भारतीय पूर्व राष्ट्रपति कलामलाई नेपालको लाल सलाम !
Former President of India Dr. A.P.J. (Avul Pakir Jainulabdeen) Abdul
Kalam in Kathmandu. Photos: Santa
काठमाण्डौं, November
18, 2008-
नेपाल भ्रमणमा रहेका भारतीय पूर्व राष्ट्रपति अब्दुल कलामले नेपालका
राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।
कार्तिक ३ गते राष्ट्रपतिको सरकारी निवासमा भएको भेटघाटमा दुईपक्षीय हित
तथा नेपालको शान्ति प्रकृयाको बारेमा छलफल भएको थियो ।
भेटवार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै कलामले नेपालमा
आफ्नो पहिलो भ्रमण भएको र नेपालबाट आफू निकै प्रभावित भएको बताए । शान्ति
प्रकृयामा भएको प्रगती तथा नेपालको लोकतन्त्रको अभ्यास मौलिक किसिमको भएको
कलामको भनाई थियो । नेपालमा रहेका पिछडिएका समुदायलाई अनिवार्य रुपमा
समेट्न सकेमात्रै लोकतन्त्रको सार्थकता रहेनमा विशेष जोड दिए ।
पूर्व राष्ट्रपति कलामले नेपालको जैविक विविधता, जातीय, भाषीक विविधतालाई
सम्पक्तिको रुपमा ग्रहण गर्न सके मुलुकको उन्नती छिटो हुने उल्लेख गरे ।
राष्ट्रपति यादवसँगको भेटमा भारतले सधैं आफूसँगसँगै छिमेकी मुलुकको पनि
उन्नती चाहेको कुरा कलामले सन्चारकर्मीलाई बताए ।
काठमाडौं युनिभर्सीटीको निमन्त्रणमा उनी मंसिर २ गत नेपाल आईपुगेका थिए ।
वाल्यकाल अत्यन्त गरिबीमा बिताएका कलाम वहुप्रतिभाशाली व्यक्ति हुन् ।
वाल्यकालमा पत्रिका बेच्ने हकर काम गरेका उनी चर्चित वैज्ञानिकसमेत हुन् ।
-Santa Bagam in Kathmandu
APJ Kalam with President of Nepal, Dr. Rambaran Yadav.
Photos: Santa