Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल






















































































































News from Nepal: नेपाली खबरहरु

पत्रकार, कलाकार र नेसनल ज्योग्राफिक च्यानल पछ्‍याउदै गोर्खा
लिगलिगको दौडमा डा. बाबुराम अगाडि


लिगलिग कोटतिर फर्किएर सम्बोधन गर्दै डा. बाबुराम भटराई

सीताराम बराल, गोरखा, ठाँटीपोखरीबाट फर्केर
काठमाडौं, March 31, 2008-कारण एउटै थियो- त्यहाँ माओवादीका बरिष्ठ नेता डा. बाबुराम भटराई सम्बोधन गर्न पुगेका थिए । २०२७ को एसएलसी परीक्षामा अमर मावि, लुइँटेलबाट परीक्षा दिइ बोर्डफस्ट भएपछि चर्चा पाएका डा. बाबुरामको चर्चा ३८ वर्षपछि घटेको छैन बरु बढेको बढ्यै छ ।

गाउँमा हुने चुनावी सभामा पाँच सय जना श्रोता जुटाउन राजनीतिक दल वा उम्मेदवारलाई हम्मे पर्छ । सभामा पाँच सय जना उपस्थित भए भने त्यो 'विशाल आमसभा' हुन्छ । त्यसको चर्चा जिल्ला सदरमुकामसम्मै पुग्छ । अझ हजार जना उपस्थित भए भने त त्यो 'ऐतिहासिक सभा' नै बन्छ । तर गोरखा जिल्लामा पर्ने ठाँटीपोखरी बजारमा शनिवार चैत्र १६ गते फरक दृष्य देखियो । यहाँ आयोजित एउटा चुनावी सभामा पाँच सय वा हजार जना मानिस थिएनन् त्यहाँ ७ हजार भन्दा बढि स्थानीय गाउँलेहरुको उपस्थिति थियो । त्यस सभालाई माओवादीले 'जनमुखी गणतन्त्र विजय अभियान' नाम दिएको थियो ।

कारण एउटै थियो- त्यहाँ माओवादीका बरिष्ठ नेता डा. बाबुराम भटराई सम्बोधन गर्न पुगेका थिए । २०२७ को एसएलसी परीक्षामा अमर मावि लुइँटेलबाट परीक्षा दिइ बोर्डफस्ट भएपछि चर्चा पाएका डा. बाबुरामको चर्चा ३८ वर्षपछि घटेको छैन बरु बढेको बढ्यै छ । देशका ५ जना राजनेताको नाम लिनुपर्यो भने डा. बाबुराम भटराईको नाम छुट्दैन । उनको बौद्धिक तर्कशील क्षमताबाट उनको व्यक्तिगत उचाईमात्र बढेन माओवादी जनयुद्धको उचाईपनि बढ्यो । उनैको क्षमताले माओवादीले जनयुद्ध अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्नपनि सहयोग पुर्यायो।

ठाँटीपोखरीमा माओवादी सभा शुरु हुनुअघि डा. बाबुराम सभास्थलभन्दा करिव ५ सय मीटर परको एउटा घरमा बसेका थिए । उनलाई स्थानीयवासीहरुले मन्‍चमा खोजे, देखिएनन् बाबुराम । पोखरा, पर्वत, तनहुँ हुँदै अघिल्लो दिन लमजुङ्गका चुनावी सभाहरुमा सम्बोधन गरेर गृह जिल्ला आइपुगेका उनी धपेडीले गर्दा केही छिन एउटा घरमा आराम गरेर सभास्थल जान चाहन्थे । उनलाई पछ्याउँदै ठाँटीपोखरी पुगेका राष्ट्रिय लगायत 'नेसनल ज्योग्राफिक च्यानल' सँग सम्बन्धित सन्‍चारकर्मीसँग सभाअघि नै भलाकुसरी गर्नै कार्यक्रमपनि थियो उनको ।

तर यता मन्‍चमा बाबुराम नदेखिएपछ करिव २ हजार सहभागी सभास्थलबाट निस्के । र पन्‍चेबाजासहित डा. बाबुरामलाई लिन उनीहरु बाबुराम बसेको घरसम्म पुगे । केही छिनपछि सभामा उपस्थित हुने तैयारीमा रहेका डा. बाबुरामलाई जुलुशले बिहेको बेहुलो झैं बाजागाजासहित मन्‍चमा ल्याइपुर्यायो ।

स्थानीय पत्रकार शिब खकुरेलका अनुसार ठाँटीपोखरीको इतिहासमै यति ठूलो मास कहिल्यै जुटेको थिएन । उनले भने- '२०४८ मा गिरिजाप्रसाद कोइराला यही ठाउँमा आएका थिए । तर यति ठूलो स्वागत यहाँ बाबुराम बाहेक अरु कसैलाई भएन ।' उनले यो पनि भन्न चुकेनन्- 'यहाँ बाबुरामले चुनाव जितिसकेका छन् फरक कति मतको हुन्छ भन्ने थाहा पाउनकालागिमात्र यहाँ चैत्र २८ गते चुनाव हुनेछ ।' चैत्र १६ गते ठाँटीपोखरीको माहौल हेर्दा त्यस्तै देखिन्थ्यो । झन्डै जसो हरेक घरमा बाबुरामको चुनाव चिन्ह 'गोलाकारभित्रको हँसिया हथौडा' भएको झण्डा घरमा राखेको देखिन्थ्यो।

यही स्थिति देखेर होला आफ्नो सम्बोधनको क्रममा डा. भटराईले भने- 'तपाइहरुको माया मप्रति कति छ भन्ने मैले थाहा पाइसकेको छु । म संविधान सभामा पुगिसकेको छु । तर ममात्र संविधान सभामा पुगेर राम्रो संविधान बन्दैन । हाम्रा थुप्रै साथीहरु यस जिल्लाबाट प्रत्यक्ष र समानुपातिक तर्फबाट संविधान सभाको उम्मेदवार भएका छन् । राम्रो संविधान बनाउन तपाईंहरुले पार्टीका अरु साथीहरुलाई पनि विजय बनाउनुपर्छ।'


बीरेन्द्र र डा. बाबुराम- विजयको शुभकामना िदंदै गोर्खाका बहुदलवादी पूर्व रापंस बीरेन्द्रकुमार पोखरेल
Dr. Baburam Bhattarai is greeted by Birendra Kumar Pokharel. Photos: Sitaram Baral

प्रत्यक्ष र समानुपातिकमा विभिन्न जाति-जनजातिबाट गरी गोरखा जिल्लाबाट माओवादीका ११ जना उम्मेदवार उठेका रहेछन् । डा भटराईले भने- 'तपाइर्ंहरुले मलाई भोट दिनुहुन्छ भन्ने मलाई थाहा छ तर मलाई सघाउनकालागि तपाईंहरुले अरु ११ जना साथीहरुलाई पनि जिताउनुपर्छ ।' उनको बोली सकिन नपाउँदै हजारौंले उनको समर्थनमा ताली बजाए । यसरी समर्थनको ताली बजाउनेमा ०४३ मा कांग्रेसको समर्थनबाट बिजय प्राप्त गरेका राष्ट्रिय पन्‍चायत सदस्य बीरेन्द्रकुमार पोखरेलपनि थिए । बीरेन्द्र ०४६ मा बहुदलको माग गर्ने थोरै रापंसमध्ये एक थिए ।

चर्चामा गोर्खा- २
दुई सय चालिस निर्वाचन क्षेत्रमध्ये अहिले देशैभरिका दुई नं क्षेत्रहरु विशेष चर्चामा छन् । ठूला पार्टीका शीर्ष नेताहरु आफ्नो गृह जिल्लाको दुई नं निर्वाचन क्षेत्रबाट प्रत्यासी भएकाले 'निर्वाचन क्षेत्र नं २' ले चर्चा पाएको हो । माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंका अलवा रोल्पा- २ बाट उठेका छन् । एमाले महासचिव माधव नेपालले रौतहट- ६ का अलवा काठमाडौं- २ मापनि प्रतिस्पर्धा गरिरहेका छन् । एमाले शीर्ष नेता झलनाथ खनाल इलाम- २ मा उम्मेदवार छन् भने कांग्रेस उपसभापतिद्धय रामचन्द्र पौडेल तनहुँ- २ र गोपालमान श्रेष्ठ स्याङ्जा- २ बाटै प्रतिस्पर्धा गर्दैछन् । माओवादीका शीर्ष नेता रामबहादुर थापा बादल लेपनि चितवन-२ नै रोजेका छन् ।

दुई नं नै रोज्ने माओवादीका अर्का शीर्ष नेता हुन्- डा. बाबुराम भटराई । तर्फबाट गोर्खा- २ यतिबेला अत्याधिक चर्चा पाएको छ । उनका प्रमुख प्रतिद्धन्दी हुन्- नाताले डा. बाबुरामका मामा पर्ने नेपाली कांग्रेसका चन्द्रप्रसाद न्यौपाने । बाबुरामसँग चुनाव लड्ने अवसर पाएपछि न्यौपानेलेपनि चर्चा पाएका छन् । सोही क्षेत्रमा नेकपा एमाले बाट हरि काफ्लेले उम्मेदवारी दिएका छन् । तर डा. बाबुरामका प्रमुख प्रतिद्धन्दी भने मामा चन्द्रप्रसाद नै देखिन्छन् । एमालेका उम्मेदवारको यस क्षेत्रमा खासै चर्चा छैन ।

०४५ मा माओवादीको पहिलो फौजी तालिम गोर्खाको सिरानचोकमा भएको थियो जहाँ माओवादी नेताद्धय प्रचण्ड र बादलले कार्यकर्ताहरुलाई फौजी तालिम दिएका थिए । जनयुद्धको सुरुवातपछि आधार इलाका गोर्खालाई बनाउने छलफल नचलेको होइन माओवादी पार्टीभित्र । तर राजधानी नजिकै भएकाले सत्ताले छिट्टै र चरम दमन गर्ने विश्लेषण माओवादीले गर्यो । र आधार इलाकाको रुपमा मध्य पश्चिम रोल्पा-रुकुमलाई विकास गरियो । यद्यपी जनयुद्ध सुरुवातका प्रारम्भिक निर्णयहरु भने गोर्खाकै गाउँहरुमा बसेका माओवादीका केन्द्रीय बैठकहरुले गर्थे । यस हिसावले अहिलेमात्र होइन पन्‍चायतकालदेखि नै गोरखा माओवादीको उर्वरभूमि मानिन्छ।

सबैको समर्थन जुट्‍दैछ
यस क्षे‍त्रमा यसअघि नेपाली कांग्रेसले चुनाव जित्दै आएको थियो । ०५१ को निर्वाचनमा तत्कालिन जनमोर्चाका उम्मेदवार सुरेश वाग्ले, कांग्रेसकी मैयादेवी श्रेष्ठसँग झिनो मतको अन्तरले पराजित भएका थिए । ०५१ र ०५६ को निर्वाचन माओवादीले बहिस्कार गरेकाले पछिल्ला दुई निर्वाचनपनि नेपाली कांग्रेसले नै जित्यो । 'तर यसपटक बाबुरामजी उठेकाले समानुपातिक तर्फको मत आ- आफ्नो पार्टीलाई दिएपनि प्रत्यक्ष मत भने बाबुरामलाई दिने सोचाई सबैले बनाएका छन्' स्थानीय हरिशरण भट्टले यूएसनेपालअनलाइनडटकम सँग भने- 'बाबुरामको उम्मेदवारीलाई यस क्षे‍त्रका जनताले गौरवको रुपमा लिएका छन् ।'

उनको उम्मेदवारीप्रति ऐक्यवद्धता प्रकट गर्दै काठमाडौंबाट कवि, कलाकार, लेखक, पत्रकारहरुको टोलीपनि जाने गरेको छ । संविधान सभामा डा. बाबुरामजस्तो मानिसको आवस्यकता भएकाले उनीहरु बाबुरामलाई जिताउनकालागि गोर्खाली जनतासँग अनुरोध गर्दै त्यहाँ पुग्ने गरेका छन् । शनिवार ठाँटीपोखरीको सभामा बाबुरामलाई मत दिन अनुरोध गर्नकालागि लेखक तथा नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटोदेखि लोकगायक बद्री पंगेनी, हाँस्य कलाकार मनोज गजुरेलदेखि जनकलाकारहरु रामेश-रायनसम्म, शम्भु राई, जीतेन्द्र राईदेखि रुविन गन्धर्वसम्म गोर्खा पुगेका थिए ।


गोरखाली जनतासँग डा. बाबुरामका लागि मत माग्दै गायक बद्री पंगेनी र समर्थनमा स्थानीयबासीद्धारा लगाइएको समर्थनयुक्त ताली Singer Badri Pangeni

पाल्पा घर भएका लोक गायक बद्री पंगेनीले मुलुकमा गणतन्त्रको स्थापना गर्न बाबुरामजस्ता राजनेताहरुको जित आवस्यक भएको बताए । उनले भने- 'मेरो घर पाल्पा हो त्यहाँपनि म आफ्नो मत गणतन्त्रवादी उम्मेदवारलाई दिई जिताएर ल्याउनेछु । गोर्खाबासीहरुले डा. बाबुरामजस्ता राजनेतालाई जिताएर पठाउनुपर्छ । म यत्ति भन्नमात्र यहाँ आएको हुँ ।' उनले 'अझैपनि गणतन्त्र आ'को छैन' भन्ने लोकप्रिय गीत गाएर गणतन्त्रलाई सुनिश्चित गर्न डा. बाबुरामको पक्षमा मत मागे । अर्का गायक रुविन गन्धर्वले गणतन्त्रको स्थापना गर्न माओवादीको जीत आवस्यक भएको बताए । उनले भने- 'त्यसैले मपनि पढाई छाडेर चुनावी अभियानमा होमिएको छु ।'


रुविन गन्धर्व- डा. बाबुरामलाई जिताउन मत माग्दै गणतन्त्रवादी गन्धर्व गायक रुविन गन्धर्व । पृष्ठ भूमिका शम्भु राई रामेश र रायन Singer Rubin Gandharba.

लिगलिग दौडमा बाबुराम
पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरी गोर्खा राज्यको विस्तार गरेका थिए । तर गोर्खामा शाह बंशको स्थापना भने षडयन्त्रमूलक ढंगले भएको थियो । पाँच सय वर्षअघि त्यहाँ आदिवासी मगर, गुरुङ्ग समुदायका अगुवाहरुबीच को राजा हुने भनेर लिगलिग कोटसम्म दौड प्रतियोगिता हुन्थ्यो । लमजुङ्गे राजाका कान्छा छोरा द्रव्य शाह षडयन्त्रपूर्वक सो दौडमा सामेल भए । भनिन्छ राजाका महत्वाकांक्षी शाहले अरु सबै मगर धावकहरुलाई मारेर लिगलिग, गोर्खाको गद्दीमा चढेका थिए । गोर्खाका मगर शासकहरुलाई विस्थापित गरी षडयन्त्रमूलक ढंगले शाह राजतन्त्रको स्थापना भयो । यसरी लिगलिगबाट निरन्तरता पाएको शाह राजतन्त्र अहिले समाप्तिको संघारमा छ ।

शनिवार आयोजना गरिएको डा. भटराईको सभा लिगलिग नजिकै थियो । उनले नजिकै रहेको लिगलिग डाँडोतर्फ देखाउँदै भने- 'लिगलिगका जनताको हातमा रहेको सत्तालाई शाह बंशले षडयन्त्र गरी खोसेको थियो संविधान सभाको चुनावमार्फत् जनताको गुमेको सत्ता अब जनताकै हातमा फिर्ता गर्ने बेला आएको छ ।' लमजुङ्गका पहिलो राजा कुलमण्डन शाहका सन्तानले छलकपटद्धारा हासिल गरेको सत्ता ५ सय वर्षपछि शाह बंशको हातबाट जनताको हातमा आउन लागेको बताउँदै उनले भने- 'नेपाली शब्दकोषको 'कु' बाट उच्चारण हुने कुलमण्डन शाहबाट स्थापना भएको शाही सत्ता शब्दकोषको अन्तिम अक्षर 'ज्ञ' बाट उच्चारण हुने राजा ज्ञानेन्द्रको पालामा अन्त्य हुँदैछ ।'

लिगलिग दौडमा षडयन्त्र गरी सत्ता हत्याएका शाह राजाहरुबाट जनताको हातमा सत्ता पुर्याउन डा. बाबुरामहरुले गरेको संघर्षले यतिबेला अन्तिम सफलता पाउनै लागेको छ । डा. बाबुरामहरुकै माग हो संविधान सभा जुन पुरा हुनै लागेको छ । गणतन्त्रको माग गर्नेहरुपनि उनीहरु नै हुन् जुन संविधान सभाको निर्वाचनपछि पुरा हुने छाँटकाँट देखिदैछ ।

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®