काठमाण्डौं, November
10, 2008- मस्यौदा समितिले संविधान सभा नियमावली मस्यौदालाई अन्तिम रुप
दिएको छ । कार्तिक २४ गतेको वैठकबाट नियमावली पारित भएको समितिका संयोजक
नारायणमान विजुक्छेले जानकारी दिए ।
संविधान सभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने वा पार्टीले ह्विप
लगाउने भन्ने विवादका कारण नियमावलीले अन्तिम रुप पाउन सकेको थिएन । पार्टी
ह्विप वा विवेकको मत दुबै कुरा उल्लेख नगरेरै नियमावली पारित भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा भने पहिलाकै प्रावधान कायम राखिएको छ ।
राष्ट्रपति वा उपराष्ट्रपतिमा उम्मेदवारी दिदा आवश्यक पर्ने ५/५ जना
सर्मथकको साट्टो एक/एक जना समर्थक भए पुग्ने व्यवस्था गरिएको छ ।
सो मस्यौदा संविधान सभाबाट अनुमोदन भएपछि संविधान निर्माणको औपचारिक
कार्यक्रम शुरु गर्ने बाटो खुल्नेछ । नियमावलीकै अभावमा अझैसम्म संविधान
मस्यौदा समिति बन्न सकेको छैन । अब संविधान सभा र व्यवस्थापिकामा रहने १४
विषयगत समिति निर्माणकोसमेत खुल्नेछ ।