Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
दुई गोर्खेली अर्थमन्त्री डा. बाबुराम भट्टराई र
वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटा जुटे
काठमाडौं, August 23, 2008-
कार्यवाहक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले
राष्ट्रिय साझा स्वार्थलाई सर्वोपरी मानी एकताबद्ध हुनु आजको आवश्यकता
रहेको औँल्याएका छन् । गोरखा समाज सेवा केन्द्र काठमाडौँद्वारा भदौ ७ गते
राजधानीमा आयोजित कार्यक्रममा भट्टराइले युग परिवर्तनको सङ्घारमा रहेको
वर्तमान अवस्थामा मुलुकलाई अग्रदिशा दिन सबैले दलीय स्वार्थबाट माथि उठ्नु
जरुरी रहेको धारणा राखॆ ।
अर्थमन्त्री समेत रहेका डा. भट्टराईले मुलुक एकीकरणदेखि लोकतान्त्रिक
गणतन्त्रसम्म आइपुग्दा भएका हरेक आन्दोलनहरुमा गोरखाले अग्रणी भूमिका
खेल्दै आएको दाबी गरे ।
सो अवसरमा २०६४ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ठ नतिजा हासिल गर्ने
विद्यार्थी तथा विद्यालय र जिल्लाको शिक्षा, खेलकुद एवम् पर्वतारोहण
क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व युवा व्यवसायी भगवान भट्टले बाढी प्रभावित
जनतालाई राहतस्वरुप रु. एक लाख अर्थमन्त्री डा. भट्टराईमार्फत र जिल्लाका
दलित, जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षय कोषका लागि
वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटामार्फत रु. ५० हजार प्रदान गरॆ ।
केन्द्रका अध्यक्ष हीराकाजी श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा
वरिष्ठ चिकित्सक देवकोटाले पनि गोरखावासीको उत्थानका लागि केन्द्रमार्फत
विभिन्न कार्यक्रम सन्चालन गरिने बताए ।
-Santa Bagam in Kathmandu
|
|