|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
![]() Dr. Baburam Bhattarai. Photo: Smita Magar बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 15, 2008-कक्षा १० को एस. एल. सि. परीक्षामा 'बोर्ड फर्स्ट' भएका माओवादीका शीर्ष नेता डा. बाबुराम भटराई संविधान सभा निर्वाचनमा सर्वाधिक मतान्तरले जित्ने संविधान सभा सदस्य भएका छन् । उनले आफ्ना प्रतिद्धन्दीलाई ४० हजार भन्दा बढि मतको अन्तरले पराजित गरेका छन् । डा. भटराई सर्वाधिक मत ल्याउने संविधान सभा सदस्यपनि बनेका छन् । गोर्खा- २ बाट डा. भटराईले ४६ हजार २ सय ७२ मत प्राप्त गरी विजय हासिल गरिसकेका छन् । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्रप्रसाद न्यौपानेलाई ४० हजार १ सय २९ मतले पराजित गरेका थिए । नाताले मामा पर्ने कांग्रेस उम्मेदवार चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ४३ मतमात्र पाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले डा. बाबुराम भटराईले पाएभन्दा १० हजार कम मत पाएका छन् । उनी रोल्पाबाट ३४ हजार २ सय २० र काठमाडौंबाट २३ हजार २ सय ७७ मत ल्याई विजयी भएका छन् । रोल्पा- २ मा एमालेका प्रतिद्धन्दी शान्तकुमार ओलीले ६ हजार २९ मत पाएका छन् । तर डा. भटराईको जस्तो निकै ठूलो मतान्तर भने छैन । प्रचण्डले रोल्पामा आफ्ना प्रतिद्धन्दीलाई करिव २६ हजारको अन्तरले पराजित गरेका छन् । गोर्खा- १ बाट निर्वाचित माओवादीकी पार्वती थापामगर डा. भटराईपछि सबैभन्दा बढि मत ल्याएर विजयी हुने संविधान सभा सदस्य हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिराजीवी वाग्लेलाई ३१ हजार भन्दा बढि मतको अन्तरले विजय हासिल गरेकी उनले ४० हजार ६ सय मत ल्याएकी छिन् । हालसम्म प्राप्त मत परिणाम अनुसार सबैभन्दा कम मतान्तर ल्याएर विजयी बन्नेमा पाँचथर- १ बाट निर्वाचित नेकाका पूर्णकुमार शेर्मा लिम्बु हुन् । उनले १२ हजार ९ सय २० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका गणेश काङ्गमाङ्गले ७ मत कम अर्थात् १२ हजार ९ सय १३ मत पाएका छन् । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®