Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपराष्ट्रपति झाको विरोध प्रदर्शनहरुले देशव्यापी रुप
झाको सपथ विरुद्ध सर्वोच्चमा रिट


Nepalese students protesting against the oath taken in Hindi by Vice-President Paramanda Jha. Photo: Smita Magar. Inset photo of Jha by Santa Bagam

काठमाडौं,  July 26, 2008- हिन्दी भाषामा शपथ लिएपछि विवादास्पद बनेका उपराष्ट्रपति परमानन्द झाको विरोधमा भएका प्रदर्शनहरुले देशव्यापी रुप लिएको छ ।

पहाडी समुदायका मानिसहरुलेमात्र होइन स्वयं मधेशीहरुलेसमेत उनले हिन्दी भाषामा लिएको शपथको विरोध गरेका छन् । झापा, विराटनगर, सर्लाहीदेखि पश्चिमी मधेशका जिल्लाहरुमा समेत उपराष्ट्रपति यादवका पुत्लाहरु जलाइएका छन् ।

नेपाली कांग्रेस र एमालेको मत पाएर विजयी बनेका फोरम उम्मेदवार झाले हिन्दीमा शपथ लिइएको घटनाको सम्बन्धमा कांग्रेस र एमालेले औपचारिक रुपमा केही नबोलेपनि उनीहरुका पार्टीका कार्यकर्ताहरुले भने आक्रोस व्यक्त गरिरहेका छन् । माओवादीले भने हिन्दीमा शपथ लिइएकोमा भत्स्रना गर्दै सो घटनालाई नेपाली राष्ट्रियता खतरामा परेको कुराको संकेतको रुपमा लिएको छ । शुक्रबार माओवादी प्रबक्ता कृष्णबहादुर महराले त्यसको विरोध गरेका छन् ।

पोखरामा विद्यार्थीहरुले उपराष्ट्रपति झाले हिन्दीमा शपथ लिएको कुराको सांकेतिक विरोध स्वरुप नेपाली बर्णमाला किनेर जिल्ला प्रशासन कार्यालयमार्फत् उपराष्ट्रपति झालाई पठाएका छन् । जिल्ला जिल्लामा प्रदर्शनकारीहरुले उनले सारा नेपालीका सामु माफी माग्नुपर्ने वा उपराष्ट्रपति पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवले भने मधेशीहरुको सम्पर्क भाषा हिन्दी भएको बताउँदै उनले हिन्दीमा सपथ लिनु स्वभाविक भएको बताएका छन् ।
 

Photo: Smita

हिन्दीमा शपथ लिएको घटनाले कस्तो विस्फोटक रुप लिएको छ भने राजधानीमा भएको प्रदर्शनका कारण उपराष्ट्रपति झा पहिलो दिन कार्यालय जान सकेनन् । दिनभरि जसो काठमाडौंका सडकमा प्रदर्शनकारीहरुले टायर बाल्दै सडक अवरुद्ध पारेका कारण उनी पहिलो दिन कार्यालय जान नसकेका हुन् । राष्ट्रपति र उपराष्ट्रपतिले बुधबार शपथ लिएपछि विहीबार सार्वजनिक विदा दिइएको थियो ।


Photo: Sitaram Baral

उपराष्ट्रपति झाको सपथ विरुद्ध सर्वोच्चमा रिट


यसै बिच, हिन्दी भाषामा सपथ ग्रहण गरेदेखि नै व्यापक आलोचना खेप्दै आएका नव निर्वाचित उपराष्ट्रपति परमानन्द झाको विरुद्धमा साउन १० गते सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेले दायर गरेको रिटमा नेपाली भाषामा सपथ नलिएसम्म झालाई उपराष्ट्रपतिको हैसियतमा कुनै पनि कामकाज गर्नबाट रोक्ने आदेशको माग गरिएको छ ।


Photo: Smita

उपराष्ट्रपति झाले अन्तरिम संविधानको धारा ३६ को 'झ' २ को अनुसूची २ को प्रतिकुल हुने गरी सपथ लिएको न्यौपानेद्धारा दायर रिटमा दाबी गरिएको छ ।

अधिवक्ता न्यौपानेले दायर गरेको सो रिटमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति झा, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मन्त्री परिषदलाई विपक्षी बनाइएको छ ।

झा विरुद्धको रिटको पेशी साउन १२ गते आइतबारलाई तोकिएको छ ।

-Sitaram Baral and Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®