Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

"थामेर किन छोड्यौ हातहरु..."



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
लोक गीतका प्रिय गायक तथा संगीतकार राम थापा अब रहेनन्‌


Goodbye Ram Thapa! Final rituals being performed as late Musiacian and famous folk singer Ram Thapa's dead body lays on the bank of Bagmati River in Kathmandu. Photo: Sitaram

काठमाण्डौं, November 20, 2008- नेपाली सङ्गीतमा लोक गीत परम्पराको जग बसाल्ने अलि मियाँ, मास्टर मित्रसेन, जनकविकेशरी धर्मराज थापादेखि लोकबहादुर क्षेत्री र आजका विमाकुमारी दुराहरुसम्म आइपुग्दा मध्यकालीन लोक साङ्गितिक युगका स्रस्टा मानिने थापाले लोक परम्परासँगै आधुनिक सङ्गीतहरुबाट स्रोतलाई आकर्षण गरेर आफ्नो पहिचान स्थापित गरेका थिए ।

लोक गायक तथा सङ्गीतकार राम थापाको बुधबार राति साँढे दुई बजे निधन भएको छ । कमलपित्त 'जन्डिस' रोगबाट ग्रस्त थापाले आधा शताब्दी लामो जीवनबाट बुधबार राति साढे दुई बजे थापाथलीस्थित नर्भिक अस्पतालमा विश्राम लिएका हुन् ।

बिहीबार अन्तिम श्रद्धान्जलीका लागि गायक थापालाई पशुपति आर्यघाट राखिँदा उनका हितैषी गीतकार सुरेन्द्र राना आफूलाई ०३५-०३६ सालतिरको स्मरण गरिरहेका थिए । 'हामी नभेटिँदा ठूलै काम बिराएझैं लाग्थ्यो' रानाको भनाई थियो- 'भेट हुँदा पनि उनको साथमा गीतारबाहेक अरु केही हुन्नथ्यो यसरी राम थापा संगीत साधनामा लिप्त थिए ।'

'हाई-हाई बनकाली माई…' बोलको गीतबाट गायनको यात्रा शुरु गरेका राम थापा 'कति बस्छ्यौं माइतीकै कौसीमा लाग्छ आँखा पाकेको लौसीमा, मैले के गरुँ तिमी आउँछ्यौं कि अर्को बिहे गरौं' बोलको गीतबाट सङ्गीत बजारमा बढी परिचित थिए ।
  'कट्टर कट्टरमा तिम्रो झिल्के ज्वाइँ आयो मोटरमा' जस्ता गीतमा स्वर दिएका थापाले सङ्गीतकारका रुपमा पनि आफूलाई स्थापित गरेका थिए । बिबिसीको सर्वेक्षणमा दक्षिण एसियाका उत्कृष्ट दश गीतमा परेको र स्व. अरुण थापाले गाएको 'ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, नदीहरुमा तिमी पवित्रा गंगा हौ' बोलको गीतमापनि थापाले नै संगीत दिएका थिए ।

सो गीतको रचनाकार भने राजेन्द्र रिमाल हुन् । एसियाकै यति चर्चित यो गीतका गायक र संगीतकारले यसरी अल्पायुमै जीवनबाट विश्राम लिन पुगेका छन् । अरुणको निधनपछि टुहुरो बनेको नेपाली संगीत आकास राम थापाको निधनपछि अरु टुहुरो महसुस गर्न पुगेको छ ।

राम थापाको नाम नेपाली लोकगीतमा जति धेरै आउँछ आधुनिक गीतहरुमा पनि कम्ति छैनन् । तर आफैंले लोकगीत गाउने थापाले आधुनिक गीतहरुमा चाहिँ सङ्गीतमात्र भरेका थिए ।



Famous Nepalese Musician and folk singer Ram Thapa Magar. Photos: Smita

राम थापाका केही चर्चित गीतहरु:
- हाई हाई बनकाली माई
- कट्टर कट्टरमा तिम्रो झिल्के ज्वाइँ आयो मोटरमा
- मैले के गरुँ तिमी आउँछ्यौ कि अर्को बिहे गरौं
- ऋतुहरुमा तिमी हरियाली बसन्त हौ
- सुका पैसा रहेन खल्तिमा जान्छु प्यारी लाहुरेको भर्तिमा
- तिमी यसै लजायौं म त्यसै लजाएँ
- कति बस्छौं लाजको घुम्टो
- सबैले दिने यस्तै हुन्छ माया
- थामेर किन छोड्यौ हातहरु
- छिटको सारी मखली चोलीमा
- चिठ्ठीपत्रमा सबैलाई यस्तै हो सोह्रसत्रमा
- पहिलो भेटमै ढुकढुकीले सरगम बजायो



Mourners in front of the dead body of late Ram Thapa. Photo: Sitaram

स्व. राम थापाको जन्म २०१३ सालमा काठमाडौंको नक्सालमा भएको थियो । उनका एक मात्र सन्तान छोरा निसादको केही वर्ष पहिले दुर्घटनामा परेर निधन भएको थियो । राम थापाकोपनि निधन पछि अब उनको परिवारमा जीवन संगिनी श्रीमती रजनी श्रेष्ठ मात्र हुनुहुन्छ । श्रीमती थापा पनि कुशल गायिका हुनुहुन्छ ।

रेडियो नेपालमा बिशिस्ठ संगीत अधिकृत स्तरको जागिरमा रहेका थापा बिगत केही महिनादेखि अस्वस्थ्य बनेका थिए । शारीरिक दुर्बलता बढ्न थालेपछि तीनदिन अघि मात्र अस्पताल भर्ना गरिएको थियो । रेडियो नेपालमा थापाका सहकर्मी तथा वरिष्ठ लोक गायक बमबहादुर कार्कीका अनुसार थापा विभिन्न रोगबाट ग्रस्त थिए ।

-Sitaram Baral in Kathmandu
 
Read our related news:
» Special feature:
A Day of Great Loss for Nepali Music Lovers
    A Tribute to Musician & Singer Ram Thapa

» "थामेर किन छोड्यौ हातहरु..."
    लोक गीतका प्रिय गायक तथा संगीतकार राम थापा अब रहेनन्‌ (3 photos)
» Nepalese Musician & Folk Singer Ram Thapa Is No More (3 photos)

Ram Thapa - Suka paisa rahena khaltima ...Cha Machhi Jalaima


Ritu haruma timi - Arun Thapa

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®