Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

डम्फुको तालमा बोष्टने नेपाली नाँचे


Tamang girls performing Tamang Selo dance at the Damphu Sanjh. Photos: Bijaya Tamang.

बोष्टन, May 26, 2008-२५५२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा बोष्टन तामाङ समाजको आयोजनामा अमेरिकाको म्यासाचुसेट्स स्टेट स्थित ३० एसेम्वली स्क्वायर ड्राईभ समरभिल सिटीको गुड टाइम हलमा डम्फु साँझ कार्यक्रम सम्पन्न भयो ।


Tamang Lama performing puja at the event.

बोष्टन तामाङ समाजले विगत दुई बर्षदेखि बोष्टनमा तामाङ संस्कृतिलाई सम्बर्धन गर्ने उदेश्यले उक्त कार्यक्रम गर्दै आएको छ । विदेशमा बसेर पनि यस्ता कार्यक्रम आयोजना गर्नु विदेशमा रहनुभएका नेपाली दाजुभाइहरुलाई एकत्रित गरी नेपाली संस्कृतिको जर्गेना गर्दै दर्शकहरुलाई मनोराजन प्रदान गर्नु उक्त कार्यक्रमको उद्धेश्य रहॆको कुरा बोष्टन तामाङ समाजका अध्यक्ष प्रेम तामाङले बताउनु भयो ।

'नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले शान्तिको लागि निःस्वार्थ भावना, त्याग र बलिदान गर्नुपर्ने सन्देश प्रवाह गर्नुभएको थियो र आज पनि विश्वले उक्त सन्देशको कदर गर्दैआएको छ ।' अध्यक्ष तामाङले स्वागत मन्तव्य दिने क्रममा बताउनुभयो ।


Saraswati Gurung, Pushpa Gurung and Venessa Rai.

विभिन्न मनोराजनात्मक सांस्कृतिक कार्यक्रमहरुको साथमा चर्चित पप गायक राजु लामाको प्रस्तुतिले दर्शकहरुमा उत्साह छाएको थियो भने न्युयोर्कबाट आउनुभएका धरमवीर लामाको जादुले दर्शकहरुलाई अचम्मित बनाएको थियो । कार्यक्रममा राई समाज बोष्टनको सहयोगमा राई संस्कृति झल्काउने नृत्य सोइ सोइ ढोले र शेर्पा समाज बोष्टनको तर्फबाट शेर्पा नृत्य प्रस्तुत गरिएको थियो ।


Prabina Rai and her  friends performing Sakela dance.

त्यस्तै कनेक्टीकटका जोनी योन्‍जनले तामाङ सेलो गाउनु भएको थियो भने अमेरिका तामाङ सोसाइटी न्युयोर्कको तर्फबाट तामाङ सेलो नृत्य, लोक नृत्य र गीत प्रस्तुत गरिएको थियो । बोष्टन स्थित कलाकारहरुले भने लोक तथा मिश्रित नृत्यहरु र गीत प्रस्तुत गरेका थिए। । उक्त कार्यक्रमको संचालन उत्तम बाबु श्रेष्ठ र सुश्री पूजा लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।


Prashant Tamang and Ila Lama.

कार्यक्रमको अन्त्यतिर बोष्टनस्थित नर्थस्र्टन युर्निभरसिटीबाट हालसालै मास्र्टस डिग्री इन जोग्राफिकल इन्फरमेसन सिस्टम मेजरमा सर्वेात्कृष्ट अंक ल्याई उक्त युर्निभरसिटीबाट एकेडेमिक एक्सीलेन्सी एवार्ड २००८ प्राप्त गर्नु भएका कार्यक्रम संचालक उत्तम बाबु श्रेष्ठलाई अध्यक्ष प्रेम तामाङले बोष्टन तामाङ समाज र ग्रेटर बोष्टन नेपाली कम्युनिटीको तर्फबाट खाता लगाई उहाँको सफलताको कदर तथा प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष इन्द्रबहादुर तामाङ, नेपाल अमेरिका जनजाती मंचका अध्यक्ष नेत्र दराई, समरभिल महिला आयोगकी डाइरेक्टर श्रीमती सोन्जा दराई, समरभिल सिटि केयर प्रीभेन्सनका डाइरेक्टर टयामी रोचा, ग्रेटर बोष्टन नेपाली कम्युनिटीका उपाध्यक्ष जाङबु शेर्पा, संयुक्त राष्ट्रसंघका लागि नेपाली सेनाका सैनिक प्रतिनिधी महासेनानी देबेन्द्र मेधासी, तमु समाज बोष्टनका अध्यक्ष सुन्दर गुरुङ, तामाङ सोसाइटी अफ अमेरिकाका लागि कनेक्टीकटका प्रतिनिधि जोनी योन्‍जन, शेर्पा समाज बोष्टनका अध्यक्ष काजी शेर्पा, युनाईटेड किरात राई एशोसियशनका अध्यक्ष शिवकुमार राई, युनाईटेड किरात राई एशोसियशन न्यू ईङ्गल्याण्ड च्याप्टरकी अध्यक्ष श्यामाकुमारी राई र सान्फ्रान्सिस्को, क्यालिफोर्नियाबाट शेरबहादुर लामा उपस्थित हुनुहुन्थ्यो ।

करीब ४०० नेपालीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

-बिजय तामाङ (Bijay Tamang), Boston, Massachusetts, USA


Ashish Lama, Shiddharth Tamang, Roshan Tamang Mima Bal.


Dancers Erika Pun Magar, Jessica Pun Magar and Osin Ghimire.


President of Tamang Society of Boston Prem Tamang.


Dharambir Lama performing his masic show.


Dancers Alisha Pradhan and Sonam Sherpa.


Singers Sanjog Yonjan and Goma Gurung.


Jenny Lalchan Budhathoki performing Belly dance. Photos: Bijay Tamang
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®