|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नवोदित नायिकाको निर्देशक-निर्माताद्वारा बलात्कारको प्रयास |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'नेपाली चलचित्रमा कुनैपनि नायिकामाथि अब यस्तो घटना नदोहोरियोस् ।'-
नायिका ममता प्रधान![]() Nepalese actress Mamata Pradhan at the press conference. Photo courtesy: CyberSansar.Com काठमाडौँ, September 26, 2008- नवोदित नायिका ममता प्रधानले आफूमाथि निर्देशक-निर्माताले बलात्कारको प्रयास गरेको भण्डाफोर गरेकी छिन् । नायिका प्रधानले निर्देशक कृष्ण चापागाईं र निर्माता संजय कुटुले आफ्नो चलचित्रमा नायिका बनाउने प्रलोभनमा आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै सम्पूर्ण घटना विवरण सुनाएकी छिन् । रिपोर्टस्र क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले निजहरुमाथि कडा कानुनी कार्वाहीको मागसमेत गरेकी छिन् । रिपोटस्र क्लबमा आयोजित कार्यक्रममा दर्जनौं पत्रकारको प्रश्नको वर्षालाई सामना गरेकी उनले पटक-पटक रुँदै घटनाविवरण सुनाइन् । उनले भनिन्- 'नेपाली चलचित्रमा कुनैपनि नायिकामाथि अब यस्तो घटना नदोहोरियोस् ।' अग्रज नायिकाहरुले विगतमा यस्तो हिम्मत गरेको भए आफूले यस्तो दुव्र्यवहार सहनुनपर्ने अवस्था आउन्नथ्यो भन्दै दोषीमाथि कारबाही गराएरै छाड्ने बताइन् । उनले भनिन्- 'नबिराउनु नडराउनु भन्छन् म आज साहसका साथ उपस्थित भएको छु सबैले सहयोग गर्ने अपेक्षा गरेको छु ।' नवोदित नायिका प्रधानका अनुसार निर्देशक चापागाई र निर्माता कुटुले झण्डै एक महिनाअघि उनीमाथि छुट्टाछुट्टै रुपमा बलात्कारको प्रयास गरेका थिए । नायिका प्रधानले उनीहरुको दुस्साहसको प्रतिकार गरेपछि उनीहरुले ममतासँग माफी मागेका थिए । त्यसपछिका दिनहरुमा निर्माता कुटु र निर्देशक चापागाईंले आफ्नो चरित्रको बारेमा नकारात्मक टिप्पणीहरु गर्दै हिडेकाले आफू बाध्य भएर महिला सेलमा बलात्कार प्रयासको आरोपमा निजहरु बिरुद्ध मुद्दा दायर गरेको कुरा बताइन् । सम्मेलनमा नायिका प्रधानले निर्माता कुटु र निर्देशक चापागाईंबिरुद्ध मुद्धा हालेपछि उनीहरु डराएर 'तिमीले पत्रकार सम्मेलन आयोजना गर हामी तिम्रो खुट्टा ढोगेर सार्वजनिक रुपमा माफी माग्छौं तिमीलाई पचास हजार रुपैयाँ पनि दिन्छौं हामी बिरुद्धको मुद्दा फित्ता लेउ ।' भनेकाले आफूले पत्रकार सम्मेलन आयोजना गरेको कुरा बताइन् । तर उक्त सम्मेलनमा बलात्कार प्रयासका आरोपित निर्माता कुटु र निर्देशक चापागाईं दुबै उपस्थित भएनन् । |
|
|
सम्मेलनमा नायिका प्रधानले आफू कसैसँग सुतेर फिल्म नखेल्ने र आगामी दिनहरुमा आफू जस्तो अन्य कोही नयाँ कलाकारपनि यौन शोषणको शिकार भएर फिल्म खेल्न नपरोस् भन्ने उद्देश्यले आफूमाथि भएको अन्यायको प्रतिकार गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरेको कुरा बताएकी थिइन् । प्रधानले भनिन्- 'निर्माता कुटु र निर्देशक चापागाइँलाई अब कानूनले सजाए दिनेछ त्यसका लागि सम्पूर्ण प्रकृयाहरु पूरा भइसकेको छ ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||