वेपत्ता पारिएका नागरिकहरुको खोजविनको लागि
शक्तिशाली आयोग वनाइने
काठमाडौं, August 22, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ससस्त्र
द्धन्दका वेला वेपत्ता भएको नागरिकहरुको खोजविनको लागि छिट्टै शक्तिशालि
आयोग वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राज्यद्धारा वेपत्ता नागरिकका परिवारजन संग भदौ ६ गते विहान भेटघाट गर्दे
माओवादी अध्यक्ष
समेत रहनुभएका पुष्पकमल दाहाल 'प्रचण्ड'ले शहिद वेपत्ताको सन्दर्भमा नयां
सरकारले प्राथामिकताका
साथ संवोधन गर्ने बताएका हुन् ।
वेपत्ता नागरिकको सार्वजनिकको लागि अझैपनि दवाव तथा संघर्ष गर्नुपर्ने
वताउदै प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठन हुनासाथ वेपत्ता परीवारको
माग सम्बोधन गरिने उल्लेख गरे ।
भेटमा प्रधानमन्त्री 'प्रचण्ड' सामू वेपत्ता परीवारका प्रतिनिधिहरुले
माओवादीकै सरकार वनेकाले आफन्तको छिटो सार्वजानिक हुने आशा व्यक्त गरेका
थिए ।