Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्व राजाकी बहिनीको जग्गाबाट सुकुम्वासी नहट्‍ने

काठमाडौँ, September 24, 2008- माओवादीका केन्द्रीय सदस्य तथा निवर्तमान भूमिसुधार मन्त्री मातृकाप्रसाद यादवले आफ्नो जग्गामा कहिल्यै नटेक्ने सामन्तहरुको जग्गा कब्जा गरी गरिव तथा सुकुम्वासीहरुलाई वितरण गरिने बताएका छन् ।

भूमिहीन सुकुम्वासीहरुलाई यस्ता जग्गा कब्जा गरी बसोबास गर्न आव्हान गर्दै उनले तराई भरि यस्तो अभियान नै सन्‍चालन गरिने उद्घोषसमेत गरेका छन् ।

मन्त्री पदबाट राजिनामा दिएलगत्तै तराईका जिल्लातिर लागेका माओवादी नेता यादवले मंगलबार र बुधबार पूर्वी तराईका विभिन्न कार्यक्रममा बोल्दै यस्तो आव्हान गरेका हुन् । पूर्व राजपरिवारको जग्गा कब्जा गर्ने सुकुम्वासीहरुलाई यादवले धन्यवादसमेत दिएका छन् । माओवादी पार्टीले भने उनको काम मन्त्रीको मर्यादाविपरित भएको भन्दै आत्मालोचना गर्न निर्देशन दिएको थियो ।

गरिव जनताको हितकालागि माओवादीले रोल्पा-रुकुमबाट जनयुद्धको सुरुवात गरेपनि सामन्तहरुको जग्गा कब्जा गरी सुकुम्वासीलाई वितरण गरिने कार्यको सुरुवात सिरहाबाट हुने बताएका यादव यतिबेला आफ्नो योजनालाई मूर्तरुप दिन पूर्वी तराईका जिल्लाको दौडाहामा छन् । यसरी जिल्ला दौडाहामा लागेका बेला काठमाडौंमा भने उनी छुट्टै सशस्त्र संगठनमा लागेको र भूमिगत बनेको हल्ला चलेको छ ।

पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभाको सिरहा मिर्चैयास्थित जग्गामा बसोबास थालेका सुकुम्वासीलाई कुनैपनि हालतमा त्यहाँबाट हटाउन नदिइनेपनि उनले बताएका छन् । सोही जग्गामा अहिले करिव २ सय सुकुम्वासीहरु घर-टहरा बनाएर बसोबास सुरु गरेका छन् । काठमाडौंमा अन्य दलहरुले यादवको आलोचना गरिरहँदा उनी भने तराईंका दलित, गरिव तथा सुकुम्वासीले पहिराइदिएको माला लगाउँदै र भाषणमा ताली खाँदै जिल्लाहरुको दौडाहामा छन् ।

-Sitaram Baral in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®