|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको नीतिबाट चीन खुशी काठमाडौँ, September 22, 2008- चीनका लागि नेपाली राजदूत टंक कार्कीले नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्नेहरुमाथि नेपालले लिदै आएको नीतिबाट चीन खुशी भएको बताएका छन् । राजदूत कार्कीले नेपाली भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुननदिने नीति कार्यान्वयन भएबाट चिनियाँ नेताहरुले सकारात्मक धारणा राख्दै आएको बताएका छन् । 'चीनविरोधी गतिविधिविरुद्ध नेपालले चाल्दै आएको कडा कदमबाट चीन निकै खुशी छ' राजदूत कार्कीले भने- 'नेपाली भूमि आफूविरुद्ध प्रयोग नहुनेमा चीन विश्वस्त छ ।' नेपालको एक चीन नीतिनै राष्ट्रिय नीति भएबाट पनि चीनले नेपाललाई ठूलो विश्वास गरेको बताए । नेपाली भूमिबाट छिमेकीविरुद्ध गतिविधि संचालन गर्न खोज्नेहरु कुनै हालतमा सफल नहुने उनको भनाई थियो । राजदूत कार्कीले नेपाललाई चीनले खुलेर सहयोग गर्ने चाहना राखेको बताउँदै उनले भने- 'हामीले पहल गर्नुपर्छ, चीन सहयोगका लागि तत्पर छ ।' चीनले नेपालमा आर्थिक लगानीको इच्छा देखाएको उनको भनाई थियो । जलविद्युत्को विकासमा उल्लेख्य चिनिया लगानीको सम्भावना भएको र त्यसबारे कुरा अगाडि बढेको बताउँदै कार्कीले चीनले नेपालमा सहयोग गर्ने नगर्ने नेपालको नीतिमा भर पर्ने भन्दै उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । चीनसँगको व्यापार घाटा कम गर्ने, बढीभन्दा बढी सीमा व्यापारका लागि नाका खोल्ने, चिनिया लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका कार्कीले नेपालले चीनको विकास र आर्थिक नीतिबाट धेरै कुरा सिक्नसक्ने बताउँदै भने- 'राजनीतिक व्यवस्थाबाट लगानीकर्ताहरु सशंकित हुनुपर्दैन भन्ने पाठ चीनले सिकाएको छ । आजको आवश्यकता भनेको लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने हो ।' चीनजस्तो राजनीतिक र आर्थिक रुपमा उदयीमान शक्तिलाई छिमेकीका रुपमा पाउनु नेपालका लागि गर्वको विषय भएको बताउँदै चीनसँगको सम्बन्ध सुदृढ गर्न आफूले भूमिका खेल्नेपनि बताए । 'आर्थिक लगानीका सम्भावनाबारे पनि महत्वपूर्ण प्रस्ताव गरेको छ' उनले भने- 'ल्हासा हुँदै खासासम्म आइपुग्ने रेल विस्तार, विभिन्न नाका खोलेर सडक निर्माण, जलविद्युत्को विकासमा लगानी बढाउनपनि पहल गरिएको छ ।' रक्षामन्त्री रामबहादुर थापा 'बादल' को आसन्न चीन भ्रमणमा राजनीतिक र आर्थिक विषयमा छलफल हुने बताउँदै उनले भने- 'अहिलेनै सबै कुरा नभनौं रक्षामन्त्रीको भ्रमणबाट नेपालको हितमा उल्लेख्य सफलता हासिल हुनेछ ।' नेपालले प्रस्ताव राखे चीन नेपालकालागि थप सहयोगका लागि प्रतिवद्ध भएको उनको भनाई छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||