|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सभासद्हरुबीच मतदानस्थलभित्रै लाजमर्दो कुटाकुट चप्पलले हिर्काउने सभासद् शर्मा पहिलो बैठककालागि बैठक कक्षतर्फ प्रवेश गर्दै Kamala Sharma. Photos: Sitaram काठमाडौं, May 29, 2008- राजतन्त्रको फैसला गर्ने युगान्तकारी निर्णयकालागि मतदान गर्न गएका संविधान सभाका सदस्यहरुबीच मतदानस्थलभित्रै लाजमर्दो कुटाकुट भएको छ। एमालेकी सभासद् कमला शर्माले कांग्रेसका सभासद् एबं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई संविधान सभा बैठकको मतदान स्थलमै कुटेकी हुन् । यो घटनाले समग्र देशलाई लज्जित पारेको छ । मतदान गरेर फर्कंदै गर्दा एकै जिल्लाका यी दुई सभासद्को जम्काभेट भएको थियो । सभासद् शर्मालाई कांग्रेसका खड्काले 'के छ ?' भन्दै सोधेका थिए । त्यसपछि कुनै जवाफ नदिई सभासद् शर्माले आफ्ना श्रीमान् ऋषिप्रसाद शर्माको हत्याको आरोप लगाउँदै खड्कालाई चप्पल प्रहार गरेकी थिइन् । अर्को पटकपनि चप्पल प्रहार गर्न खोजेपछि शंकर पोखरेललगायतका सभासद्ले थम्थम्याएर उनलाई बैठकस्थलतिर ल्याएका थिए । एमाले महासचिव माधव नेपालसँगै संविधान सभा बैठकस्थलतिर जाँदै गरेका कांग्रेस सभासद् एबं पूर्व गृहमन्त्री उनलाई एमाले सभासद् कमला शर्माले चप्पलले हिर्काइन् Purnabahadur Khadka and Madhavkumar Nepal. ०५१ र ०५६ मा एमालेका स्व. शर्मालाई पराजित गर्दै खड्का प्रतिनिधि सभामा विजयी भएका थिए । संविधान सभाको निर्वाचनमा एमालेको तर्फबाट सुर्खेत १ का प्रत्यासी शर्माको चुनाव हुनुभन्दा २ दिन अघि हत्या भएको थियो । एमालेले हत्याको आरोप पूर्व गृहमन्त्री खड्कामाथि लगाउँदै आएको छ । शर्माको हत्यापछि एमालेले उनकी विधवा कमलालाई प्रत्यासी बनाएको थियो । शर्माले कांग्रेसका लालबहादुर घलेलाई पराजित गरी संविधान सभा सदस्य बनेकी हुन् । पूर्व गृहमन्त्री खड्का भने समानुपातिकका उम्मेदवार थिए । विधवा शर्मा निर्वाचित भएपछि आफ्नो पहिलो दायित्व आफ्नो पतिको हत्यारामाथि कार्वाही गर्नु हुनेछ भन्दै आएकी छन् । शर्माले कार्वाही त गरिन् तर संविधान सभाको गरिमा नै घटाउने गरी कार्वाही गरिन् । यो घटनापछि सभासद् खड्काले एमाले महासचिव एबं संविधान सभामा दलका नेता नेता झलनाथ खनालसँग आई विरोध प्रकट गरेका थिए । घटनाका कारण केही समय बैठक अवरुद्ध हुन पुगेको थियो । व्यक्तिगत आक्रोस संविधान सभाको पहिलो बैठकमा पोख्नुलाई कसैलेपनि उचित संझेका छैनन् । शर्माको आक्रोस जायज भएपनि यसले संविधान सभाको गरिमा घटाउने काम गरेको छ । -Vivek Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®