|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालका कमरेड प्रधानमन्त्री प्रचण्डलाई चिनिया
कमरेड प्रधानमन्त्रीको बधाई बधाई पठाउने होडबाजीमा भारत र अमेरिका सबैभन्दा अगाडि काठमाडौं, August 17, 2008-
माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिनेहरुबीच होडबाजी नै
चलेको छ । माओवादी नेतृत्वको सरकारको विपक्षमा देखिएका भारत र अमेरिका यो
होडबाजीमा सबैभन्दा अगाडि देखिए । तर माओको देश चीनले भने शनिवारमात्र
माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएको छ ।अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको तीन मिनेटभित्रै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई सन्देश पठाएका थिए । आधा घण्टाभित्र अमेरिकी राष्ट्रपतिको बधाई आइसकेको थियो । यसैगरी एक घण्टाभित्र यूरोपेली यूनियनले प्रचण्डलाई बधाई दिइसकेको थियो । नेपालको इतिहासमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि महत्वपूर्ण राष्ट्रहरुबाट यति छिटो बधाई प्राप्त भएको सम्भवत: यो पहिलो पटक हो । आफ्ना परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र अमेरिकाले बधाईमा आफूलाई उछिनेपछि चीनलेपनि शनिवार प्रचण्डलाई बधाई दिएको छ । जानकारहरुका अनुसार प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट बधाई दिएपनि चीनलेपनि आफ्नो पुरानो परम्पराविपरित निकै छिटो बधाई सन्देश पठाएको छ । अरु बेला हप्ता दिनभित्रमा यसरी बधाई सन्देश आउने गर्थ्यो । चिनिया प्रधानमन्त्री वेन जियावाओले बधाई सन्देश पठाएका छन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलेपनि प्रचण्डलाई बधाई दिएका छन् । राष्ट्रपति डा. रामबरण यादवले पनि भट्टराईको तर्फबाट करिव तीन हप्तापछि बधाई पाएका छन् । भट्टराईले आफू राजावादी भएपनि बहुमत जनताको तर्फबाट गणतन्त्र आएकाले आफूले बधाई दिएको बताएका छन् । प्रचण्डलाई भारत र अमेरिकाजस्ता कम्युनिष्ट शासन व्यवस्था विरोधी मुलुकमात्र होइन ग्रीस, टर्की, पेरु लगायतका देशका माओवादी कम्युनिष्ट पार्टीहरुलेपनि बधाई दिएका छन् । भारतको गैर माओवादी कम्युनिष्ट पार्टी भाकपा माक्स्रवादी ले समेत बधाई दिएको छ । Newly elected Prime Minister of Nepal, Prachanda (Pushpakamal Dahal). File photo: Smita -Sitaram Baral in Kathmandu |
|
![]() |
||
![]() |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||