अब पालो संविधान सभा अध्यक्षको निर्वाचनको काठमाडौं, July 22, 2008-संविधान सभा अध्यक्षको निर्वाचन साउन ९ गते विहान ११ बजे हुने
भएको छ ।
संविधान सभा वैठकको अध्यक्षता गरिरहनु भएका कुलबहादुर गुरुङ्गले निर्वाचन
अधिकृत मनोहरप्रसाद भट्टराईलाई निर्वाचन प्रकृया अघि बढाउन निर्देशन दिएका
छन् ।
अध्यक्ष पदमा संविधान सभा सदस्यहरुबाट उम्मेदवारी दिन पाउने संवैधानिक
व्यवस्था रहेको छ । उम्मेदवारी दर्ता साउन ८ गते निर्वाचन अधिकृतको
कार्यालय अन्तराष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा गर्नुपर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपति पदको लागि नयाँ गठबन्धन बनाएका काँग्रेस, एमाले
र फोरमले सभा अध्यक्ष एमालेलाई दिने सहमती गरेको छ ।
सबै भन्दा ठूलो दल नेकपा माओवादीले भने उम्मेदवारी दिने नदिने भन्ने निर्णय
गरि नसकेको माओवादी नेता देव गुरुङ्गले बताएका छन् ।