Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सेना समायोजन विशेष समिति गठन, उपप्रधानमन्त्री गौतम संयोजकमा


Deputy Prime Minister Bamdev Gautam. Photo: Sitaram

काठमाण्डौं, October 28, 2008- शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण विषय मानिएको सेना समायोजन सम्बन्धी उच्चस्तरीय विशेष समिति निर्माण भएको छ । सो विशेष समितिको संयोजकमा गृहमन्त्री बामदेव गौतम छानिएका छन् ।

लामो समयसम्मको वाद विवादपछि मंगलबार बसेको मन्त्री परिषद् अन्तर्गतको 'राजनीतिक नियुक्ति सम्बन्धी संयुक्त समिति' ले विशेष समितिको निर्माण गरेको हो । यद्यपी राजनीतिक पार्टीहरुबीचको विवादको कारण समितिले अझै पूर्णता पाउन सकेको छैन ।

गृहमन्त्री गौतमको संयोजकत्वमा गठन गरिएको सो समितिको सदस्यमा रक्षामन्त्री रामबहादुर थापा 'बादल', शान्ति मन्त्री जनार्दन शर्मा र मधेशी जनअधिकार फोरमका मोहम्मद हबिबुल्लाह छनौट भएका छन् ।

समितिमा माओवादीको तर्फबाट २ जनाले प्रतिनिधित्व भएको छ । समितिको संयोजक एमालेले पाउने भएपछि माओवादीले आफ्नो तर्फबाट २ जनाले समितिमा स्थान पाउनुपर्ने शर्त राखेको थियो ।

समितिमा नेपाली कांग्रेसको प्रतिनिधित्व अझै हुन सकेको छैन । संयोजकको जिम्मेवारी आफूले पाउनुपर्ने दावी गरिरहेको नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि पठाएपछि समितिले पूर्णता पाउनेछ ।

नेपाली कांग्रेसले समितिमा आफ्नो प्रतिनिधित्वका लागि प्रतिनिधि पठाउनेछ भन्नेमा शंका उत्पन्न भएको छ । सेना समायोजनसम्बन्धी विशेष समितिको संयोजकको जिम्मेवारी दावी गरेपनि कांग्रेस आफै भने समायोजनको विरुद्धमा छ ।
 
किनभने सेना समायोजनसम्बन्धी बुँदा भएको विस्तृत शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा 'सेना समायोजन' को सट्टा अर्कै प्रावधान राख्नुपर्ने बताइसकेका छन् ।

मंगलबार गठन भएको यो समितिले दुई सेनाको समायोजनसम्बन्धी 'क्राइटेरिया' निर्माण गर्नेछ । अस्थायी शिविरमा रहेका १९ हजार ६ सय २ जना माओवादी लडाकूको भविष्य अव यही समितिले निर्धारण गर्नेछ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®