Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अहो! भारतबाट आएका गाडीहरु २४ घण्टासम्म नेपालमा रहँदा कर लिन नपाउने माग गर्दै सदन ठप्प
थाहा छ- भारत चाँही तपाईंको गाडी एकै घण्टाका लागि उता छिरे पनि कर लाउँछ?
ठेला गाडा र रिक्सा खरिद गर्न ऋण उपलव्ध गराउन अर्थ मन्त्री राजी

काठमाडौँ, September 28, 2008- अर्थमन्त्री डा बाबुराम भट्टराई एकपछि अर्को माग पुरा गर्न तयार भएपछि व्यस्थापिकाको वैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलको पछिल्लो प्रयास पनि विफल भएको छ ।

यसअघि काँग्रेसले खोँचे थापेपछि अवरुद्ध हुँदै भएको वैठक असोज १३ गते तराई मधेश लोकतान्त्रिक पार्टीको कारण अन्यौलग्रस्त बन्यो ।

वैठक शूरु हुना साथ तमलोपाका ह्रदयेश त्रिपाठीले भारतबाट आएका गाडीहरु २४ घण्टासम्म नेपालमा रहँदा कर लिन नपाउने व्यवस्था हुनु पर्ने माग गरे । उनले सो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएका थिए ।

त्रिपाठीको सो मागलाई अर्थमन्त्री भट्टराईले पुरा गरिदिने बताएपछि वैठक सुचारु भएको थियो । विहान ११ बजेको लागि बोलाइएको वैठक साँझ ५: २३ बजी मात्रै शूरु भएको थियो ।

काँग्रेस सभासद शोभाकर पराजुलीले सुरक्षाकर्मीको आत्मबल कमजोर हुने खालको अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे । उनले गृहमन्त्रीको विरोधमा आएका अभिव्यक्तिकोसमेत बचाउ गरेका थिए ।
अर्का सभासद राजकुमार राईले सरकारले प्रस्तुत गरेको बजेट अत्यन्त राम्रो रहेको तथा सबै मिलेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

अर्थमन्त्री डा. वावुराम भट्टराईले सभासदहरुको सुझावलाई वजेटमा समावेश गर्ने थप विषयहरु सार्वजानिक गरेका छन् । जसअनुसार यस अघि विनियेाजित रकममा असर पर्ने, असर नपर्ने, राजस्वमा छुट गरिएको र सामाजिक सुरक्षाका विषयमा रहेका छन् ।

प्रतिपक्षी दलका सभासदहरुले वजेटमा थप्नु पर्ने विषय अर्थमन्त्रीले लिखित रुपमा प्रस्तुत गर्नुपर्ने भन्दै लगातार सदन अवरोध गर्दे आएका थिए ।

वजेटमा असर नपर्ने गरी थप गरिएका कार्यक्रमहरुमा लोपउन्मुख र अति सीमान्तीकृत जातिका विद्यार्थीलाई १२ कक्षासम्म निशुल्क शिक्षा दिइने भएको छ । यस अघिको बजेट भाषणमा कर्णालीवासी र दलित समुदायको लागि सो सुविधा दिइने उल्लेख थियो ।

यसैगरी ठेला गाडा र रिक्सा खरिद गर्न ऋण उपलव्ध गराउने, संचार माध्यमलाई लोककल्याणकारी विज्ञापनलाई दोव्वर दिने लगायतका छन् । त्यस्तै पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तरगत हिमालमा मुगुको रारा ताल र तराईमा जनकपुर क्षेत्रमा पुर्वाधार विकाश गर्ने रहेका छन् ।
 
त्यस्तै उनले त्रिभुवन विश्व विद्यालयका आगींक क्याम्पस नभएका जिल्लाहरुमा आगींक क्यम्पस स्थापना गरिने वताए ।

त्यस्तै, वजेट रकममा प्रत्यक्ष प्रभाव नपर्ने विकाश सम्वन्धी कार्यक्रममा सभासदहरुवाट आएका सुझावलाई आत्मसात गर्दै निजि क्षेत्रलाईसमेत सहभागि गराई स्वदेशमै रासायनिक मल कारखाना स्थापनाको गृहकार्य गर्न आवश्यक पहल गर्ने, कर्णालि क्षेत्रको विकाशका लागि विभिन्न सिर्शक र कार्यक्रम अन्तरगत वजेटलाई एकीकृत रुपमा परीचालन गर्ने लगायत रहेका छन् ।

एफ.एम. रेडियो, केवुल टेलिभिजनमा लाग्ने नविकरण र रोयल्टी दस्तुरमा गत वर्ष जस्तै छुट दिने, जनयुद्ध र मधेश आन्दोलनका शहिद परीवारलाई जग्गा नामसारी गर्दा लाग्ने रकममा छुट दिने कुरा पनि वजेटमा समेट्ने अर्थमन्त्री भट्टराईले जानकारी दिए ।

दिउसो ११ वजे वस्ने भनिएपनि वैठक ढिलागरी २:३० वजे मात्र शुरु भएको थियो । आजको वैठकमा नियमित कार्यतालिका माथि भने छलफल हुन सकेन । आगामी वैठक भोली विहान ११ वजे वस्नेछ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®