|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
प्रधानमन्त्री प्रचण्डको परिवारमा क्यान्सर रोगको श्रृङ्खला |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() ज्ञानु आफ्ना दुई छोरी सृष्टि र दृष्टिका साथ Photo courtesy: PM Prachanda family. काठमाण्डौं, November 19, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को परिवारमापनि एउटा भयानक रोगको श्रृङ्खला देखिन थालेको छ । नेपालको राजपरिवारका सदस्यहरुलाई ह्दयाघात, कोइराला परिवारका सदस्यहरुलाई क्यान्सरजस्ता रोग लागेजस्तै प्रचण्ड परिवारका एकपछि अर्का सदस्यहरुलाईपनि क्यान्सर लाग्न थालेको देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डकी जेठी छोरी ज्ञानु केसीलाई क्यान्सरले छोएको छ । पारिवारिक श्रोतकाअनुसार उनलाई स्तन क्यान्सर भएको छ । यद्यपी रोग गम्भीर स्थितिमा पुगिनसकेका कारण केही बर्षको औषधि सेवनपछि निको हुने डाक्टरहरुले बताएका छन् । ०५२ मा जनयुद्ध सुरु हुनुअघि माओवादी अध्यक्ष प्रचण्डकी आमा भवानी दाहालको क्यान्सर रोगका कारण निधन भएको थियो । आमाको निधन भएको १४ वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुनासाथ जेठी छोरी ज्ञानुलाईपनि क्यान्सर भएको पत्ता लागेको हो । बिमस्टेकको दोस्रो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा भएका बेला मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना गरिएकी गंगालाई क्यान्सर भएको पत्ता लागेको थियो । जनयुद्ध सुरु हुनु तीन वर्षअघि १५ वर्षकी ज्ञानुको अर्जुन केसी नामका माओवादी कार्यकर्तासँग पन्जावको जालान्धरमा विवाह बन्धनमा बाँधिएकी थिइन् । प्रचण्डको भूमिगत जीवनका कारण केटाकेटी सँगै राख्न अप्ठेरो पर्न थालेपछि प्रचण्ड परिवारले एक पछि अर्को गर्दै आफ्ना तीन छोरीहरुको विवाह गरिदिएका थिए । प्रचण्डका छोरीज्वाइँ अर्जुन र ज्ञानु दुवै माओवादी राजनीतिमा संलग्न छन् । अजुर्न र ज्ञानुबाट प्रचण्डको नातिनीका रुपमा दुई वटा छोरी जन्मेका छन् । ज्ञानुको कोखबाट जन्मेका मध्ये जेठी छोरीको नाम सृष्टि हो भने कान्छी छोरीको नाम सृष्टि हो । |
|
|
पिता प्रचण्ड प्रधानमन्त्री भएपछि ज्ञानु दसैंमा आमा-बुबालगायत परिवारका सदस्यलाई भेट्न काठमाडौं आएकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि भारत फर्काइएको बताइएको छ । उपचारका क्रममा पत्ता लाग्यो उनलाई क्यान्सर भएको रहेछ । प्रचण्डकी आमा भवानी दाहालकोपनि क्यान्सरले निधन भएको र अहिले जेठी छोरी ज्ञानुमापनि क्यान्सर भएपछि कतै परिवारका अन्य सदस्यहरुपनि यही रोगबाट सताइने त होइनन् भन्ने चिन्ता प्रचण्ड परिवारमा देखिन थालेको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||