|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तीन दलद्वारा न्यूनतम साझा कार्यक्रममा
हस्ताक्षर![]() Promise by Three Big: UML Gen. Sect. Jhalanath Khanal, Prime Minister and CPM-Maoists Chair Prachanda and MJF Chair Upendra Yadav. Photos: Santa काठमाडौं, August 22, 2008- संयुक्त सरकार सन्चालन गर्न सहमत भएका नेकपा माओवादी, एमाले र मधेशी जनअधिकार फोरमले न्यूनतम साझा कार्यक्रममा भदौ ५ गते हस्ताक्षर गरेका छन् । उनीहरुले मन्त्रीले पालना गर्नु पर्ने आचार संहिता, सरकार सन्चालनका विधि तथा मान्यता र सरकार सन्चालनमा सहयोग पुर्याउन समन्वय समिति गठनसम्बन्धी दस्तावेजमा समेत हस्ताक्षर गरेका छन् । तीन दलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा भनिएको छ -'संविधानका आधारभूत सिद्धान्त तय गरी साझेदारी र सहमतिको मान्यता अनुरुप आगामी दुई वर्ष भित्र नयाँ संविधान निर्माणको काम सम्पन्न गरिनेछ ।' प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले महासचिव झलनाथ खनाल तथा फोरम अध्यक्ष उपेन्द्र यादवद्धारा हस्ताक्षरित उक्त न्यूनतम कार्यक्रममा राष्ट्रियता, राष्ट्रिय एकता, दिगो शान्ति तथा शान्ति सुरक्षाको प्रत्याभूति, ६ महिना भित्र माओवादी लडाकु समायोजन जस्ता कुरा समावेश गरिएको छ । पाँच मूख्य शीर्षक तथा पचास बुँदा रहेको सो न्यूनतम साझा कार्यक्रममा आर्थिक र समाजिक रुपान्तरण, राहतको व्यवस्था तथा शान्तिकालमा सेनालाई विकास निर्माणमा लगाइने कुरा समेत उल्लेख गरिएको छ । मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहितामा साझा कार्यक्रमा प्रतिबद्ध हुनु पर्ने पद बहाली र पदबाट मुक्त हुँदा सम्पत्ति सार्वजनिक गर्नु पर्ने, मन्त्री पदमा वहाल छँदा आफू र परिवारको हितमा कुनै किसिमको अनुचित लाभ लिन नपाउने, महङ्गा उपहार अस्विकार गर्ने र मन्त्री परिषदमा विवाद भएमा राजनीतिक समन्वय समितिसँग परामर्श लिने जस्ता कुरा समेटिएका छन् । |
|
![]() संयुक्त सरकारलाई अगाडि बढाउन राजनीतिक सहमती जुटाउन तथा नीति निर्णय लिने काममा सहयोग पुर्याउन सरकारमा सहभागी दलहरु सम्मिलित राजनीतिक समन्वय समिति बनाउने भएको छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||