Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार बनाउने नबनाउने बिषयमा कांग्रेस दुई चिरा

काठमाडौं,  July 27, 2008- प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायतका एक समूह सरकारमा जाने तयारीमा लागिरहँदा अधिकांश केन्द्रिय सदस्यहरु भने यसको विपक्षमा देखिएका छन् ।

साउन ११ गते बसेको काँग्रेस केन्द्रीय समितिको वैठकमा वोल्ने धेरै जसो नेताहरुले सबैभन्दा ठूलो दलको हैसियतले नेकपा माओवादीलाई नै सरकारको नेतृत्व गर्न दिनु पर्नेमा जोड दिएका हुन्‌ ।

काँग्रेस प्रवक्ता अजुर्न नरिसं केसीका अनुसार धेरै नेताले काँग्रेस प्रतिपक्षमा बसेर संविधान निर्माणमा सघाउनु पर्छ भन्ने सुझाव दिएका थिए ।

नेपाली कांग्रेसका बौद्धिक केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वमा सत्ता लिप्सा चरम रुपमा प्रकट भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । शनिवार बिहान बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा उनीहरुले नेतृत्वको आलोचना गरेका हुन् । केन्द्रीय सदस्यद्धय नरहरि आचार्य र सुप्रभा घिमिरेले यस्तो आलोचना गरेका थिए ।

संविधान सभा चुनावमा कांग्रेसको पराजय र माओवादी नेतृत्वमा सरकार बन्ने स्थिति सिर्जना भएपछि प्रधानमन्त्री कोइरालाले प्रतिपक्षमा बस्ने निर्ण्रय गरेका थिए । तर राष्ट्रपतीय निर्वाचनमा कांग्रेस, एमाले र फोरमको गठबन्धन बनेपछि कोइराला आफै प्रधानमन्त्री बनेर सरकारमा जाने निर्णयमा पुगेका छन् ।

तर सबैभन्दा ठूलो दलको रुपमा माओवादी देखिएकाले सरकारको नेतृत्व माओवादीलाई नै गर्न दिनुपर्ने धारणा शनिवारको बैठकमा आचार्य र घिमिरेले राखेका थिए । उनीहरुको भनाई थियो- 'सरकारमा नजाने बरु प्रतिपक्षमा बस्ने निर्णय पहिल्यै भैसकेको छ । यो स्थितिमा हामी कसरी सरकारमा जान मिल्छ ?'

उनीहरुले सरकारमा जानुको सट्टा प्रतिपक्षमा बसेर गुण र दोषको आधारमा माओवादी सरकारको समर्थन र आलोचना गर्नुपर्ने, संविधान निर्माणमा सहयोग पुर्याउनुपर्ने धारणापनि राखेका थिए । अन्य केन्द्रीय सदस्यहरुलेपनि संविधान सभा निर्वाचनमा पार्टीको हारले संगठन कमजोर भएको बताउँदै सरकारमा जानुको साटो पार्टी संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उपसभापति रामचन्द्र पौडेलले एजेण्डा प्रस्तुत गरेपछि मानवहादुर विश्वकर्मा, विनयध्वज चन्द, उमा अधिकारी, सुनिल भण्डारी लगायतका नेताहरुले बोलेका थिए ।
वैठकमा काँग्रेस महाधिवेशनको पनि माग आएको थियो । काँग्रेसको अर्को वैठक साउन १३ गते विहान ८ बजे पुन: बस्ने भएको छ ।

-Santa Bagam and Vivek Baral in Kathmandu


   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®