Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दशैंको मुखमा महंगीको मार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Minister Rajendra Mahato. Photos: Sitaram

काठमाडौँ, September 30, 2008- दशैं प्रत्येक नेपालीहरुको घरको ढोकैमा आइपुगेपनि पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक बस्तुको अभाव अझ चुलिदो छ भने बजार भाउपनि आकासिएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री राजॆन्द्र महतोलेपनि कालाबजारी र भ्रष्टहरुले उपभोग्य सामाग्रीको कृत्तिम अभाव सृजना गरेको बताउँदै छानी छानी कारबाही गर्ने चेतावनी दिएका छन् ।

यो आपूर्तिमन्त्रीको साँच्चिकैको चेतावनी हो या धक्कूमात्र, त्यो भने चेतावनीलाई व्यवहारमा उतार्न उनले भोलिदेखि के कस्ता कार्वाही चाल्छन् भन्ने कुराबाटै हेर्नुपर्ने भएको छ । यद्यपी मन्त्री महतोले भने दशैंको मुखमा जनतामाथि समस्या थोपर्नेहरुलाई छूट नदिने दावी गरेका छन् ।

'सरकारले दैनिक उपभोग्य सामाग्रीको नियमित आवश्यकताभन्दा निकै बढी आपूर्ति गरेको छ' रिपाटस्र क्लवमा आयोजित कार्यक्रममा मन्त्री महतोले भने- 'अझैपनि अभाव छ भन्दा आश्चर्य लागिरहेको छ अब बजारको अनुगमन गरेर कारबाही गर्छु ।' कालाबजारी र भ्रष्टाचारीलाई कुनै हालतमा छूट नदिने बताउदै उनले कृत्तिम अभाव सृजना गर्न लागेका पेट्रोलियम पदार्थ, ग्याँस डिलर वा जो कोही व्यापारीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन् । उनले सरकारको अभियानमा सहयोग पुर्याउन आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।

मन्त्री महतोले नियमित रुपमा ४ सय ६० मेट्रीकटन ग्याँस आवश्यक पर्नेमा ५ सय ५० मेट्रीकटन आयात गरिएको दावी गरेका छन् । ४० हजार मेट्रीकटन चिनी नेपाल भित्रिइसकेको दावीपनि उनको थियो । 'उपभोक्ताहरुमा पछि अभाव हुने हो कि भन्ने संसयले गर्दा अहिल्यै जम्मा गरेर राख्ने प्रबृति बढेको छ' उनले भने- 'अहिलेको अभावको कारण यही हो ।' भारतबाट पर्याप्तमात्रामा चिनीको आपूर्ति भएपछि त्यसको मूल्य केही घट्ने खुलासासमेत उनले गरेका छन् । उपभोक्ता आफैं सचेत र सजग भएमा कालाबजारीहरु आफै निरुत्साहित हुने उनको कथन छ ।

'दशैंकोलागि काठमाडौं ल्याइने भेडा,च्याङग्रा आयातमामात्र होइन ग्याँसमासमेत घूसखोरी भएको छ नि ?' भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने- 'घूसखोरीमा लाग्ने कर्मचारीले छूट पाउनेछैनन् सरकार कारबाहीका लागि तयार छ, त्यस्ता घुषखोरहरु र भ्रष्टाचारीहरुलाई जनताले सामाजिक रुपमा बहिष्कार गरेर निरुत्साहित पार्नुपर्छ, नेपाली समाजमा भ्रष्टाचार र कालाबजारीको रोग सल्किएकाले त्यसलाई सबै मिलेर नियन्त्रण गर्ने अभियान थाल्नुपर्छ ।' सरकारले नियमित अनुगमनलाई प्रभावकारी बनाएर कालाबजारी र मिसावटमा लाग्नेमाथि कडा काराबाहीको नीति बनाएको बताए ।
 
पेट्रोलियम पदार्थको आपूर्तिकर्ता नेपाल आयल निगमले अहिलेपनि मासिक ३८ करोड घाटा बेहोरिरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा विगतमाभन्दा केही राहत पुगेपनि घाटा व्यहोरिरहनुपरेकाले तिहारलगत्तै मूल्य समायोजन गर्ने बताए । 'अन्तर्राष्ट्रिय बजारभाऊ अनुसार मूल्य समायोजनको ठोस नीति तयार भइसकेको र तिहारबाट लागू गरिनेछ' मन्त्री महतोले भने- 'मूल्य समायोजनपछि कहिल्यैपनि अभावको महशुश गर्नुपर्ने छैन ।'


Jyoti Baniya. Photo: Sitaram

मन्त्री यादवले पेट्रोलियम पदार्थको आपूर्ति अब सहज हुने र मूल्य घट्ने बताएपनि उपभोक्ताहरु भने पत्याउन तैयार छैनन् । जस्तो कि उपभोक्ता मन्‍च नेपालका महासचिव ज्योति बानियांको आरोप छ- 'बजारमा कृत्तिम अभाव सृजना गर्न मन्त्रीहरुको भ्रष्ट नियत नै जिम्मेवार छ ।' मन्त्री महतो उपस्थित कार्यक्रममा महासचिव बानियाले भने- 'कालाबजारीबाट कमिशन लिने मन्त्रीहरुको प्रवृत्तिले बजारमा कृत्तिम अभाव सृजना हुनेगरेको छ ।' उपभोक्ताहरु सशक्त रुपमा प्रस्तुत भएर अनियमितताको विरुद्ध संगठित हुनुपर्ने बताउँदै महासचिव बानियाले वाणिज्य मन्त्रीको अध्यक्षतामा गठन भएको उपभोक्ता संरक्षण परिषदको बैठक विगत दुई वर्षयता नबसेको बताए । 'सरकारी निकाय अनियमिततालाई कति बढावा दिन चाहन्छ भन्ने यसबाट प्रष्ट भइसकेको छ' महासचिव बानियाले ठोकुवाका साथ भने- 'जनताको फायलमा भन्दा कमिशनको फायलमा मन्त्री र उच्च सरकारी अधिकृतहरुको आखां जाने गरेको छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®