Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सिङ्ग फुक्लिने गरी जुढे पनि जनताको हितमा काम गर्न गोरु जस्तै एउटै जुवामा नारिन तयार को?

काठमाडौं,  July 28, 2008- राजिनामा स्विकृत भईसकेका सरकार श्रीलंकामा हुन लागेको दक्षिण एसियाली मुलुकहरुको शीखर सम्मेलनमा भाग लिन जान नहुने नेकपा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताएका छन् । साउन १२ गते संविधान सभा वैठकमा बोल्दै डा. भट्टराईले यस्तो धारणा राखेका हुन्‌ । उनले भने 'खुट्टा काटिसकेको हाँसको हैसियतमा पुगेको सरकार शीखर सम्मेलनमा सहभागी बन्न सक्दैन ।'

शीखर सम्मेलन अघि नै नयाँ सरकार बने मात्रै नेपालले भाग लिनु पर्ने नेता भट्टराईको सुझाव थियो । अन्यथा पुरानै सरकारले सम्मेलनमा भाग लिन जान नसक्ने सूचना पठाउन पनि उनले सरकारलाई आग्रह गरे ।
संविधान सभाका नव निर्वाचित अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई बधाई ज्ञापन गर्दै नेम्वाङको अनुभवले दुई वर्ष भित्र नयाँ संविधान निर्माण गर्न उपयोगी हुने बताए ।
राष्ट्रपति निर्वाचनमा सबैको विजय भएको उनको भनाई थियो । भट्टराईले भने 'कसैले गणितीय रुपमा जिते भने कसैले वैचारिक रुपमा ।'

पुराना संसदवादी दलहरुले आफ्ना हैसियत बिर्सिएर माओवादीलाई घेराबन्दी गरेको उनले आरोप लगाए । जस्तो सुकै 'चक्रव्यूह' मा पारे पनि २१ औं शताब्दीको अभिमन्यूले त्यसलाई तोड्न सक्ने भट्टराईको भनाई थियो।

जनताले निर्वाचन मार्फत दिएको आ-आफ्नो हैसियतमा बसे मुलुकको राजनीकि समस्या सजिलै समाधान हुने कुरा उनले पुनः दोहोर्याए । सहमती र सहकार्यको विकल्प नरहेको बताउँदै भट्टराईले भने 'हामी सिङ्ग फुक्लिने गरी जुढे पनि जनताको हितमा काम गर्न गोरु जस्तै एउटै जुवामा नारिन पनि सक्छौं । यो नेपालीको विशेषता हो ।'

सर्वसम्मतीबाट संविधान सभा अध्यक्ष निर्वाचित हुनुले मुलुकमा राजनीतिक सहमतीको संकेत देखिएको उनको धारणा थियो ।


-Santa Bagam in Kathmandu






   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®