|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रत्येक नेपालीको घरमा विजुली पुर्याउने लक्ष्य काठमाडौँ, September 24, 2008- माओवादी नेतृत्वको सरकार र माओवादी अर्थमन्त्रीले ल्याएको बजेटमा आगामी १० बर्षभित्र १० हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने भनी उल्लेख भएको कुरालाई प्रतिपक्षी नेपाली कांग्रेसमात्र होइन एमाले र फोरमजस्ता सत्तारुढ दलहरुलेसमेत हावादरी योजना बताइरहेका बेला सरकारमा सामेल एमालेकै जलश्रोतसँग सम्बद्ध मन्त्रीले त्यो सम्भव रहेको बताएका छन् । जलश्रोतमन्त्री विष्णु पौडेलले यो कुरा भनेका हुन् । माओवादी इतरका दलहरुले त्यति धेरै जलविद्युत उत्पादन गर्न लगानी नभित्रिने बताउँदै सो नीतिका आलोचना गर्दै आएका छन् । तर एमालेबाट जलश्रोत मन्त्री बनेका पौडेलले सरकारले जलस्रोतनीतिमा परिवर्तन गरेलगत्तै विदेशीलगानीकर्ताको धुइरो लागेको बताएका छन् । मन्त्री पौडेलले सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, लिएको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्ने अवस्था सृजना भएको सुखद समाचार सुनाएका छन् । '१० वर्षमा १० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने निश्चित छ' बुधवार रिपोटस्र क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा पौडेलले भने- 'विदेशी लगानीकर्ताहरु ठूला जलविद्युत्मा निकै चासो देखाएर लगानीका लागि इच्छुक भएका छन् ।' सरकारले आर्थिक क्रान्ति सफल बनाउन जलविद्युत्को विकासलाई आधार बनाएको बताउँदै पौडेलले स्वदेशी लगानी बृद्धिकालागि तीन मेगावाटको आयोजनासम्म लाइसेन्स लिनु नपर्ने र ५० मेगावाटको आयोजनाका लागि वातावरणीय मूल्यांकन गर्नुनपर्ने नीति बनाएको बताए । मन्त्री पौडेलले नेपाली जनताको जीवनस्तरमा कायापलट ल्याउनेगरी जलविद्युत्को विकासका आधार तयार गर्ने दृढता व्यक्त गरे । उनले वर्तमान सरकारलाई विगत सरकार जस्तै गरी नसोच्न आग्रह गर्दै जलविद्युत्मा लगानी बृद्धिका लागि राष्ट्रिय हितलाई उच्च महत्व दिइएको बताए । जलविद्युतमा लगानी गर्न भारतीय र चिनियांहरु दुवै उत्साही देखिएको अवस्थामा कसलाई प्राथमिकतामा राख्नुहुन्छ भन्ने प्रश्नमा उनले भने-'जसका कारण राष्ट्रलाई फाइदा हुन्छ उसैलाई प्राथमिकतामा राख्नेछौं ।' सरकारले लगानीका लागि सुरक्षाको प्रत्याभूति दिइसकेको बताउँदै मन्त्री पौडेलले जलविद्युत् आयोजना निर्माण र निर्माणपछिको सुरक्षाको जिम्मेवारी पनि सरकारको भएको बताए । उनले भने- 'नेपालमा विद्युतको माग अनुसारको उत्पादन नभइरहेको अवस्थामा भारतबाट विद्युत खरिद गरिनेछ ।' १ सय ५० मेगावाटसम्म विद्युत खरिद गर्ने सहमति बनेको र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र दीगो शान्तिका लागि आर्थिक, सामाजिक परिवर्तन अनिवार्य भएकाले आफूहरुले जलविद्युत्मा विशेष ध्यान दिइएको उनको कथन छ। प्रत्येक नेपालीको घरमा विजुली पुर्याउने लक्ष्य केही वर्षमै पूरा गर्ने बताउँदै मन्त्री पौडेलले नेपालमा राजनीति स्थिरता रहे उद्योग व्यवसायमा विदेशी लगानीको उल्लेख्य सम्भावना रहेकोपनि बताए । हाल राजधानीमा जारी रहेको अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा लगानीकर्ताको उपस्थिति र उत्साहबाट म निकै निकै आशावादी भएको छु, विदेशीहरुपनि उत्साहित छन् यो उत्साहलाई नेपालको हितमा बदल्न विशेष ध्यान दिइनेछ ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||