Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York

घण्टाको साढे तीन लाख तिरेर: सुन्दरिको दिलमा बस्ने को होला?

न्यूयोर्क, March 13, 2008-न्यूयोर्क राज्यका गभर्नर Eliot Spitzer को गुप्त यौन लीलाको भण्‍डाफोर भए पछि उनले हिजो राजिनामा दिन वाध्य भए। सुन्दरिको मोहमा परापुर्बकालका देवतादेखी आजकालका नेतासम्म फँस्दै आएका छन्‌ ।

अझ न्यूयोर्क सहर त सुन्दरीहरुको महानगर नै मानिन्छ । र, गभर्नर Spitzer कि ति महानगरीय सुन्दरी हुन्‌- २२ बर्शिय "Kristen" उर्फ Ashley Alexandra Dupre । उनी गायिका बन्ने सपना बोकेर न्यूयोर्क शहर छिरेकी थिइन्‌ तर बिकिनी मोडेल हुँदै escort girl (सहचरी केटी) बन्न पुगिन्‌ ।

Former Governer  of New York, Eliot Spitzer and his wife SildaWall Spitzer. Photo: PBS.Org

The Emperor's Club V.I.P. का 50 escort girls हरु मध्ये एक Kritsen ले गत फेब्रुअरी १३ मा Washington DC को Mayflower Hotel मा गभर्नर Spitzer लाई भेटेकी थिइन्‌। यो क्लबले प्रति घण्टा रु ६३ हजारदेखी दिनको २२ लाख रुपैयाँसम्म सेवा पुर्याए बापत लिन्छ ।

बिगत चार बर्ष देखी अति सम्भ्रान्तहरुलाई सुन्दरी केटीहरु उपलब्ध गराउदै आएको यो क्लबले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बेसी कमाइ गरिसकेको कुरा सरकारी सुत्रहरुले बताएका छन्‌ ।

धनाड्‍यहरुलाई escort गर्नु भनेको अन्तत उनिहरुको यौनाकांक्षा पुरा गरी दिनु हो-जहा बोलाउछन्‌ उही पुगेर। अमेरिकामा escort service, erotic body work, spa, hot phone-chat लगायतका अनेक तरिका छन्‌- अनेक रासलीला र बेस्याबृती गर्ने। गभर्नर Spitzer ले प्रयोग गरेको "सेवा" चाँही escort service हो। यि सबै "सेवा" हरुको सबिस्तार चर्चा तल गरिने छ ।

त्यसो त, यो पाराको "सेवा" (बेस्याबृती) अमेरिका, युरोप र जापान लगायतका बिकसित मुलुकमा खुल्लम खुल्ला चलिरहेकै छ। न्यूयोर्क शहरमा भने अली बेसी नै मौलाउदो छ ।

सुन्दरीहरुको प्रचार
संचार जगतका बाद्शाह मानिने Rupert Murdoch को न्यूयोर्क शहरबाट प्रकासित हुने The New York Post मा यस्ता "सेवा" का बिज्ञापनहरु हरेक हप्ता छापिन्छन्‌ ।

Kristen aka Ashley Alexandra Dupre. Photos courtesy: HuffingtonPost.Com

दुई सय पृष्‍ठ को The Village Voice न्यूयोर्क शहरबाटै साप्ताहिक प्रकासित भई निशुल्क बितरण हुने, जस्ले आफुलाई "America's Largest Weekly Newspaper" को दावा गर्दछ, ले हरेक अंकमा १० देखी २० पाना यस्तै "सेवा" हरुको बिज्ञापन "Holistic Care & Wellness" अन्तर्गत दर्जनौ अर्ध नग्न र नग्न महिलाहरुको फोटो र फोन नम्बर छाप्दछ । (हेर्नुहोस्)

सुन्दरीको मुल्य दिनको २२ लाख ?
पत्याउनुस् । यदी न्यूयोर्कमा चलेको रेट घण्टाको ३ लाख ४६ हजार मान्ने हो भने पुरा दिन अर्थात २४ घण्टाको लागि एउटी सुन्दरीको "escort service" लिन ८३ लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ। नआत्तिनुस्, तर The Emperor's Club V.I.P. को website मा दिएको रेट अनुसार सबैभन्दा सुन्दरी (seven diamonds) केटीको एक दिनको मुल्य युरो डलर २२ हजार तोकिएको छ, जसको नेपाली रुपैयाँ हुन्छ- ठ्‍याक्कै २२ लाख । यो क्लबको website (http://emperors-spokesmodels.com) अहिले अमेरिकि सरकारले बन्द (suspended) गरेको छ। तर यसका केही पानाहरु The Smoking Gun को website मा हेर्न सकिन्छ । (हेर्नुहोस्)

सस्ता सुन्दरीहरु पनि छन्‌ न्यूयोर्क शहरमा
न्यूयोर्क राज्यको न्यूयोर्क शहर (New York City) भित्र Manhattan, Queens, Brooklyn, Bronx जस्ता उप-शहरहरु छन्‌। यि शहरहरुमा escort सुन्दरीहरु सस्तामा पनि नपाईने भने होइन।

Dream Girls Guide कि २५ बर्शिय Kuiko ले $ 300 देखी $ 350 डलर प्रति घण्टा चार्ज गर्दछिन्‌। उनलाई 718-593-7657 मा संपर्क गर्न सकिन्छ। उता, NY Asian Escort Service ले चाँही घण्टाको $ 250 डलरदेखी रात भर (८ घण्टा) को १८०० अमेरिकि डलर अर्थात एक लाख ३४ हजार रुपैयाँ लिने गर्दछ ।

किन चाहियो रेड लाइट एरिया?
यसरी खुल्लम खुल्ला escort service को नाममा देह ब्यापार गर्न पाइने भए पछि किन चाहियो रेड लाइट एरिया र ! अर्को कुरा, यहाँ फोनमा "मस्त" बात मार्न पनि पाईन्छ- उही सुन्दरीहरुसँग। जसको लागि प्रति मिनट को रु ५० देखी पाँच सयसम्म तिर्न भने सक्नु पर्‍यो। न्यूयोर्क शहरका यि नम्बरहरु- 212-812-1212, 718-280-1000, 212-419-1274 यसै प्रायोजनका लागि प्रयोग गरिन्छन्‌ । तर तपाईं चाँही डायल नमार्नुस् है ।

"सेवा" र कानुनको कुरा
न्यूयोर्क शहरका बिभिन्न पत्रपत्रिकाहरुमा सयौं सुन्दरीहरुले आ-आफ्ना नग्न तस्बिर र फोन नम्बर छपाएर आफ्नो "सेवा" र "धन्दा" चलाएको देख्दा यसो लाग्छ, यहाँ नियम कानुन केही छैन। तर, सुन्नुस्, यहाँ एक राज्य देखी अर्को राज्यमा escort service को नाममा केटीहरुको ओसार पसार गर्नु चाँही अपराध (trafficking) हो। यसैले अहिले यत्रो बबाल मच्चिएको हो ।

लौ त, पछि फेरी नेताहरु बौलाउदै गए भने फेरी लेखौंला। अहिलेलाई यत्ती नै ।

-प्रथा मगर (Pratha Magar, Jersey City, NJ, USA. Comments?: 551-358-7726)
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®