![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अपील: अब लिम्बुवान, नेपाल फर्कौं या केही सहयोग गरौं ! काठमाडौं, March 12, 2008- 'हाम्रो लागि यो चुनावको सामना गर्न पनि सजिलो छैन । हामी सत्ताधारी दलले झैं धन र शक्तिको प्रयोग गर्ने अवस्थामा छैनौं । त्यसकारण, लिम्बुवान, खम्बुवान, तामाङसालिङ र थरुहटको चुनावी आन्दोलनको कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हुन बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौं। सातौं शताब्दीको फेदापको क्रान्तिले लिम्बुवानको जन्म भयो । त्यसबखतका 'लिम्बू' जातिलाई 'याक्थुङ' भनिन्थे । कालान्तरमा लिम्बुवानमा बसोबास गर्ने आदिवासी याक्थुङ जातिले आफुलाई याक्थुङ्संगै 'लिम्बू' पनि भन्न थाले । पहिले त 'लिम्बू' खास कुनै जातिको नाम थिएन । नेपालमा बस्ने जनतालाई नेपाली भनेझैं लिम्बुवान भूमिमा बस्ने जनतालाई 'लिम्बू' भनी सम्बोधन गर्न थालियो । यसर्थ, 'लिम्बू' शब्दभन्दा पनि 'लिम्बुवान' शब्द पुरानो हो । लिम्बुवान 'लिम्बू' जातिको ऐतिहासिक भूमी हो । जहाँ, तिनै लिम्बू जातिले सबैभन्दा पहिले फडानी गरी आवाद गरेका थिए, मानव वस्ती बसाएका थिए । यही समाजमा राजनीतिको विकास भई राज्यसत्तासमेत चलेको थियो । तसर्थ, लिम्बू एक राष्ट्र वा जाती हो भने लिम्बुवान एक राज्य हो । हिजो 'लिम्बुवान' जस्ता अनेकौं राज्यहरू अस्तित्वमा थिए । पछी गोर्खाका राजा पृथ्वीनारायण शाहअद्वारा एकीकरणको नाममा जबर्जस्त एकात्मककरण गरी ती आँफैमा स्वायत्त राज्यहरुको अस्तित्व नै नामेट पारीयो । यसपश्चात क्रमश: सबै आदिवासी जनजातिहरोको भाषा, लिपी, धर्म र संस्कृतिहरूलाई पनि नामेट पार्दै एक भाषा 'खस' एक लिपी 'देवनागरी' एक धर्म 'हिन्दू' र एक संस्क्रिती पनि हिन्दू बाहुनकै संस्कृतिलाई मात्र पोस्न थालियो। यसको पारीणाम स्वरुप आज हाम्रो देश नेपालको स्थिती यस्तो हुन पुगेको हो । यो कुरा हामीले राम्ररी बुझ्नुपर्दछ र बुझेका छौं । अव, देश र जनतामा विध्यमान यी यावत समस्याहरूको समाधानका लागि विकल्पहरू हुन्- १. समयमै सफल, सार्थक र पारीणाममुखी संविधान सभाको निर्वाचन गर्नु गराउनु, २. राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयन गर्नु गराउनु, ३. संविधान सभाबाट जातिहरूको ऐतिहासिक प्रिष्ठभूमी, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारअसहितको श्वशासनयुक्त्त स्वायत्त गणराज्यहरूशहीतको नयाँ राज्य संरचनाको ब्यबस्था हुनु, हाम्रो देश नेपालको हकमा धेरै आदिवासी जनजातिसंग सम्वद्द सामाजिक वा राजनीतिक संघ संगठनहरुले आफ्नो हक अधिकारको प्राप्ती र मुक्तिको लागि आवाज उठाउँदै, संघर्ष गर्दै रहे । तर, ती सालीन आवाजहरू कहिल्यै पनि शासकद्वारा सुनिएन । उल्टै दबाउन खोजियो, दबाइ रहियो । यसैकारण २०५२ सलामा माओवादीको जन्म भयो । अब माओवादीको वर्गीय नाराले मात्रा क्रान्ति उठेन र त्यसैमा जातिय नारा पनि जोडेर ल्याए पछी हजारौं आदिवासी जनजाती युवा युवतीले आफ्नो जाती र माटोका लागि भनी आफ्नो ज्यानको आहूती चढाए । तर, विस्तारै बीचैमा लिएको नीती बिचैमा छोडे माओवादीले अनी त्यहाँ पनि जातीय विद्रोह भयो र हजारौं योद्धाहरूले युद्धको मोर्चा छोडी आफ्नै जातीय मुक्तिको महान आन्दोलनमा लागेका छन अहिले । नेपालमा जातिय मुक्तिको आन्दोलनलाई माओवादीले चुलिमा पुर्याउन सघाएकै हुन् तर त्यो चुलीमै अलपत्र गरी छोडिएका छन अहिले । यस अवस्थामा, माओवादिभन्दा पहिलेदेखी जातिय मुक्तिको आन्दोलनमा लागेका आदिवासी जनजातिहरुले फेरी पनि नयाँ चिराबाट आन्दोलनलाई उठाउन २०६२ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना भयो । यसले अहिले लिम्बुवान, खम्बुवान, तमाङसालीङ र थरुहटको आन्दोलनलाई हाँकी रहेको छ । फागुन १८ गतेको नेपाल सरकार संगको सम्झौता मञ्चको एक उपलब्धी हो । हामी संविधान सभाको बिरोधी होइनौं । तर, सफल, सार्थक र पारीणाममुखी संबिधान सभा चाहन्थ्यौं । यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनिवार्य सर्त थियो । यसो गरदा धेरै आदिवासी जनजाती, महिला, मधेशी र दलित आदिको प्रतिनिधित्व हुन्थ्यो । साथै, अहिले सत्तामा रहेका वर्गको संख्या कम हुन्थ्यो । त्यसैकारण, अहिलेका सत्ताधारिले कुनै हालतमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गर्न चाहेनन् । बरु, पेलेर या दमन गरेरै भएपनि संबिधान सभाको चुनाव गरेरै छडने किसिम्को नीती अपनाउन थाले । यसो भएपछी हामी सरकारसंग पाँच बुँदे सहमती गर्न वाध्य भयौं । हामीलाई थाहा छ कि यस्तो मिश्रीत प्रणालीमार्फत हाम्रो जित हुनै सक्दैन । तर पनि निर्वाचनमा भाग नलिंदा हामीलाई राजावादी र चुनाव बिरोधी भनी दाग लाउने भए । त्तिकै रहौं कार्यकर्ता नबच्ने भए । चुनावमा भाग नलिऊ, अन्य पार्टिले फेरी जनतालाई ढाँटेर भोट मागी तिनै पुराना सोच र मनसिकताका नेता सत्तामा पुग्ने भए । यसकारण, अहिले हामी पनि मञ्चको तर्फबाट सशक्तताका साथ चुनावमा भाग लिदै छौं । तर, हाम्रो लागि यो चुनावको सामना गर्न पनि सजिलो छैन । हामी सत्ताधारी दलले झैं धन र शक्तिको प्रयोग गर्ने अवस्थामा छैनौं । हाम्रा सुभेच्छुक भोटरहरु पनि धेरैजसो बिदेशमा हुनुहुन्छ । बिदेशबाटै भोट दिने ब्यबस्था पनि सरकारले गरेन । त्यसैले, अब सकिन्छ भने कसैगरी लिम्बुवान फर्कौ, खम्बुवान फर्कौ, तामासालिङ फर्कौं, नेपाल फर्कौं या केही सहयोग गरौं । अब हामीले कतै कम मात्र भोट ल्याए, वास्तबमा हामीले उठाउन चाहेको पक्षमा जनता नै रहेनछन्, सघीय संरचना र जातीय स्वायत्तता चाहने जनता नै रहेनछन् भन्ने हौवा फिजौने छन् यहाँका एकत्मकवादी दूश्मन र प्रेसहरुले । त्यसपछी फेरी आन्दोलन उठाउन धेरै गार्हो हुनेछ र हामी पुन: शताब्दीयौं पछी पर्नेछौं । यस्तो परिस्थितीबाट हामी, हाम्रो संगठन र आन्दोलनलाई जोगाउन अब हामीले सशक्त्तताका साथ चुनावमा गई जनतालाई सुसुचित गरेर हाम्रो जितको सुनिश्चितता गर्नुको बिकल्प रहेन । यसकारण, यो तपाईं हामी सबैको साझा मुक्तिको आन्दोलनलाई सफल पार्न तपाईंहरुको बौद्धिक, सारीरिक र आर्थिक आदी सहयोगको लागि आसा र अनुरोध गर्न वाध्य छौं । त्यसकारण, त्यहाँ तपाईं रहनु भएको ठाउँबाट जती सक्दो आर्थिक संकलन गरी लिम्बुवान, खम्बुवान, तामाङसालिङ र थरुहटको चुनावी आन्दोलनको कार्यक्रम लाई सफल पार्न सहयोग गर्न हुन बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौं। हामी तपाईंको शीघ्र सहयोगको आसामा रहेका छौं । नोट: यहाँ र यहाँमार्फत भएको सहयोगको उचित सम्मानका साथ संगठनको प्रतिवेदन, स्मारिका तथा Website मा अभिलेख राखिने छ । यो निवेदन पत्र अरु शुभेच्छुक मित्रहरुलाई पनि पठएर सहयोग गर्न हुन अनुरोध गर्दछौं ।' धन्यवाद ! डीबी आङ्बुङ लिम्बू (Dal Bahadur Limbu) सचिव: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद नेपाल संपर्क: ९८४१२५२०६३ (9841252063) |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®