Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

डोनर देशका राजदूत भन्छन्‌- 'नेपालका सन्दर्भमा संघीयता महंगो हुनसक्छ'



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Danish Ambassador to Nepal, the Honorable Finn Thilsted. Photo: Sitaram

काठमाण्डौं, November 14, 2008- नेपालका लागि डेनमार्कका राजदूत फिन थिल्स्टेडले अन्य देशको सिको गरेर संघीयतामा जानुअघि नेपालका राजनीतिक दलहरुले गम्भीरतापूर्वक अध्ययन गर्न जरुरी रहेको सुझावपनि दिएका छन् ।

'नेपालका सन्दर्भमा संघीयता महंगो हुनसक्छ' युरोपेली युनियनको सदस्यराष्ट्र डेनमार्कका राजदूतले अगाडि भने- 'नेपालमा कस्तो संघीयता हुने हो भन्नेबारे कसैले उपयुक्त जवाफ दिन नसकिरहेको अवस्थामा संघीयतामा जानुअघिको परिणामको निक्र्यौल गर्न दलहरुलाई हाम्रो सुझाव छ ।'

नेपालको एउटै गाविसमासमेत विभिन्न जाति-जनजाति बस्नेगरेको प्रसंग उल्लेख गर्दै उनले संघीयताको स्पष्ट आधार पहिल्याउन कठिन हुने बताए । राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले संघीयतामा गइहाले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको क्षेत्रमा अनावश्यक खर्च बढ्ने उल्लेखसमेत गरे । प्रायजसो नेपालको दुर्गम गाउँहरुमा घुम्नकालागि निस्कने राजदूत थिल्स्टेडले तल्लो तहका जनता र गाउँ तहसम्म निर्णय अधिकारको सुनिश्चितताको आधार तयार गर्न जोड दिए ।

'नेपालले भारतमा लागू भएको संघीयता सोचेर हुँदैन सानो मुलुक नेपालमा संघीयता लागू गर्ने सिलसिलामा ठूला समस्याहरु आउनसक्छन्' उनले भने- 'हाम्रो देशले आजभन्दा डेढ सय वर्ष अघिनै संविधान बनाएको हो, हामीले संघीयतामा नगई तल्लो तहका जनतासम्म निर्णायधिकार सुनिश्चित गरेर आर्थिक एवं सामाजिक विकास हासिल गरेका हौं ।'

फ्रेन्च दार्शनिक मोन्टेस्क्यूको दर्शनबाट प्रभावित भएर आफ्नो देशमा एक जनालेमात्र संविधान लेखेको र जनताले आवश्यकताअनुसार परिवर्तन गर्दै आएको बताएका उनले नेपालको सन्दर्भमा ६ सय १ जनाले संविधान लेखनमा भूमिका खेल्नेभएबाट जनताको आवाजको सम्बोधन हुने आशा व्यक्तपनि गरे । संविधान लेखनमा नेपाली जनताको आशा र अपेक्षाको स्पष्ट सम्बोधन हुनेमा आफूहरु आशावादी भएको बताउदै उनले भने- 'जुम्लाको दुर्गम गाउँका जनताको निर्णयाधिकार पनि सुनिश्चित हुनेगरी संविधान बनोस् भन्ने हाम्रो चाहना छ ।'
 
संविधान सभाका सामु थुप्रै महत्वपूर्ण विषयको छिनोफानो गर्नुपर्ने अवस्था रहेको औल्याउदै उनले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाबारे पनि बहस रहेको अवस्थाबारे उल्लेख गर्दै भने- 'नेपालमा राष्ट्रपति सेरेमोनियल र प्रधानमन्त्री कार्यकारी रहनु नै उपयुक्त हुने देखेका छौं ।' नेपाली जनतासँग निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री भएबाट जनताको भावनाको सम्बोधन हुनेमा आफूहरु विश्वस्त भएको उनको कथन थियो ।

डेनमार्कले नेपालको विकासमा सहयोग गर्दै आएको प्रसंग औल्याउदै राजदूत थिल्स्टेडले संविधान निर्माण र शान्ति प्रकि्रयामा पनि खुलेर सहयोग गर्ने बताएका छन् । संविधान सभाका सदस्यहरुलाई संविधान निर्माणका लागि तालिम दिनका अलावा अन्य क्षेत्रमा सहयोग गर्ने बताएका उनले सेना समायोजन जतिसक्दो छिटो हुनुपर्नेमा जोड दिएका छन् । दलहरुले आपसी सहमति बनाएर समायोजन प्रकि्रयालाई निष्कर्षमा पुर्याउने आशा उनको छ ।

नॆपालको शान्ति प्रकि्रया र विकासबारे छलफल गर्न डेनमार्कका विदेशमन्त्री ११ मंसिरमा नेपाल भ्रमणमा आउँदैछन् । राजदूत थिल्स्टेडकाअनुसार चार दिने भ्रमणका क्रममा डेनिस बिदेश मन्त्रीले प्रधानमन्त्री प्रचण्ड र विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटी शान्ति प्रकि्रयाबारे जानकारी लिने कार्यक्रम छ । उनले नेपाललाई आर्थिक सहयोग प्रदान गर्नेबारे पनि विदेशमन्त्रीको भ्रमणमा महत्वपूर्ण निर्णय हुने बताएका छन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®