|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
क्यानडा एमालेद्वारा उपराष्ट्रपति झाको कडा आलोचना -UNO बिशेष सम्बाददाता Canada, July 27, 2008- नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समितीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ- "नवनिर्वाचित प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार शपथ लिंदा नेपाली भाषाका वचनलाई जबरजस्ती हिन्दीमा अनुवाद गरेर राष्ट्र भाषाप्रति अपमान गर्नुभएको र यसले राष्ट्रिय भावनामा गम्भीर चोट पुर्याएको ठहर नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समितीले गरेको छ। राष्ट्रिय एकतालाई सवल बनाउनुपर्ने गरिमामय पदमा पुगेका झाले राष्ट्रभाषा नेपाली र मात्रृ भाषा मैथिलीलाई समेत अपमान गर्दै भारतको राष्ट्र भाषामा शपथ ग्रहण गर्नु अत्यन्त गम्भीर विषय हो भन्ने निष्कर्ष निकालेको छ।" प्रेस विज्ञप्तिको पूर्ण रुप पढ्नुहोस्: नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समितीको प्रेस विज्ञप्ति देशको वदलिदो अवस्थामा नयाँ युगको आगमन संग संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति, उपराष्ट्रपति तथा सविधान सभाध्याक्ष पदमा क्रमस: डा. रामवरण यादव, परमानन्द झा र सुभाषचन्द्र नेम्वाङ्ग निर्वाचित हुनु भएकोमा नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समिसतीको तर्फवाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं। । साथै यहाँहरुको कार्यकालमा देशमा दिगो शान्ति स्थापना तथा सम्विधान निर्वाण गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्नुहुने छ भन्ने पूर्ण अशा र विश्वास लिएका छौं । डा. रामवरण यादवको कार्यशैली र अभिव्यक्ति राष्ट्रिय एकता तथा अखण्डताका लागि उदाहरणीय रहेकोमा उच्च मूल्यांकन गर्दै उपराष्ट्रपति झालाई पनि उहाँकै पदचिन्हमा हिंड्न हार्दिक अनुरोध गर्दछौं । नवनिर्वाचित प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार शपथ लिंदा नेपाली भाषाका वचनलाई जबरजस्ती हिन्दीमा अनुवाद गरेर राष्ट्र भाषाप्रति अपमान गर्नुभएको र यसले राष्ट्रिय भावनामा गम्भीर चोट पुर्याएको ठहर नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समितीले गरेको छ। राष्ट्रिय एकतालाई सवल बनाउनुपर्ने गरिमामय पदमा पुगेका झाले राष्ट्रभाषा नेपाली र मात्रृ भाषा मैथिलीलाई समेत अपमान गर्दै भारतको राष्ट्र भाषामा शपथ ग्रहण गर्नु अत्यन्त गम्भीर विषय हो भन्ने निष्कर्ष निकालेको छ। नेपाल बहुभाषिक मुलुक रहेकोमा कसैको दुई मत छैन। सबैका मात्रृ भाषाको उचित सम्मान हुनुपर्छ भन्नेमा पनि हामी सहमत छौं। तर राष्ट्रिय गरिमायुक्त पदमा आसीन व्यक्तिले प्रथम औपचारिक समारोहमै हिन्दी भाषामा शपथ लिएर आम नेपालीको राष्ट्रिय भावनामा ठोस पुर्याउनु भएकोमा भने हामी खेद प्रकट गर्दछौं। उपराष्ट्रपति झाको यस व्यवहारका कारण मैथिल भाषी लाखौं नेपालीको भावनामा समेत चोट पुगेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण रहेको छ। राष्ट्रको गरिमामय पदमा पुगेका झा अब आम नेपालीका उपराष्ट्रपति हुनुहुन्छ। उहाँले आफ्नो कुनै पनि व्यवहारले 'म सीमित वर्गको प्रतिनिधि हुँ, आम नेपालीको भावनासँग मेरो कुनै सरोकार छैन' भन्न पाउनुहुन्न। यस प्रकारको संकीर्ण सोच नत्याग्ने होभने उहाँलाई नेपाली जनताले उपराष्ट्रपतिको कुर्सीबाट कुनै पनि क्षण फिर्ता बोलाउन आन्दोलन थाल्ने विश्वास नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समिसतीले गरेको छ। |
|
|
नेपाल कम्यूनिष्ट पार्टि एमाले क्यानडा सम्पर्क समिती टोरोन्टा क्यानडा । |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||