|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेसलाई बिद्रोह गरेर देखाउन चुनौति काठमाण्डौं, October 21, 2008- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रैसलेपनि हतियार उठाएर विद्रोह गर्ने चेतावनी दिएका दुई दिन नबित्दै गृहमन्त्री बामदेव गौतमले कांग्रेसले विद्रोह गर्नै नसक्ने ठोकुवा गरेर पौडेलमाथि चुनौति थपिदिएका छन् । गौतमले विद्रोह गर्ने इतिहास कांग्रेसले गुमाइ सकेकाले जनविद्रोह गर्ने हैसियत नरहेको दाबी गरेका हुन् । आइतबार संविधान सभाको बैठकमा बोल्दै कांग्रेस उपसभापति पौडेलले माओवादीले सम्झौताहरु पालना नगरेको बताउँदै कांग्रेसले सम्झौता पालना गराउन हतियार बन्द विद्रोह गर्ने चेतावनी दिएका थिए । पौडेलको यस्तो अभिव्यक्ति आउनासाथ माओवादी सभासद् झक्कुप्रसाद सुवेदीले जनताको समर्थन प्राप्त हुने भए बिद्रोह गरेर र सफल पारेर देखाउन चुनौति दिएका थिए । आफूलाई गान्धीबादी बताउँदै हतियारबन्द संघर्षको विरोध गर्दै आएका कांग्रेस उपसभापति पौडेलको सो अभिव्यक्तिले नेपालको राजनीतिमा सानो-तिनो तरङ्ग नै सिर्जना गरेको छ । तर १२ बर्ष सत्तामा रहेका बेला बदनामी कमाएकाले कांग्रेसले सशस्त्र संघर्ष वा कुनैपनि प्रकारको विद्रोहको नेतृत्व गर्न नसक्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले बताएका हुन् । शान्ति प्रकृया अहिले बीचमै रोकिएको बताउँदै गृहमन्त्री गौतमले शान्ति सुरक्षामा क्रमिक सुधार भएको दाबी गरेका छन् । उनले युथ फोर्स र वाइसीएल जस्ता पार्टीका भातृ संगठनहरु रुपान्तरण गर्नु जरुरी रहेको बताउँर्दै दलका भारतृ संगठनहरुले सरकारी कार्यालयमा छापा मार्नु र प्रहरीको काममा हस्तक्षेप गर्नु कानुन विपरीत हुने भएको स्मरण समेत गराएका छन् । यसै हप्ता एमाले सम्बद्ध युथ फोर्सले वीरगन्जको एक सरकारी कार्यालयमा छापा मारेको थियो । उपप्रधानमन्त्री गौतमले भ्रस्टाचार नियन्त्रण गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाले सानादेखि ठूला कर्मचारीसम्मलाई छानबीन समिति बनाएर कार्बाही हुने बताएका छन् । एमाले स्थायी समिति सदस्य समेत रहेका गौतमले अब एमालेका पछाडि पुच्छर नराख्ने बताए । 'पुच्छर त शुरुमा मान्छेको पनि थियो त्यो हट्यो र अब पार्टीको पनि हट्नेछ' गौतमले रोचक पाराले भने- 'सबै कम्यनिष्ट एक भएर पार्टी एकता गर्नुपर्छ ।' कांग्रेसले विस्थापितको पुर्नस्थापना, कब्जा गरिएका जग्गाको फुकुवा लगायतका राखेको मागप्रति समर्थन गर्दै उनले सरकार यसबारेमासमेत गम्भीर रहेको बताए । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||