
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माले नेता सीपी मैनालीलाई पार्टीबाटै निश्कासन
गरिएको दावी
काठमाण्डौं, November 13, 2008- संविधान सभा सभासद सिपी मैनाली महासचिव
रहेको नेकपा माले फेरि विभाजनको संघारमा पुगेको छ ।
पार्टी भित्रकै एक समूहले राजधानीमा पत्रकार सम्मेलन गरी महासचिव सीपी
मैनालीलाई पार्टीबाटै निश्कासन गरिएको दावी गरेपछि सो पार्टी विभाजनको
संघारमा पुगेको हो । मैनालीले कम्यूनिष्ट आन्दोलनलाई धोका दिएको, कांग्रेस
र दरबार परस्त भएको, पार्टी हित विपरीत मनोमानी गरेको, वाम एकता विरोधी काम
गरेकोले निष्काशन गरिएको असन्तुष्ट समूहका नवराज शर्माले बताएका छन् ।
मैनालीलाई निकालेको घोषणा गरी तत्कालका लागि नवराज शर्मा, राम आचार्य,
दिनेश पन्थी, होमकुमारी खापुङ, पदम भण्डारी लगायत १२ जना रहेको केन्द्रीय
संयोजन समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
असन्तुष्ट समूहले आफूहरुलाई मालेका वरिष्ठ नेताहरु जगतबहादुर बोगटी,
वीरेन्द्र थपलिया, विष्णु अर्याल, भगवती घिमिरे, जनक कुमारी चालिसे र
यदुवंश झा रहेको दावी गरेका छन् । तर समूहको दावी विपरीत पार्टी नेतृ जनक
कुमारी चालिसेले आफुसँग सल्लाह नै नगरी कुनै समूहको समर्थन गर्ने भनेर
आफ्नो नाम हालेको भन्दै आपत्ति जनाइकी छन् । स्रोतकाअनुसार मैनाली विरोधी
समूहले नेकपा माओवादीसँग पार्टी एकीकरणको प्रयास गरेकोमा मैनाली पक्ष सहमत
नभएपछि विवाद बढेको हो । मैनाली विरोधी भनेर चिनिएको समूह नेकपा माओवादीमा
प्रवेश गर्ने तयारीमा रहेको उक्त स्रोतको दाबी छ । तर मैनाली पक्षधरले सबै
गलत भएको भन्दै असन्तुष्टहरुलाई कारवाही गर्ने बताएको छ ।
-Santa Bagam in Kathmandu
|
|