Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'उत्पीडितहरुका लागि लोकतन्त्र भनेकै उनीहरुको स्वायत्तता हो'
-रक्षा मन्त्री रामबहादुर थापामगर 'बादल'


Defense Minister Rambahadur Thapa Magar 'Badal' interacting Magar journalists at his office. Photos: Smita

काठमाडौँ, September 4, 2008- रक्षा मन्त्री रामबहादुर थापामगर 'बादल' ले सुरक्षा निकायलाई देश र जनताको रक्षा गर्नसक्ने गरी परिमार्जन गरी छिट्टै नयाँ राष्ट्रिय सुरक्षा संगठन बनाइने बताउनुभएको छ ।

बिभिन्न संचार माध्यममा कार्यरत मगर समाजका सन्‍चारकर्मीहरुको साझा सङ्स्था 'मगर आमसन्‍चारकर्मी समाज'का प्रतिनिधि टोलीसित बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री 'बादल' ले सो कुरा बताउनुभएको हो । 'मन्त्रि परिषद् पनि करिब पूरा भइसकेकोले छिट्टै नयाँ सुरक्षा संगठन बनाइने छ' उहाँले भन्नुभयो ।

रक्षा मन्त्रालयको काम देश जनताको रक्षा गर्नु र जनताको शान्तिको आकाङ्क्षालाई पूरा गर्नु भएको चर्चा गर्दै उहाँले देश र जनताको सुरक्षाको निम्ति मन्त्रालयले केही महत्वपूर्ण कार्य गर्न लागेको जानकारी पनि दिनुभयो।

नयाँ जनादेशअनुरुप नयाँ राष्ट्रिय सुरक्षा नीति तय गर्नु, शान्ति प्रकृयालाई निस्कर्षमा पुर्याउनु सेना समायोजन र पुनस्र्थापना गर्नु मन्त्रालयको कार्यभार भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय सुरक्षाको प्रश्न सरकारको अगाडि ठूलो परीक्षा भएको उल्लेख गर्दै उहाँले जनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न सही नीति आवश्यक भएको बताउनुभयो । 'सेना मात्र होइन सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागलाई कसरी परिचालन गर्ने भन्ने बारेमा सही नीति बनाउनुपर्छ' उहाँले भन्नुभयो ।

सुरक्षा निकायमा समानुपातिक र समावेशीकरणको माग प्रबल रुपमा उठिरहेको स्वीकार गर्दै उहाँले त्यसलाई संवैधानिक रुपले संस्थागत र ब्याबहारिकरुपमा लागू गर्ने व्यवस्था गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।
 

नेपालको गणतन्त्र 'जनताको गणतन्त्र हुने कि बिहारी शैलीको हुने' फैसला हुन बाँकी रहेको उहाँको धारणा थियो । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गले ब्याबहारिक र कानुनीरुपमा आत्मनिर्णयको अधिकार नपाएसम्म वास्तविक गणतन्त्र आएको नठहरिने उहाँले बताउनुभयो । 'गणतन्त्र जनताले आफ्नो भाग्यको आफैँ फैसला गर्ने र कार्यान्वयन गर्ने शासन हो, निर्णय अरुले गर्ने त्यसको कार्यान्वयन मात्र जनताले गर्नुपर्ने भयो भने त्यस्तो गणतन्त्रको के काम?' उहाँले प्रश्न गर्नुभयो ।

अबको मुख्य नारा लोकतान्त्रिक गणतन्त्र नभई राष्ट्रियता र राष्ट्रवाद हुनुपर्ने उहाँको जोड थियो । 'लोकतान्त्रिक गणतन्त्रलाई वास्तविक बनाउन पनि राष्ट्रियता र राष्ट्रवादलाई मुख्य नारा नबनाई हुँदैन' उहाँको भनाइ थियो।



'उत्पीडितहरुका लागि लोकतन्त्र भनेकै उनीहरुको स्वायत्तता हो' उहाँले भन्नुभयो । अब जनतालाई लोकतन्त्रले नभई राष्ट्रवाद र राष्ट्रियताले मात्र एकवद्ध गर्नसक्ने उहाँको विचार थियो । हिजो गणतन्त्रवादी र लोकतन्त्रवादीको मोर्चा आवश्यक भएजस्तै अब देशभक्त र राष्ट्रवादीको मोर्चा आवश्यक भएको उहाँले बताउनुभयो ।

समाजका अध्यक्ष नरेश खपाङ्गी मगरले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकोमा समाजका तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो । समाज र मगर समुदायका तर्फबाट मन्त्री थापालाई जिम्मेवारी बहनमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

-Smita Magar in Kathmandu
  Read our related news:
» Magar Journalists form Magar Community United
Who Include from Gorkhapatra, NTV, Himal Media, Nepal FM, USNepalOnline.Com...
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®