Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from UK

लण्डनमा देवकोटा जयन्ति, ५० भन्दा बढी कविहरुले भाग लिए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Participants of Devekota Jayanti and Literary Mahotsav in London, UK. Photos: Suhim

वेलायत, लण्डन, October 26, 2008- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तिको अवसरमा ऐतिहासिक वेलायत नेपाली साहित्य महोत्सव भब्यताको साथ सम्पन्न भएको छ।

गत २५ अक्टोबर ०८ का दिन प्रमुख अतिथि वेलायतको लागि नेपाली राजदूत महामहिम मुरारीराज शर्मा र नेपालबाट आमन्त्रित वरिष्ट साहित्यकार कृष्णचन्द्र सिंह प्रधानले संयुक्त रुपले पानासमा बत्ति बालेर शुरु भएको महोत्सवमा वेलायतभरका ४ दर्जनभन्दा बढि कवि तथा कवयित्रि र साहित्यकर्मिहरुको जमघट रहनुको अतिरिक्त विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो । सो अबसरमा अनेसासका अन्य देशविदेशका शाखाहरुबाट प्राप्त शुभकामना संन्देश पढेर सुनाइएको थियो।

खुल्ला कविता प्रतियोगिता

 
वेलायतब्यापी खुल्ला कविता प्रतियोगिता र वेलायतब्यापी खुल्ला बाल कविता प्रतियोगिताले तातेको महोत्सवमा प्रतियोगि र अप्रतियोगि गरि जम्मा ४ दर्जनभन्दा बढि कवि तथा कवयित्रिहरुको सहभागिता रहेको थियो। जस मध्ये 'अनुरोध' शिर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो जसको लेखक विनोद न्यौपाने, दोस्रो स्थान इश्वर मानन्धरको 'ब्रम्हाले सृष्टि गरेको विश्व' शिर्षकको कविता र 'मानिसका रुपहरु' शिर्षकको कबिताबाट निर्मला राई तेस्रो हुनु भएको थियो।



त्यस्तै गरि वाल कविता तर्फ प्रथम प्रियंका पुनमगर, दोस्रो कल्पना लिम्बू, तेस्रो रोस्नी राई र सान्तवना सुवानी रानामगरले प्राप्त गर्नुभएको थियो। विजयी कवि तथा कवयित्रिहरुले विभिन्न संघसस्था र ब्यक्तिहरुद्धारा प्रायोजित आकर्षक ट्रफि र प्रमाण–पत्र प्राप्त गरेका थिए।

विभिन्न भाषाभाषिको कविताहरु बाचन महोत्सवका अर्को महत्वपूर्ण पक्ष कार्यक्रम समावेशि रहेको थियो जसअनुसार विभिन्न आदिबासी जनजाति भाषाका कविताहरुलाई पनि वाचनमा सहभागि गराइएको थियो। जसमध्ये सुनुवार, लिम्बू, राई, मगर, गुरुङ र नेवारी भाषा का कबिताहरु पाठ गरिएको थियो।

अस्वीकृत नेपाली साहित्य गुठिद्धारा सम्मान प्रदान तथा पुस्तक विमोचन



कार्यक्रमलाई ३ चरणमा छुट्टाइएको थियो। दोस्रो चरण अन्तर्गत अस्वीकृत नेपाली साहित्य गुठिको तर्फबाट वेलायतमा रहेर नेपाली साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत इश्वर मानन्धरलाई सम्मान प्रदान गरेको थियो भने वेलायतमा रहेर नेपाली कला र संस्कतिको प्रबर्द्धनमा उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाली सांस्कतिक कला केन्द्रका अध्यक्ष मनिषकुमार श्रेष्ठलाई मनमाया स्मृति साँस्कृतिक प्रबर्द्धन सम्मान २००८ प्रदान गरिएको थियो। सोहि अवसरमा सम्मानित श्रेष्ठद्धारा लिखित 'याद आइरहेछ' कविता संग्रहको प्रमुख अतिथिबाट विमोचन गरिएको थियो।



मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार २०६५ विजयीको घोषणा तथा थप पुरस्कार स्थापना

तेस्रो चरणमा अनलाइन नेपाली साहित्य मञ्च मार्फत गत बर्ष स्थापित मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार २०६५ विजयीको नाम घोषणा गरिएको थियो। यस पुरस्कारको लागि सिफारिस गर्न साहित्यघर डट्कममा प्रकाशित सूचनाअनुसार विश्वका विभिन्न देशहरुबाट जम्मा ६३ जनाको नामहरु सिफारिसमा आएको मध्ये प्राय सिनियर स्रष्टाहरुको नाम रहेको भए पनि पुरस्कार छनौट कमिटिले यस बर्ष युवा स्रष्टा जस्ले 'भित्ता बोल्दैन' २०५९ कविता संग्रह र 'आमुल परिवर्तनको बाटो' २०६३ निबन्ध संग्रह कृति नेपाली साहित्यलाई दिइसकेका छन्। जो डायस्पोरा मलेसियामा रहेर नेपाली साहित्यको लागि दिइएको योगदानको कदर स्वरुप देवेन्द्र सुर्केली खापुङलाई प्रदान गरेको घोषणा गरिएको छ।

स्मरण रहोस, यस पुरस्कारको रासि नेपाली रुपैया १० हजार रहेको छ। यस पुरस्कारका ब्यवस्थापक आनन्द देवान रहनु भएको छ। त्यस्तै गरि वरिष्ठ कानुनविद गोपाल चिन्तनले आफ्नो आमाबुबाको नामबाट प्रत्येक बर्ष अनेसास वेलायतको मातहतबाट प्रदान हुने गरि नरमाया–शिवनारायण स्मृति पुरस्कार र हरी शिवाकोटिले आफ्नो आमाबुबाको नामबाट दिल्ली–कृष्ण स्मृति साहित्य पुरस्कार स्थापना भएको घोषणा गर्नुभयो। दुवै पुरस्कारको रासि नगद १०० पाउण्ड रहेको छ।

कलाकारहरुको उत्कृष्ट प्रस्तुति

कार्यक्रममा कलाकारहरुले देवकोटाले लेख्नु भएको 'कुन मन्दिरमा जान्छौ यात्रि' कवितालाई बाँसुरीको मिठो धुन मार्फत शुरुगरि कार्यक्रमको बीचवीचमा एकल र जोडि नृत्यहरु प्रस्तुत गरेका थिए भने भिक्टोरिया गर्ल्स ब्याण्डका निर्मला थापा मगरले आफ्नो मिठो गीत प्रस्तुत गर्दै रोचकता थपेकी थिइन्‌। कलाकारहरु सुरेन्द्र इङनाम, सुस्मिता भण्डारी, विनोद चिपालु, भारती श्रेष्ठ, आसा मल्ल, प्रतिक श्रेष्ठ, दिपा शाक्य रहेका थिए।



कार्यक्रम सफल बनाउन चाम्स फिल्म प्रोड्क्सन, गोर्खा पालेस फक्स्टोन, मेरीटाइम ग्रीनवीच कलेज, साउथ लण्डन कलेज, एङ्लिया कलेज, भट्टराई एण्ड कम्पनी इमिग्रेसन प्राक्टिस लगायतले स्पोन्सर गरेका थिए भने नेपाली सांस्कृतिक केन्द्र, हेम विष्ट, शर्मिला श्रेष्ठको मुख्य सहयोग रहेको थियो।

अनेसास वेलायतका उपाध्यक्ष श्रीमति निला अधिकारीको अध्यक्षतामा सम्पन्न महोत्सवमा उपस्थित सबैलाई दुत पुनले स्वागत गर्नु भएको थियो भने संस्थाका दोस्रो उपाध्यक्ष गोपिकृष्ण प्रसाइले महाकवि देवकोटाको बारेमा बोल्नु भएको थियो। मुख्य अतिथि महामहिम शर्माले तिहारको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमको आफ्नो छुट्टै महत्व रहेको र वेलायतको इतिहासमा सम्भवत नेपाली साहित्यको बृहत कार्यक्रम भएको यो पहिलो अवसर हो भन्नुहुदै आयोजक परिवारलाई धन्यवाद दिनुभयो।

त्यस्तै गरि विशिष्ट अतिथि सिंहले आफूलाई वेलायतमा नेपाली साहित्यकारहरुको माझ पाउँदा हर्षविभोर भएको कुरा बताउनु भयो। वेलायतको इतिहासमै वेलायत ब्यापी भब्य साहित्यिक कार्यक्रम भएको यो पहिलो अवसर त हुदै हो ऐतिहासिक पनि भएको कुरा नेपाली साहित्य विकास परिषदका अध्यक्ष हरिसिं थापाले बताउनु भयो। कार्यक्रमको विषर्जन गर्दै श्रीमति अधिकारीले सहयोगदाता संघसंस्थाहरु, महानुभावहरु सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम महासचिव विश्वास दीप तिगेला र सचिव नवराज राईले संचालन गर्नुभएको थियो।

-Suhim Yakthum in Kent, UK
 











Photos: Suhim

Read related news:
» तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइदै (9 Photos)
 
आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» लण्डनमा देवकोटा जयन्ति, ५० भन्दा बढी कविहरुले भाग लिए (12 Photos)

» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइच (51 Photos)
  लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित
  कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®