Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्वी नेपालसँग चैत्रसम्ममा यातायात सम्बन्ध स्थापित गरिने

काठमाडौँ, September 5, 2008- कोशीको बाढीले तटबन्ध बगाएका कारण पूर्वी नेपालसँग बाँकी नेपालको स्थल यातायात सम्बन्ध बिच्छेद भएको छ । त्यसो भए कहिलेसम्म कोशीको तटबन्ध निर्माण होला र पूर्वी नेपालसँगको स्थल यातायात सम्बन्ध स्थापित होला त ?

भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारका अनुसार यसवर्षको चैत्र महिना अगावै कोशीको बाढीले भत्काएको तटबन्ध पुननिर्माण भइसक्नेछ । उनका अनुसार तटबन्ध निर्माण प्रकृया थालनी भइसकेको छ र चैत्रसम्ममा निर्माण भैसकेर त्यसतर्फको आवागमन सहज हुनेछ ।

'तटबन्ध निर्माणका लागि ६५ करोड र सडक निर्माणका लागि ७६ करोड रुपियां छुट्याइसकिएको छ' मन्त्री गच्छदारको भनाई छ- 'आउंदो चैत्रभित्र पुननिर्माण पूरा गरिनेछ ।' मन्त्री गच्छेदारले चैत्र अगावै तटबन्ध बनाउन नसकिए गर्मी याममा कोशीको बहाव बढेर तटबन्ध बनाउन कठिनाई हुने भएकाले पुननिर्माणलाई गति दिइएको बताएका छन् ।

कोशीले विभिन्न छ स्थानमा पूर्व पश्चिम राजमार्ग भत्काएको छ । जानकारी अनुसार केही स्थानमा 'फेरी' र केही स्थानमा डुंगाको व्यवस्था गरेर हालको लागि यातायातको व्यवस्था गरिनेछ । यात्रुहरुकालागि डुंगामा निशुल्क आवतजावतको व्यवस्था गरिने मन्त्री गच्छेदारको कथन छ । उनले भने- 'आवश्यक परे हेलिकोप्टरकोसमेत व्यवस्था गरिएको छ ।'

प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा कोशीबाँधको विषयले प्राथमिकता पाउने बताउँदै मन्त्री गच्छेदारले कोशीले भत्काएको ३२ किलोमिटर क्षेत्रको पुननिर्माणको जिम्मेवारी भारतको भएकोपनि बताएका छन् । भारतले उक्त क्षेत्रको निर्माण गर्नेबारे छलफल अगाडि बढिसकेको जानकारीपनि उनले दिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण दलमा आफू पनि संलग्न हुने बताउँदै मन्त्री गच्छेदारले शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने- 'कोशी उच्चबांध नेपाल र भारत दुवैको उच्च प्राथमिकताको विषय भएकाले त्यसबारे पनि भारत सरकारसँग बृहद् रुपले छलफल हुनेछ ।'

तत्कालका लागि कोशीबाट विस्थापितको व्यवस्थापनमा सरकार केन्द्रित भएको बताउँदै मन्त्री गच्छेदारले विस्थापितका लागि शिविरको उचित व्यवस्थापन, खाद्यान्नको व्यवस्था गरिने बताए । उनका अनुसार सरकारले विद्यार्थीहरुकालागि शिविर क्षेत्रमै पठनपाठनको उचित व्यवस्थासमेत गर्नेछ ।

-Santa Bagam in Kathmandu



  Read our related news:
» नेपाल-भारतबीच कोशी योजना सम्झौतामा के छ?
» प्रधानमन्त्रीदेखी मन्त्रि का मन्त्री कोशी बाँध भत्‍केको हेर्न ताँती
  ब्रम्‍हलुट ! लाखौंको हेलिकोप्‍टर खर्च राहतमा लगाउने खोइ को?
» कोशी बाँध वाढीबाट विस्थापित हुनेको संख्या एक लाख नाघ्यो (4 photos)
»
कोशी बाँध भत्कने क्रम बढ्‍दो: 'सम्झौताअनुसार भारतले मर्मत र सुरक्षा गर्नुपर्छ' -मन्त्री गुप्ता
»
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु पर्ने
» भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप
» बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos)
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®