Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपाल सम्बत गणतान्त्रिक सरकारको पहिलो उपहार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

प्रधानमन्त्रीको चियापान कार्यक्रममा उपस्थित पाहुनाहरु Photos: Sitaram

काठमाण्डौं, October 29, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल सम्बतलाई सरकारी मान्यता गणतान्त्रिक सरकारको पहिलो उपहार भएको बताएका छन् । नेपाल सम्बतको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्ड तथा प्रधानमन्त्रीको कार्यालयले आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले यो कुरा बताएका हुन्।


पत्रकार बार्बरा एडम्सलाई स्वागत गर्दै प्रचण्ड

मन्त्री परिषद्को बैठकले यसै हप्ता नेपाल सम्बतलाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । 'सरकारले सामाजिक न्याय र सांस्कृतिक भावनालाई सम्मान गरेको यसले पुष्टि गरेको छ' उनले भने- 'नेपाल सम्बतको उपलक्ष्यमा सरकारको तर्फबाट चियापान आयोजना गरेर हामीले यो भावनालाई अरु उन्नत बनाउन खोजेका छौं ।'
 

 
प्रधानमन्त्री निवासभित्र आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र देउसी भैलो

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापान समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता-कार्यकर्ता, उच्च सरकारी अधिकारीलगायत कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो । यसैगरी नेपाल सम्बत मनाउँदै आएका राजधानीका नेवारी समुदायका अगुवाहरुपनि सो कार्यक्रममा उपस्थित थिए।


चियापानमा पाहुनाकालागि तैयार गरिएको फलफूल र मिठाईको खात

प्रधानमन्त्रीले नेपाल सम्बतको भावनात्मक र सांस्कृतिक महत्वबारे छोटो मन्तव्य दिएर आफ्नो भनाई टुङग्याएपछि सन्‍चारकर्मीहरुले सेना समायोजनसम्बन्धी उच्चस्तरीय समितिप्रति नेपाली कांग्रेसले जनाएको असहमति बारे प्रश्न सोधेका थिए । प्रधानमन्त्रीले यसको उत्तर दिन चाहेनन् । उनले यत्तिमात्र भने- 'यो राष्ट्रिय एकताबारे चर्चा गर्ने बेला हो असहमतिबारे कुरा गर्ने बेला होइन ।'

चियापान कार्यक्रममा सिस्नुपानी नेपाल लगायतका संस्थाहरुले देउसी-भैलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

-Sitaram Baral in Kathmandu


भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्ड


चियापानका बेला प्रधानमन्त्री निवास परिसर Photos: Sitaram
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®