|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
विहीबारभित्र मन्त्रिमण्डल विस्तार हुने 'हामी अधिकार प्राप्त गर्न सक्षम छौं विदेशीले दबाब दिइरहनुपर्दैन ।' काठमाडौं, August 20, 2008- वरिष्ठ माओवादी नेता मोहन वैद्य 'किरण' ले मन्त्रालय बाँडफाँडमा कुरा मिलिसकेको बताउँदै विहीबार मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की भएको बताएका छन् । नेता किरणले कोशीको बाढीग्रस्त क्षेत्रबाट फर्केपछि सहमति पत्रमा हस्ताक्षर हुने जानकारीपनि गराएका छन्। किरणको भनाई थियो- 'मन्त्रालय बाँडफाँडमा कुरा मिलिसकेको छ भोलिसम्ममा मन्त्रिमण्डल विस्तार हुन्छ ।' उनले माओवादीबाट डा. बाबुराम भट्टराईले अर्थ मन्त्रालय र रामबहादुर थापा 'बादल' ले रक्षा मन्त्रालयको जिम्मेवारी लिने टुंगो लागेको र अन्य मन्त्रालयका बारेमा विहीबार नै टुंगो लाग्ने बताए । आफू भने सरकारमा नजाने बताउँदै नेता किरणले सरकारमा सहभागी जाने नेताहरुको नाम तय भएपछि पार्टीभित्र पनि जिम्मेवारी बाँडफाँड हुने बताए । कार्यवाहक अध्यक्षका बारेमा भने टुंगो नलागेको जानकारी पनि उनले दिए । सरकारमा सहभागी नहुनेले पार्टी सन्चालनको जिम्मेवारी लिने बताउँदै किरणले केन्द्रीय समितिको बैठक बसी जिम्मेवारी बाँडफांडको टुंगो लगाउने बताए । नेता किरणले जनमुक्ति सेनाले प्रधानमन्त्रीको सुरक्षा खटाउने नखटाउनेबारे टुंगो नलागेको जानकारीपनि दिए । जनमुक्ति सेनालाई प्रधानमन्त्रीको सुरक्षार्थ नखटाउने भन्ने निर्णय नभएको बताउँदै उनले भने- 'नेपाली सेना र जनसेनाको भूमिका महत्वपूर्ण छ कसैकोपनि भावनामा चोट पुर्याउनुहुन्न भन्ने पक्षमा छौं ।' सेनाबारे स्वस्थ चर्चा नभएको भन्दै नेता किरणले नेपालको राष्ट्रियताकालागि नेपाली सेना र जनसेना दुवैको उच्च योगदान रहेको बताए । प्रधानमन्त्री हुँदैमा प्रचण्डको जनमुक्ति सेनासंगको सम्बन्ध नटुटेको बताए । किरणले भने- 'नेकपा माओवादी ले दुवै सेनालाई उत्तिकै विश्वास गरेको छ ।' सेना समायोजन प्रकृया छिट्टै अघि बढ्ने उनको भनाई थियो । नेकपा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले मन्त्रालय बाँडफाँडमा सहमति बनिसकेको बताए । उनको भनाई थियो- 'सहमति बनिसक्यो हस्ताक्षर गर्न मात्र बाँकी छ ।' भोलि मन्त्रिमण्डल बन्ने कुरा उनलेपनि दोहोर्याए । आफ्नो दलले आजै आफ्ना तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम दिने जानकारीपनि अधिकारीले दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले माओवादीले राज्यका संरचनालाई पार्टीमुखी बनाउन खोजेको आरोप लगाउँदै एकतन्त्रका पक्षधर कम्युनिष्टको शैलीमा पार्टीले निर्णय गर्ने र त्यही लागू गर्ने परम्पराको थालनी प्रधानमन्त्रीको सुरक्षार्थ जनसेनाको परिचालनबाट शुरु गर्न खोजिएको बताए । मधेशी जनअधिकार फोरमका प्रवक्ता वीपी यादवले आफ्नो दलले पाउने चारवटा मन्त्रालयमध्ये उपप्रधानमन्त्री र परराष्ट्रमा उपेन्द्र यादव, सूचना तथा सन्चारमा जयप्रकाशप्रसाद गुप्ता, जलस्रोतमा विजयकुमार गच्छेदार जाने तय भएको बताए । बाँकी एक मन्त्रालय, दुईवटा राज्य र एक सहायकमन्त्रीको भोलिसम्म टुंगो लाग्ने जानकारी दिए । |
|
|
संविधान निर्माण मधेशको अधिकार सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी हुन लागेको उनको भनाई थियो । विदेशी शक्तिलाई चलखेल गर्न नदिन आफूहरु सशक्त रुपमा लाग्नेपनि बताए । हिन्दीलाई दोस्रो राष्ट्रिय भाषा बनाउन विदेशीले दबाब दिनु आवश्यक नभएको उनको भनाई थियो । उनले भने- 'हामी अधिकार प्राप्त गर्न सक्षम छौं विदेशीले दबाब दिइरहनुपर्दैन ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||