Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हतियार बोकेर सदनभित्र जाने नजाने बिबाद चर्किदै छ

काठमाडौँ, September 26, 2008- संविधान सभा सदस्य रहेका केही माओवादी नेताहरु हतियारसहित संविधान सभा बैठकमा प्रवेश गरेको कुराले विवाद सिर्जना गरिरहेका बेला नेकपा माओवादी का केन्द्रीय सदस्य वर्षमान पुन 'अनन्त' ले सरकारले मान्यता दिएको हतियार संविधान सभा परिसरभित्र लगेको स्पष्टिकरण दिएका छन्।

संविधान सभामा हतियार लगेको विषयलाई अनावश्यक रुपमा बढाईचढाई गरिएको आरोप लगाउँदै उनले अनावस्यक कुरा चर्काएर स्थितिलाई उत्तेजक नबनाउनपनि आग्रह गरेका छन् ।
'शान्ति सम्झौतामा उल्लेख भएअनुसार सुरक्षाका लागि खटिएका जनसेनाले संविधान सभाको परिसरभित्र हतियार लगेका हुन्' अनन्तको भनाई छ- 'सरकारद्वारा मान्यताप्राप्त हतियारसहित संविधान सभामा जाँदा किन आपत्ति जनाइएको हो ?' कसलाई सुरक्षा दिने नदिने टुंगो सरकारले लगाउनुपर्ने बताउँदै माओवादी नेता अनन्तले विगतदेखि नै यो क्रम चल्दै आएपनि अहिले नियतबस यो प्रसङ्ग उठाइएकोमा आपत्ति प्रकट गरे । उनले भने- 'अबैध हतियार लगेका छैनौं सम्झौता अनुसार नै हाम्रा नेताका गार्डहरुले हतियार बॊकेका हुन् ।'

माओवादी नेतृत्वको सरकारमा मन्त्रीहरु देशभित्रको कामभन्दा विदेश भ्रमणमा केन्द्रित भएकोप्रति उनले असन्तुष्टि प्रकट गरे । माओवादी नेता अनन्तले सेना समायोजनको बहस गर्ने समय नभइसकेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन, भारत र अमेरिका भ्रमणले नेपालको परराष्ट्र सम्बन्धको क्रमभंग गरेको बताउँदै शक्तिराष्ट्रहरुसंग समान सम्बन्ध राख्ने नीति लिइएको बताए । भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवादीका रुपमा हेर्ने दृष्टिकोण कायमै रहेको उनको भनाई थियो ।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीपनि सहभागी थिए जसले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न खोजे दुर्घटना हुने चेतावनी दिए । राजनीतिक सेनालाई राष्ट्रिय सेनामा प्रवेश दिन खोजे आफूहरु चुप लागेर नबस्ने बताएका कांग्रेस नेता केसीले छापामारलाई औद्योगिक सुरक्षा, वैदेशिक रोजगारी आदिमा समायोजन गर्नुपर्ने सुझाव दिए । एक वर्ष सरकार ढल्नुहुदैन भन्ने नेपाली कांग्रेसको मान्यता रहेको बताउँदै केसीले लोकतन्त्रको मूल्य मान्यता जोगाउन कांग्रेस सँधै सकृय हुने बताए ।

नेकपा एमाले का केन्द्रीय सदस्य रामनाथ ढकालले हतियार बोकेर सभासदहरु संविधान सभा परिसरभित्र छिरेकोमा आपत्ति जनाए । उनले भने- 'सभासद भएपछि राज्यको सुरक्षा माग्ने हो, कि त राज्यको सुरक्षाप्रति विश्वास छैन भन्नसक्नुपर्यो ।' शान्ति सम्झौतामा माओवादीका केही नेताहरुको सुरक्षाका लागि जनसेना खटाउन अनुमति दिने भनिएपछि सभासद र मन्त्री भइसकेपछि पनि जनसेना प्रयोग गर्नुले प्रश्न जन्माएको बताए । माओवादी छापामारलाई नेपाली सेनामा सामूहिक प्रवेश गराउन खोजे आफूहरुका लागि मान्य नहुने स्पष्ट पारे ।

जनमोर्चा नेपालका कार्यवाहक अध्यक्ष लिलामणि पोखरेलले संविधान निर्माणमा दलहरु केन्द्रित नभएको बताउँदै तत्काल संविधान निर्माण मस्यौदा समितिलाई पूर्णता दिएर, बनाएर काम अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । मन्त्रीहरुको विदेश भ्रमणको उपयोगिता र आवश्यकताको अध्ययन गरिनुपर्नेमा उनको जोड थियो । सरकारको बोली र व्यवहारमा फरक आउन थालेको बताउँदै उनले त्यसको आलोचना गरे ।
  मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य रामजनम चौधरीले हतियार लिएर सदनभित्र प्रवेश गर्ने माओवादी शैलीले आशंका जन्माएको बताउँदै माओवादीमा हतियारको राजनीति गर्ने संस्कार कायमै रहेको आरोप लगाए । चौधरीले भने- 'हतियार बोकेर सदनभित्र जानेमाथि कारबाही हुनुपर्छ ।' संविधान निर्माणमा दलहरुबीच समिति गठनमै गतिरोध हुनुले राम्रो संकेत नगरेको बताए । उनले भने- 'सबै पक्षले लचकता प्रदर्शन गरेर संविधान निर्माणमा जुट्नुपर्छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®