|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मर्यादाक्रमको बिबाद वरिष्ठता या सत्ता
लोलुप्ताको खेल? काठमाडौं, August 29, 2008- एमालेबाट सरकारमा जाने मन्त्रीहरुको भदौ १३ गते हुने भनिएको सपथ ग्रहण स्थगित भएको छ । माओवादीबाट सरकारमा प्रतिनिधित्व हुनबाँकी पाँच र साना दलले पाउने ४ सहित एमाले मन्त्रीहरुकोसपथ एकै साथ गर्ने भएपछि आजको सपथ ग्रहण स्थगित गरिएको सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिएका छन्। यसैवीच आजै हुने भनिएको मन्त्री परिषदको वैठक पनि बस्न सकेन । आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छनौट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी सचिवालय वैठक बसेको थियो । वैठकले सरकारमा जाने मन्त्रीहरुको अन्तिम टुङ्गो लगाउने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको मन्त्री महराले बताए । सरकारमा पठाउँदा जातीय, क्षेत्रीय तथा लैंगिक हिसाबमा समावेशी बनाउने माओवादी नेता मोहन वैद्य 'किरण'ले जानकारी दिए । सरकारमा दोस्रो मर्यादाक्रममा एमालेका वामदेव गौतम आउने भएपछि माओवादीमा विवाद उत्पन्न भएको चर्चा चले पनि महराले भने यसमा सत्यता नभएको दाबी गरे । अहिले दोस्रो क्रममा रहेका अर्थ मन्त्री डा. बाबुराम भट्टराई तेस्रो मर्यादाक्रममा बस्न अनिच्छुक रहेको हल्ला चलेको थियो । एमाले नेता बामदेव गौतमलाई बरिष्ठताक्रममा दोश्रो स्थान दिन माओवादी सहमत भएको हो । तर गौतमलाई दोश्रो मर्यादाक्रम दिइने भएपछि बरिष्ठ माओवादी नेता डा बाबुराम भट्टराई असन्तुष्ट भएको जानकारी श्रोतले दिएको छ । श्रोतका अनुसार जुन मान्यताका आधारमा गौतमलाई डा. भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइदैछ त्यसप्रति उनले आपत्ति जनाएका छन् । सत्ता साझेदार दलको हैसियतले गौतमलाई दोश्रो मर्यादाक्रममा राख्न खोजिएको हो । एमालेले ठूलो दलको हैसियतले माओवादीले प्रधानमन्त्री पद पाएपछि आफूले दोश्रो मर्यादाक्रम पाउनुपर्ने दावी गरेको छ । यो मान्यता अनुसार एमालेपछिको मधेशी जनअधिकार फोरमका उपेन्द्र यादवलाई तेश्रो बरियताक्रममा राख्नुपर्ने हुन्छ । 'गौतमलाई जुन मान्यताका साथ दोश्रो बरियताक्रममा राख्न सहमति जनाइयो त्यसप्रति डा. भट्टराई सन्तुष्ट हुनुहुन्न' श्रोतले भन्यो- 'भोलि फोरमलेपनि यस्तै दावी गर्ने सम्भावनापनि उत्तिकै छ, यही मान्यता अनुसार भोलि फोरमका यादव तेश्रो र डा. भट्टराई चौंथो मर्यादाक्रममा पर्नुहुनेछ ।' |
|
|
बताइए अनुसार त्यो स्थितिमा डा. भट्टराईले
अर्थमन्त्री पदबाट राजिनामा दिने मनस्थिति बनाएका छन् । स्मरणीय छ,
शुक्रबारको शपथ ग्रहणमा यादव डा. भट्टराईभन्दा पछिल्लो मर्यादाक्रममा थिए ।
यादव हाल 'बिमस्टेक' (Bangladesh, India, Myanmar, Sri Lanka, Thailand
Economic Cooperation (BIMST-EC) को बैठकमा भाग लिन नयाँ दिल्लीमा छन् । -Santa Bagam and Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||