काठमाडौँ, September 21, 2008- विषयगत र नियमित समितिमा
प्रतिनिधित्व र मताधिकारमा सहमति जुटाउन नसकेपछि संविधान सभा नियमावली
मस्यौदा समितिको असोज ५ गतेको बैठक पनि विना निस्कर्स टुङगीएको छ ।
बैठकमा बिषयगत र नियमित गरी अलग अलग समिति गठन र दलगत ह्विप लाग्ने विषयमा
टुङगो लागे पनि दुवै समितिमा एकै सभासद रहन पाउने नपाउने विषय बिवादित नै
रहेकोले बैठक विना निस्कर्स टुङगेको समिति सदस्य सुनिल प्रजापतिले जानकारी
दिएका छन् ।
बैठकमा साना दलहरुले सबै खाले समितिमा आफ्नो प्रतिनिधित्व रहनु पर्ने अडान
कायम राखेका थिए ।
बिबादित बिषयमा सहमति जुटाई नियमावलीलाई अन्तीम रुप दिन समितिको बैठक भोली
विहान आठ बजे पुन: बस्ने कार्यक्रम रहेको छ ।
समयमै नियमावली बन्न नसक्दा संविधान सभा बैठक र संविधान निर्माण प्रकृया
प्रभावित बनेको छ । संविधान निर्माणको दृष्टिकोणले सबै भन्दा महत्वपूर्ण
संविधान मस्यौदा समिति निर्माणको लागि नियमावली बन्नु अनिवार्य छ ।