|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संबिधान सभामा वजेटबारे छलफल प्रारम्भ काठमाडौँ, September 21, 2008- अर्थमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको अनुमानित आय व्याय माथि असोज ५ गतेदेखि व्यवस्थापिका संसदमा छलफल प्रारम्भ भएको छ । छलफलमा भाग लिँदै सभासदहरुले आर्थिक वर्ष २०६५/६६ को वजेट कार्यन्वयनको चुनौति तर्फ सरकारको गंभिर ध्यान आकर्षण गराएका छन् । कांग्रेश सभासद रामचन्द्र पौडेलले वजेटले मुलुकलाई आर्थिक भार थोपर्ने आशंका गर्दै मुल्य वृद्धी र मुद्रा स्फीती वढेर जाने चेतावनी दिनुभयो । वजेटले साम्यवाद तर्फैको मात्र संकेत गरेको उल्लेख गर्दै पोडेलले भन्नुभयो वजेट जनमुखी छैन, माओवादीमुखी र अपारदर्शी छ । पंचायतको साझा कार्यक्रमको झलक दिएको दावी गर्दै पौडॆलले वजेट चलाखि पुर्ण ढंगले माओवादी कार्यकर्ता पोस्न उद्यत रहेको वताउनुभयो । मधेशी जनअधिकार फोरमका तिलक रावलले वजेट पुरानै परम्पराको निरन्तरता भन्दै कार्यन्वयनको जटिलता प्रति सचेत पार्नुभयो । उनले दुई महिना ढिलोगरी वजेट आएकाले आन्तरीक राजस्व संकलन लक्ष्य अनुसार हुनेमा आशंका व्यक्त गर्नु भयो । तमलोपाका हृदयेश त्रिपाठीले जनप्रतिनिधिको अभावमा स्थानिय निकायको अनुदान वढोत्तरी गर्दा जनताभन्दा तराईमा हिसंत्मक गतिविधि गरिरहेका आपराधिक समुहलाई खुसी तुल्याएको दावी गर्नु भयो । त्रिपाठीले कृषी क्षेत्रमा लगानि वढाउन किन हिच्किचाएको भनि अर्थमन्त्रीलाई प्रश्न गर्दे कृषीमा अनुदन नवढाएसम्म उत्पादन नवढ्ने बताउदै वजेटमा धेरै कुराहरु सकारात्मक रहेको र यसले मुलुकको अवस्थाको यथार्थ चित्रण गरेको भन्दै खुसी पनि व्यक्त गरे । माओवादीका खड्गवहादुर विश्वकर्माले विगतको परनिर्भरताको निरन्तरताको साटो यो वजेट आत्म निनिर्भरतामुखि भएको भन्दै खुसी व्यक्त गरे । विकले राष्ट्रिय पुजीं विकाशको संकल्प र सामन्ती आर्थिक सोचलाई वजेटले क्रमभंग गरेको दावी गरे । एमाले सभासद शंकर पोख्रेलले वजेटले अर्थतन्त्रको चुनैतीलाई ठिक ढंगले प्रस्तुत गरेपनि साँगठानिक रुपमा चित्रण गर्न नसकेको बताए । पोखरेलले वजेटले कल्पना गरेको विभिन्न समीति सर्वदलिय वनाउने प्रयास नगरी माओवादीले आफ्नै नेतृत्वमा गठन गरेको आरोप लगाए । जनमोर्चाका सभासद अमिक शेरचनले वजेट प्रगतिशिल भएको धारणा राख्दै वृद्धभत्ता पाउने उमेर घटाउनु र भत्ताको रकम वढाउनु कम्यूनिष्टले वुढावुढी मार्ने हैन पाल्दारहेछन् भनि भ्रम निवारण गरेको दावी गर्नुभयो । शेरचनले स्वस्थ्य र शिक्षामा छुट्टयाईएको रकम देख्दा यो वजेट पनि यस अघिका वजेट जस्तै परम्परावादी रहेको भान मिलेको भनि टिप्पणी गरे। राष्ट्रिय जनमुक्ति पार्टीका मालवर सिंह थापा मगरले स्थानीय निकाय गठन गर्दा प्रमुख ठूला दलको सहमती भन्ने बजेटमा प्रस्तुत शब्द कानुन विपरीत भएको बताए । उनले मधेशी, दलित, महिलालाई जसरी जनजातिलाई स्थान नदिइएको आपत्ति जनाए। |
|
|
राप्रपा सभासद सुर्यवहादुर केसीले रेलमार्ग, मध्य पहाडी मार्ग, फास्ट ट्रयाक निमार्ण जस्ता पुर्वाधार विकाशका कुराहरु वजेटका सकारात्मक पक्ष रहेको बताए । नेमकिपाकी लिला न्याईच्याईले काठमाडौंलाई संघीय राज्य भएपछि सास्कृतिक राजधानी बनाउनु पर्ने बताइन् । नेकपा एकिकृतका सभासद परी थापाले विकास बजेट बढी देखाएर झुक्याएको दाबी गरे । यो समाचार तयार पार्दासम्म बुद्धरत्न मानन्धर, प्रेम बहादुर सिंह, लक्ष्मीलाल चौधरी, एकनाथ ढकाल, सदरुल मिया हक, गायत्री शाह, रुक्मिणी चौधरी, अर्जुन राई, मोतीलाल दुगड र नारायण शर्माले छलफलमा भाग लिएका छन् । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||