटी लिएको छ । उता शुक्रबार बिहानै त्यहाँभित्रको सैनिक टुकडीपनि ड्युटी परिवर्तन भएको छ । बाजागाजासहित आएको सानो एक सैनिक टुकडीले अर्को टुकडीलाई ड्युटी जिम्मा लगाएको थियो । नारायणहिटीमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा गाडिएको दृष्य हेर्न सयौं काठमाडौंबासीहरु मूल गेटमा गैरहेका छन् ।

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®