|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपाल नफर्कने प्रण गरेका पूर्व युवराजको स्वदेश गमन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, October 30, 2008-
नेपाल नफर्कने प्रण गरेका पूर्व युवराज पारश शाह पूर्व
शाहज्यादी शीताष्मा शाहका पति अभिनेशकुमार सिंहको ह्दयाघातका कारण निधन
भएपछि विहीबार नेपाल फर्केका छन् ।पारशलाई लिन सिङ्गापुर गएकी पूर्व अधिराजकुमारी हिमानी बुधबार रित्तै हात नेपाल फर्कनु परेको थियो । दशैं लगत्तै हिमानी उनी सिङ्गापुर गएकी थिइन् जानुको एउटै उद्देश्य तिहार मनाउन पारशलाई फर्काउनु थियो । बहिनी शीताष्मासँग बैवाहिक सम्बन्धमा गासिनुअघि आफ्नो साथीसमेत रहेका अभिनेशको निधनकाकारण पारश विहीबार नै नेपाल फर्केका हुन् । उनी फर्केपछि स्व. सिंहको शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । उनको निधनका कारण पूर्व राजपरिवारले यस पटकको भाईटीका मनाउन पाएन । पूर्व शाहज्यादी शीताष्मा पूर्व अधिराजकुमार स्व. धीरेन्द्र शाह तथा पूर्व अधिराजकुमारी स्व. प्रेक्षाकी माहिली छोरी हुन् । धीरेन्द्रको २०५८ जेठमा भएको दरवार हत्याकाण्डमा र प्रेक्षा ०५८ कार्तिकमा तिहारभन्दा ठीक अघि रारा तालमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । पन्चायती शासनकालमा तीब्र विवादमा मुछिएका धीरेन्द्रको २०४५ मा प्रेक्षासँग पारपाचुके भएको थियो । त्यसबेला उनले अधिराजकुमारको पदवीबाट राजिनामासमेत दिएका थिए । बाबु-आमाको पारपाचुकेपछि तीन छोरीहरु पूजा, दिलाशा र शीताष्मा आमा प्रेक्षासँग बस्दै आएका थिए । दरवार हत्याकाण्डमा पिता धीरेन्द्रको तथा रारा तालमा आमाको निधन भएपछि पूर्व राजा ज्ञानेन्द्रले धीरेन्द्रका तीन छोरीहरुको अविभावकत्व ग्रहण गरेका थिए । धीरेन्द्र-प्रेक्षाका तीनै छोरीहरुको कन्यादानपनि उनैले गरिदिएका थिए । शीताष्मा र अभिनेशको विवाह ६ बर्षअघि भएको थियो । उनीहरुको एक छोरीसमेत छन् । निधन भएका अभिनेश शीताष्माले दाइजोस्वरुप पाएको धुम्वाराहीस्थित कुण्डलिनी क्लवको सन्चालन गर्दै आएका थिए । स्व. अभिनेशकी आमा आशा सिंह हुन् जसले पत्रकारितासमेत गर्दै आएकी छन् । ज्वाईंको निधनपछि पूर्व राजा ज्ञानेन्द्र आफ्नी श्रीमतिसहित स्व. सिंहको निवास जानु भएको थियो । त्यसो त राजतन्त्रको समाप्तीलगत्तै सिङ्गापुर गएका पारश दशैंमापनि नेपाल आएनन् जवकि दशैं मनाउनकालागि हिमानीसहित उनका छोरा ह्दयेन्द्र र छोरी पूर्णिका नेपाल आएका थिए । तिहारमासमेत पारश नआउने देखिएपछि उनलाई नेपाल ल्याउनकालागि पूर्व राजा ज्ञानेन्द्र आफैले हिमानीलाई सिङ्गापुर पठाउनु भएको थियो । तर हिमानीको करिव दुई हप्तासम्मको प्रयत्नलेपनि नेपाल फर्कनकालागि पारशको मन पगाल्न सकेन । Ex-Crown Prince Paras Shah. Photo courtesy: Royal source. |
|
|
जानकारीअनुसार पटक पटक हिमानीले नेपाल फर्कन आग्रह गरेपछि हिमानीसँग
रिसाएका पारशले थप दबाब दिए नराम्रो हुने चेतावनीसमेत हिमानीलाई दिए । पारश
नआउन नमानपछि दुखित हिमानी बुधबार दिउसो एक्लै नेपाल फर्केकी थिइन् । यदि
पारश नेपाल फर्केको भए र अभिनेशको निधन नभएको भए आज निर्मल निवासमा उनकी
आफ्नै बहिनी प्रेरणालगायत स्व. धीरेन्द्रका छोरीहरु पूजा, दिलाशा र
शीताष्माले उनलाई भाइटीका लगाइदिने कार्यक्रम थियो । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||