|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अब बिपत्तिको पहिरो सुदुर पश्चिम काठमाडौँ, September 22, 2008- सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा अविरल वर्षा पछि आएको बाढी र पहिरोबाट प्रभावितहरुका लागि राहत वितरण तथा उनीहरुको उद्धारको काम शुरु भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस लगायतको टोलीले राहत वितरण तथा उद्धार कार्य जारी राखेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गएको मन्त्री स्तरीय टोलीले अहिले कंचनपुरको महेन्द्रनगरमा प्रभावितहरुसँग छलफल गरिरहेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्ट सहितको टोलीसँग बाढी पीडितहरुले आफ्नो समस्याको बारेमा जानकारी गराइरहेको कंचनपुरबाट सहकर्मी यमकला पाण्डेले जनाएकी छन् । बाढी पहिरोबाट कैलालीमा मात्र ३ सयभन्दा बढी घर बगेका छन् र कम्तीमा ५ हजार घरपरिवार विस्थापित भएका छन् । डुबान पीडितहरु ज्यान जोगाउन जंगल, अग्लो ठाउँ, पक्की घरका छतमा गएर बसेका छन् । बाढीमा परी कैलालीमा मात्र अहिलेसम्म १५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने कतिपय सम्पर्कविहीन छन् । क्षतिको यकिन विवरण भने आइसकेको छैन । कंचनपुर जिल्लामा पनि बाढीमा परी १० जनाको मृत्यु भएको छ । अहिलेसम्म ४ जना बेपत्ता भएको भनिए पनि बेपत्ता हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । हजारौँ स्थानीय बासिन्दा अहिले पनि बाढीको जोखिममा छन् । वर्षाकै कारण बझाङको देउलीकोट गाविस वडानम्बर ८ बुँगलमा हरिवन कामीको घर भत्किँदा ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कामीकी छोरीहरु घुम्टोली, निर्मला र छोरा वसन्त छन् । पहिरोमा परी कामी दम्पत्ती पनि गम्भीर घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । यसअघि हिजो पनि बझाङमा पहिरोमा परी एकजनाको मृत्यु भएको थियो । ४ दिनदेखि लगातार परेको पानीका कारण ठाउँठाउँमा गएको पहिरो र खोलामा बढेको बाढीका कारण कैलालीको अत्तरियादेखि बझाङ, अछाम, डडेल्धुरालगायत पहाडी जिल्ला यातायात सम्पर्क विच्छेद भएका छन् । -Sachin Roka Magar, News Editor, Nepal FM Network, Kathmandu तलको ठेगानामा हाम्रो रेडियो लाईभ सुन्न सकिन्छ: www.nepalfmnetwork.com |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||