Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

सावधान ! फेरि सल्बलाउन थाले भ्रष्टहरु

काठमाडौं, April 25, 2008-सारा देश ब्यग्रता पूर्वक नयाँ सरकार र नयाँ संबिधान सभाको बैठक कुरी रहेको बेला १५ बर्षे बहुदलकालमा करोडौं कमाएर राजनीतिक पार्टि र बहुदललाई बदनाम बनाएकाहरुले फेरि सोही क्रमलाई निरन्तरता दिन खोज्दैछन् ।

ती भ्रष्टहरुको ध्यान आफ्‍ना पुराना गल्ती सच्याएर नयाँ नेपाल बनाउने होइन फेरि राजनीतिक अस्थिरता सिर्जना गर्नेमा केन्द्रित हुन थालेको छ । सरकार र संविधान मिलिजुली बनाउन र नयाँ नेपालको निर्माण गर्न सबै पार्टीलाई जनताले दिएको जनादेशको उपेक्षा‍ गर्दै उनीहरु आगामी राजनीतिलाई फेरि अस्थिर बनाउन टुप्पीदेखिको बल निकालेर सकृय हुँदैछन् ।

विहीबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य गोविन्दराज जोशीले एक अनौठो प्रस्ताव राखे । उनको प्रस्ताव थियो- 'सरकार गठन गर्न दुई तिहाई बहुमत चाहिन्छ । तर माओवादी ठूलो पार्टीको रुपमा मात्र स्थापित भएको छ उसँग दुई तिहाई मत छैन । त्यसैले माओवादीसँगको सरकारमा नेपाली कांग्रेस जानुपनि हुँदैन । र माओवादीलाई सरकारमा जान दिनुपनि हुँदैन । माओवादी नेतृत्वको सरकारमा अरु पार्टी नजाने वातावरण सिर्जना गर्नतिर लागि हाल्नुपर्छ ।'

जोशी तिनै पात्र हुन् जसले गृहमन्त्री र शिक्षामन्त्री हुँदा करोडौं कमाए । तनहुँको मानेचौकाको एउटा गरिव परिवारका जोशी ०४८ मा सांसद र मन्त्री भएपछि तनहुँको दमौलीमामात्र होइन काठमाडौंमा समेत भव्य महलहरु बनाए । अमेरिकामासमेत उनको पेट्रोलपम्प रहेको बताइन्छ । पार्टीबाहिरमात्र होइन पार्टीभित्रपनि उनको छवि भ्रष्टाचारीकै रुपमा छ । दुई वर्षअघि सम्पन्न कांग्रेसको एघारौं महाधिवेशनमा उनी यही कारण केन्द्रीय सदस्यमा हारेका थिए ।

पार्टीभित्रको आन्तरिक चुनावमा हारेका जोशीलाई कांग्रेसले संविधान सभाको चुनावमा तनहुँ- १ बाट उम्मेदवार बनाएपछि उनले जित्ने सम्भावना थिएन । उनका विरुद्ध पार्टीकै विद्रोही उम्मेदवार उठे । चुनाव प्रचारमा जाँदा उनी गाउँ-गाउँमा बहिस्कृत भए । चुनावी परिणाममा उनी निकटतम प्रतिद्धन्दीसमेत हुन सकेनन् । उनलाई पराजित गरेका माओवादी उम्मेदवार सुरेश आले मगरको प्रतिद्धन्दी एमालेका एकबहादुर राना मगर भए । जोशी तेश्रो स्थानमा पुगे । उनको पराजयमा कांग्रेसकै कार्यकर्ता समेत खुसी भए ।

भ्रष्टाचारीकालागि सबैभन्दा सुनौलो मौका राजनीतिक अस्थिरता बेला हुँदो रहेछ । जोशी फेरि विगतकै जस्तो अस्थिरताको खोजीमा छन् । जनादेश पाएको माओवादीलाई सरकार बनाउन होइन अपवित्र गठबन्धनद्धारा जनअनुमोदित शक्तिलाई सरकार बाहिर राख्ने, राजनीतिक अस्थिरता सिर्जना गर्ने र त्यसको फाइदा आफूले लिनेतर्फ जोशी लगायतको ध्यान केन्द्रित हुन थालेको छ । उनले राजतन्त्रको वकालत गर्दै आएका छन् । आफ्‍नो भ्रष्ट कृयाकलापका कारण आफै रसातलतिर लागेका उनी आफूसँगै पार्टी र देशलाई समेत रसातलतिर पुर्याउन खोज्दैछन् ।

Govindaraj Joshi. Photo courtesy: NepalCongress.Org

-Vivek Baral in Kathmandu





































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®