|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
कुर्चीको लडाईंमा लोभीपापीहरुको खेल काठमाडौं, June 18, 2008- राष्ट्रपति कसलाई बनाउने विवादभन्दा पनि सेना समायोजनसम्बन्धी विवादका कारण राजनीतिक गतिरोध सिर्जना भएको वार्तामा सहभागी राजनीतिक पार्टीका नेताहरुले बताएका छन् । राष्ट्रिय सहमतिका बुँदा तय गर्न माओवादी, नेपाली कांग्रेस र एमालेद्धारा गठित कार्यदलमा एमालेको तर्फबाट सदस्य रहेका अधिबक्ता तथा संविधान सभा सदस्य अग्नि खरेलले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा खुलाशा गरे- 'कार्यदलमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल सुरु नै भएको छैन, सेना समायोजन कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ, सेना समायोजन सम्बन्धी बिबादको टुङ्गो लागेपछिमात्र राष्ट्रपति लगायतका विषयमा छलफल हुनेछ ।' उनका अनुसार बृहद शान्ति सम्झौतामा भएको सेना समायोजन सम्बन्धी बिशेष समिति गठनसम्बन्धी प्रावधानलाई संसोधन गर्ने कि नगर्ने भन्ने बिबादमा सहमति अल्झिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी का बरिष्ठ नेता पोष्टबहादुर बोगटी 'दिवाकर' ले बृहद शान्ति सम्झौता विपरित नेपाली कांग्रेस र नेकपा एमाले सेना समायोजन सम्बन्धमा बखेडा निकालेको आरोप लगाए । बोगटले भने- 'कांग्रेसका शर्तहरु कुनै हालतमा हामी स्वीकार गर्न सक्दैनौं, चुनाव अघि एउटा कुरा भन्ने चुनावमा पराजित भएपछि अर्को कुरा गर्ने कांग्रेस र एमालेका शर्त पुरा गर्ने स्थितिमा हामी छैनौं ।' बोगटीले माओवादी बरु सरकारमा नजाने तर शान्ति सम्झौताका प्रावधानविपरित अर्को सम्झौता नगर्ने बताए । माओवादीले घरजग्गा कब्जा जारी राखेको भन्ने नेपाली कांग्रेसको आरोप पाखण्डमात्र भएको बताउँदै बोगटीले भने- 'अहिले कसैकोपनि घरजग्गा कब्जा गरिएको छैन, कांग्रेसमा मानिसहरु गाउँ जाँदैनन् काठमाडौंमा बसेर माओवादीले हाम्रो घरजग्गा कब्जा गर्यो भन्ने अफवाह फैलाएर हामीलाई घेराबन्दी गर्न खोजिरहेका छन्।' रिपोटस्र क्लबले आयोजना गरेको सो साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ठूला राजनीतिक दलबीचको विवादका कारण जनताले राजनीतिक पार्टीका नेताहरुलाई लोभीपापीको संज्ञा दिन थालेको बताए । 'नयाँ संविधान बनाउने चिन्ता छैन कुर्चीको लडाईं उत्कर्षमा छ' महतोले भने- 'यदि यस्तै हो भने मधेशवादी दलहरु आन्दोलनमा उत्रने स्थिति फेरिपनि आउन सक्छ ।' गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहलाई माओवादीले राष्ट्रपति बनाउन राखेको प्रस्तावबाट पछि नहट्न आग्रह गर्दै महतोले सिंहलाई राष्ट्रपति बनाए मधेशी जनताको सम्मान हुने बताए । 'मधेशी मूलको भएपनि उहाँमा मधेशवादी भावना छैन' महताले भने- 'त्यसैले उहाँले हिमाल, पहाड र तराईका सबै जनताको भावनाको प्रतिनिधित्व गर्न सक्नुहुन्छ ।' जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेलले सहमतिका आधारमा राजनीतिक दलहरुले राष्ट्रपतिको प्रस्ताव ल्याउनुपर्ने बताए । सेना समायोजनका सम्बन्धमा नेपाली कांग्रेसले बखेडा निकालेको बताउँदै पोखरेलले भने- 'आजै र अहिल्यै सेना समायोजन गरौं भन्नु कांग्रेसको अडङ्गामात्रै हो सेना समायोजन गर्न केही समय लाग्छ, त्यसैले सेनासम्बन्धी निर्णय नगरी माओवादीले सरकारको नेतृत्व गर्न पाउन्न भन्नु जनादेश अनुसार नयाँ सरकार बन्न नदिने षडयन्त्रमात्र हो ।' तत्काल सहमति नभए माओवादी सरकारबाट हट्ने मुडमा रहेको बताउँदै पोखरेलले माओवादी सरकारबाट हटे नयाँ संविधान निर्माणको प्रकृया अबरुद्ध हुने बताए । उनले भने- 'त्यो स्थितिको जिम्मा अहिले गतिरोधको सिर्जना गर्ने नेपाली कांग्रेसले लिनुपर्छ ।' कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सेना सम्बन्धी विवादको टुङ्गो नलागी माओवादीलाई सरकारमा जान दिन नहुने बताएका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®