|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"कांग्रेसमा अझै भावनात्मक एकता छैन"-
नेकां का. सभापति सुशील कोइराला काठमाडौँ, September 25, 2008- कांग्रेस एक भएको एक बर्ष पछि पनि कांग्रेसमा अझै भावनात्मक एकता नभएको नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले बताएका छन् । कोइरालाले कांग्रेसमा अहिलेपनि व्यापक रुपमा गुटबन्दी रहेको र गुटबन्दीको क्रम अझै बढिरहेको खुलासापनि गरेका छन् । नेविसंघ मध्यपश्चिम सम्न्वय समितिद्धारा विहीवार राजधानीस्थित शंकरदेव क्याम्पसमा आयोजित दसैं-तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक सभापति कोइरालाले उपरोक्त कुरा बताएका हुन् । सम्बोधनका क्रममा उपसभापति कोइरालाले काँग्रेस भित्र योग्यता र योगदान भन्दा पनि नातावाद र चाप्लुसीवादले प्रसय पाएको बताए । पार्टीमा रहेका गुट-उपगुटको अन्त्य हुनुपर्ने बताउँदै कोइरालाले नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी तरुण युवा तथा विद्यार्थीहरुमा आएकोपनि बताएका छन् । कार्यक्रममा कांग्रेसका सभासद् पूर्णबहादुर खडकालेपनि बोलेका थिए । स्मरणीय छ, कांग्रेसमा कोइरालामाथि नै सबैभन्दा बढि गुटबन्दी गरेको आरोप लाग्दै आएको छ । संविधानसभामा काँग्रेसको लज्जास्पद पराजयको पछाडि पार्टी भावनात्मक एकता हुन नसक्नुलाई पनि कारण मानिएको छ । गत वर्ष असोज ७ गते गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली काँग्रेस र शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेसवीच एकता भएको थियो । संविधानसभा निर्वाचनमा बढी देउवा समूहको वचश्र्य भएको चर्चा चली रहँदा उनको यस्तो भनाई सार्वजनिक भएको हो । पार्टीमा रहेका गुट उपगुटको अन्त्य हुनुपर्ने कार्यबाहक सभापति कोइरालाको जोड थियो । उनले पार्टीलाई सुदृढ तुल्याउन साँगठनिक अभियान तीव्र पारिने उल्लेख गरे । -Santa Bagam & Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||