Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल





























































































































News from Nepal: नेपाली खबरहरु

संविधान सभा चुनावको नालीबेली
कुन कुन नेताले जिते, हारे र कस्ले कस्लाई कसरी पछारे
काठमाडौं, April 24, 2008-कैयौं नेपालीहरुलाई चैत्र २८ गतेविहानसम्म संविधान सभा चुनाव होला भन्ने विश्वासै थिएन । ०६३ मंसीरमै हुने भनिएको संविधान सभा चुनाव ०६४ जेठमा गर्ने भनियो । तर जेठको सट्टा असार ६ मा सारियो । असारमापनि चुनाव हुन सकेन । ०६४ असारकालागि सारिएको चुनाव चुनावको पूर्वाधार नबनेको भन्दै माओवादीले अस्वीकार गरिदियो । कहिले कांग्रेस-एमाले तथा कहिले माओवादीका कारण सारिएको संविधान सभा चुनाव अन्ततः चैत्र २८ गते सम्पन्न भएको छ ।

संविधान सभाको चुनावलाई संविधान बनाउने सबैभन्दा उत्तम विधिको रुपमा लिइएको छ । र नेपाली जनताले यो विधिमार्फत् आफ्नालागि संविधान बनाउने आफ्ना प्रतिनिधिहरु चुनेर पठाएका छन् ।

प्रत्यक्ष तर्फका १ सय ४० मध्ये सुर्खेत-१ मा बाहेक २ सय ३९ क्षेत्रमा चैत्र २८ गते निर्वाचन सम्पन्न भएको थियो । सुर्खेत-१ मा एमालेका उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भएपछि सो क्षेत्रमा बैशाख ७ गते निर्वाचन सम्पन्न भयो । विभिन्न कारणले रोकिएका सिरहा, सप्तरी, सर्लाही, धादिङ्ग, अर्घाखाँचीलगायतका जिल्लामापनि त्यसैदिन निर्वाचन सम्पन्न भयो । यसरी करिव ९ दिनसम्म लगाएर चुनाव भयो ।

संविधान सभामा सबैभन्दा पहिलो पटक निर्वाचित हुने अवसर नेपाली कांग्रेसका प्रकाशमान िसंहले प्राप्त गरे । काठमाडौं-१ मा विद्युतीय मतपेटिकाका कारण उनलाई यो अवसर जुर्यो । चुनावको भोलिपल्ट बैशाख २९ गते दिउसोसम्म उनको गलामा विजयको माला पहिरिएको थियो । सबैभन्दा पछि निर्वाचित हुने सिरहा- ३ बाट निर्वाचित मधेशीजनअधिकार फोरमका विजयकुमार यादव हुन् । उनको विजय घोषणा बैशाख ९ गते अपरान्ह भयो ।

चुनावी हिसाव किताव

संविधान सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेहरुमा नेकपा माओवादी का उम्मेदवारहरु अधिक संख्यामा छन् । २ सय ४० सदस्यमध्ये माओवादीका १ सय २० जनाले निर्वाचनमा विजय हासिल गरेका छन् । यसरी प्रत्यक्ष तर्फ माओवादीले आधा हिस्सा ओगटेको छ । थप एक क्षेत्रमा माओवादीले विजय हासिल गरेको भए प्रत्यक्षतर्फको कुल सिटमा माओवादीले स्पष्ट बहुमत हासिल गरेको मानिने थियो । संविधान सभामा माओवादी सबैभन्दा ठूलो दलमात्र हुने भएको छ ।

घोषित परिणाममध्ये दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३७ स्थानमा विजय हासिल गरेको छ भने तेश्रो स्थानमा रहेको नेकपा एमाले का ३३ जना उम्मेदवारहरु विजयी भएका छन् । मधेश केन्द्रित दल मधेशी जनअधिकार फोरमले मधेशका कूल १ सय १६ मध्ये ३० सीटमा विजय हासिल गरी आफूलाई चौंथो ठूलो राजनीतिक दलको रुपमा उभ्याएको छ । अर्को मधेशवादी दल तमलोपाले ९, सद्भावनाले ४, नेमकिपाले २, जनमोर्चाले २, स्वतन्त्रले २ र राजमोले १ स्थानमा विजय हासिल गरेका छन् ।

संविधान सभा निर्वाचनमा ५४ दलले भाग लिएका थिए । तर प्रत्यक्षतर्फको निर्वाचनमा माओवादी, नेका, एमाले, फोरम, तमलोपा, सद्भावना, जनमोर्चा, नेमकिपा र राजमो गरी जम्मा ९ वटा दलले मात्र सफलता प्राप्त गरेका छन् । यसैगरी दुईजना स्वतन्त्र उम्मेदवारहरुले पनि प्रत्यक्षतर्फको निर्वाचनमा जीत हासिल गरेका छन् । उम्मेदवार उठाएरपनि प्रत्यक्षतर्फको निर्वाचनबाट संविधान सभामा प्रतिनिधित्व गर्न नसक्ने दलहरुको संख्या ४५ छ ।


चुनावी रेकर्ड

संविधान सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने बृद्ध महिला र पुरुष उम्मेदवारहरु सबैभन्दा पुरानो पार्टी मानिएको नेपाली कांग्रेसकै छन् । नेपाली कांग्रेसका महामन्त्री कूलबहादुर गुरुङ्ग संविधान सभा निर्वाचनमा विजय हासिल गर्ने सबैभन्दा बृद्ध उम्मेदवार हुन् । ७३ वर्षका उनी इलाम-३ बाट निर्वाचित भए । संविधान सभामा निर्वाचित हुने सबैभन्दा बढि उमेरकी महिला उम्मेदवार सुप्रभा घिमिरे हुन् । काठमाडौं-४ बाट निर्वाचित उनी ६६ वर्षकी छिन् ।

सबैभन्दा कम उमेरकी संविधान सभा सदस्य बन्ने अवसर माओवादीको तर्फबाट निर्वाचित एक दलित उम्मेदवारले पाएकी छिन् । उनी हुन्- दुर्गाकुमारी बिक । कास्की ४ बाट निर्वाचित उनी जम्मा २६ वर्षकी छिन् । सबैभन्दा कम उमेरका संविधान सभा सदस्य पाउने पुरुष भने मधेशी जनअधिकार फोरमले पाएको छ । कपिलबस्तु-५ बाट निर्वाचित फोरमका अभिषेकप्रताप शाह जम्मा २५ वर्षका छन् ।

सबैभन्दा बढि र सबैभन्दा कम मत ल्याएर विजयी बन्नेमात्र होइन सबैभन्दा बढि मतान्तरले जित्ने अवसर माओवादी उम्मेदवारहरुले पाएका छन्‌ । गोर्खा-२ बाट निर्वाचित माओवादीका शीर्ष नेता डा. बाबुराम भटराई ४६ हजारभन्दा बढि मत ल्याई सबैभन्दा बढि मतान्तरले बिजयी हने संविधान सभा सदस्य बनेका छन् । भटराईले आफ्ना मामालाई पराजित गरेका हुन् ।

सबैभन्दा बढि मत ल्याउनेपनि गोर्खाकै माओवादी उम्मेदवार बनिन् । उनले नेपाली कांग्रेसका चिराजीवी वाग्लेलाई ३० हजार भन्दा बढि मतान्तरले पराजित गरेकी छन् । उता सबैभन्दा कम मत ल्याएर नेकपा माओवादी का केन्द्रीय सदस्य देबप्रसाद गुरुङ्ग मनाङ्गबाट विजयी बने । गुरुङ्ग कास्की-१ बाटपनि निर्वाचित भएका छन् ।

नेतालाई झट्का

संविधान सभा निर्वाचनमा ठूला मानिएका पार्टीका प्रमुख नेताहरुलेसमेत शर्मनाक पराजय भोग्नु परेको छ । बहुमतको सपनासहित चुनावी मैदानमा होमिएको नेकपा एमाले का महासचिव माधव नेपाल चुनावमा पराजय व्यहोर्नेमध्येका सबैभन्दा उपल्ला नेता हुन् । उनी काठमाडौं-२ मा माओवादीका झक्कु सुवेदी र रौतहट-६ मापनि माओवादीकै देबेन्द्र पटेलसँग पराजित भए ।

महासचिव नेपालका अलवा एमालेका हार्ने अन्य शीर्ष नेताहरुमा केपी शर्मा ओली झापा-६, बामदेव गौतम बर्दिया-१, केशब बडाल काभ्रे-२, युवराज ज्ञवाली दाङ्ग-४, प्रदीप नेपाल काठमाडौं-१, इश्वर पोखरेल काठमाडौं-५, भरतमोहन अधिकारी मोरङ्ग-२ आदि छन् । एमाले केन्द्रीय समितिका धेरैजसो नेताहरुले संविधान सभा निर्वाचनमा पराजय व्यहोर्नुपरेको छ ।

नेपाली कांग्रेसका केही प्रमुख नेताहरुलेपनि चुनावमा नमीठो पराजय व्यहोर्नुपरेको छ । पार्टीका कार्यबाहक सभापति सुशील कोइराला बाँके-३ मा तेश्रो स्थानमा रही पराजित भए । हार्ने अन्य नेताहरुमा सहमहामन्त्री अर्जुननर सिंह केसी नुवाकोट-१, चिराजीवी वाग्ले गोर्खा-१, गोविन्दराज जोशी तनहुँ-१, चक्र बास्तोला -झापा-४, कृष्ण सिटौला -झापा-३, डा शेखर कोइराला मोरङ्ग-७, सुजाता कोइराला सुनसरी-५, भीमबहादुर तामाङ्ग दोलखा-१, दीलबहादुर घर्ति लमजुङ्ग-२ छन्।

राजतन्त्रको पक्षमा मत मागेको राप्रपा नेपालका केन्द्रीय नेताहरुपनि यो चुनावमा सबै स्थानमा पराजित भएका छन् । उनीहरुमा अध्यक्ष कमल थापा मकवानपुर-३ र काठमाडौं-५ र पदमसुन्दर लावती झापा-७ प्रमुख नेताहरु हुन् । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा धनकुटा-२ र महामन्त्री केशरबहादुर विष्ट ललितपुर १ र ३ लेपनि उही हालत व्यहोर्नुपरेको छ ।

३० वर्षदेखि सिन्धुपाल्चोकबाट जित्दै आएका राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पहिलो पटक निर्वाचनमा हार व्यहोर्नुपर्यो । उनी जिल्लाको १ र ३ नं क्षेत्र गरी दुबै क्षेत्रबाट पराजित भए । मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि जीवनमा पहिलो पटक हार व्यहोर्नुपर्यो । उनी सर्लाही- ६ मा फोरमका शिवपूजन रायबाट पराजित भए ।

जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेललेपनि शर्मनाक पराजय भोग्नुपरेको छ यो निर्वाचनमा । सिन्धुली-३ का उम्मेदवार उनलाई माओवादी केन्द्रले तालमेलस्वरुप त्यो क्षेत्र छाडेको थियो । तर आधिकारिक उम्मेदवार निरु दर्लामी कुँवरले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्दै आफ्नो उम्मेदवारीलाई कायम राखिन् । कांग्रेस उम्मेदवारलाई ९ हजार मतान्तरले उछिन्दै निरुले चुनाव जितिन् । पोखरेल चौंथो स्थानमा पुगे ।

राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्य अर्घाखाँची-१ र अर्का नेता हरि आचार्य प्यूठान-१ पनि यसपटक पराजित भए । माओवादीका एक केन्द्रीय सदस्यमात्र चुनावमा पराजय भोग्नु परेको छ । ताप्लेजुङ्ग-१ का उम्मेदवार राम कार्की कांग्रेसका सूर्यमान गुरुङ्गसँग करिव ४ सय मतान्तरले पराजित भए।


जित्ने नेताहरु

माओवादीका अधिकांस केन्द्रीय नेताहरुले संविधान सभा चुनावमा सफलता प्राप्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं-१० र रोल्पा-२ बाट भारी मतान्तरले विजयी भए भने अर्का शीर्ष नेता डा. बाबुराम भटराई गोर्खा-२ ले त सबैभन्दा बढि मत र सबैभन्दा बढि मतान्तरका साथ संविधान सभा निर्वाचनमा निर्वाचित भए । यसैगरी रामबहादुर थापा 'बादल' -चितवन-२ लेपनि पहिलो चुनावमा नै सफलता हासिल गरे।

चुनाव जित्ने माओवादीका अन्य नेताहरुमा सीपी गजुरेल सिन्धुली-२, पोष्टबहादुर बोगटी नुवाकोट-३, कृष्णबहादुर महरा -दाङ्ग-३, देबप्रसाद गुरुङ्ग मनाङ्ग र कास्की-२, सुरेश आले मगर तनहुँ-२, बर्षमान पुन 'अनन्त' ललितपुर-१, पम्फा भूषाल ललितपुर-३, हिसिला यमी काठमाडौं-७, जनार्दन शर्मा रुकुम-२, लेखराज भट्ट कैलाली-५, शिवराज गौतम दाङ्ग-४, रामकुमारी यादव धनुषा-६ आदि छन् ।

नेकपा एमाले का जित्ने नेताहरुमा झलनाथ खनाल इलाम-१, सुवाष नेम्वाङ्ग -इलाम-३, विष्णु र्पौडेल रुपन्देही-४, प्रदीप ज्ञवाली गुल्मी-२, पृथ्वीसुब्बा गुरुङ्ग लमजुङ्ग-२, किरण गुरुङ्ग तनहुँ-३, भीम आचार्य सुनसरी-६ लगायत छन् ।

जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन चतवन-५ र अर्का नेता गिरिराजमणि पोखरेल महोत्तरी-१ बाट निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे भक्तपुर-१ पनि संविधान सभामा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका विजयी नेताहरुमा शेरबहादुर देउवा डडेल्धुरा र कन्‍चनपुर-४ उपसभापतिहरु रामचन्द्र पौडेल तनहुँ-२, गोपालमान श्रेष्ठ स्याङ्जा-२ र प्रकाशमान िसंह काठमाडौं-१, महामन्त्रीहरु डा. रामबरण यादव धनुषा-४, बिमलेन्द्र निधि धनुषा-३ र केबी गुरुङ्ग इलाम-३ छन् । यसैगरी डा. रामशरण महत नुवाकोट-२, सुप्रभा घिमिरे काठमाडौं-४ आदिलेपनि चुनावमा सफलता हासिल गरेका छन् ।

मधेशी जनअधिकार फोरमका सबै नेताहरुले चुनावमा विजय हासिल गरेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव सुनसरी- ५ र मोरङ्ग- ५ बाट निर्वाचित भएका छन् भने विजय गच्छेदारले सुनसरी- ३ र मोरङ्ग- ७ बाट विजय हासिल गरेका छन् । सहसंयोजक जयप्रकाश गुप्ता सप्तरी- २ बाट र नेत्री रेणु यादव सप्तरी- ४ बाट निर्वाचित भएका छन् । यसैगरी नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोपनि सर्लाही- ४ बाट संविधान सभामा निर्वाचित भएका छन् ।


मन्त्रीहरुको जीत-हार

सत्तामा रहेर चुनाव लड्न पाए जित्न सजिलो हुन्छ भन्ने नेपाली मानसिकता छ । तर सत्तामा रहेर चुनाव लड्ने अधिकांसले यो चुनावमा पराजय भोग्नुपरेको छ । चुनावमा भाग लिएका २० मध्ये ११ मन्त्री संविधान सभा चुनावमा पराजित भएका छन् । पुलिस-प्रशासन सन्‍चालन गर्ने जिम्मेवारी पाएका गृहमन्त्री कृष्णप्रसाद सिटौला चुनाव हार्ने मध्येका प्रमुख मन्त्री हुन् । झापा- ३ का प्रत्यासी उनलाई माओवादीका पूर्णिसंह राजबंशीले पराजित गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट मन्त्री भएर चुनावमा पराजित हुनेमा विना विभागीय मन्त्री सुजाता कोइराला सुनसरी-५, कानूनमन्त्री नरेन्द्रविक्रम नेम्वाङ्ग झापा-१, जलश्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भोजपुर-१, विज्ञान तथा प्रविधिमन्त्री फर्मुल्लाह मन्सुर बारा-४, गृहराज्यमन्त्री रामकुमार चौधरी सप्तरी-३ छन् । यीमध्ये जलश्रोतमन्त्री कार्कीलाई माओवादीको तर्फबाट उम्मेदवार बनेका मन्त्री कार्कीभन्दा कनिष्ट स्थानीय विकास राज्यमन्त्री पदम राईले पराजित गरेका हुन् ।

कांग्रेसको तर्फबाट जित्ने मन्त्रीहरुमा शान्तिमन्त्री रामचन्द्र पौडेल, अर्थमन्त्री रामशरण महतमात्र हुन् । एमालेका पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग लमजुङ्ग-२ मात्र चुनाव जिते । अघिल्ला ४ चुनाव हारेका मन्त्री गुरुङ्गले पाँचौ प्रयासमा बल्ल चुनाव जित्ने अवसर पाए । एमालेको तर्फबाट मन्त्री बनेका शिक्षामन्त्री प्रदीप नेपाल काठमाडौं- १, सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव सिरहा- ३ र शिक्षा राज्यन्त्री मोहनिसंह राठौर कैलाली-३ ले पनि पराजय भोग्नुपर्यो ।

सद्भावना (आ) को तर्फबाट आपूर्ति मन्त्री बनेका श्यामसुन्दर गुप्तालेपनि रुपन्देही- ७ मा पराजय भोग्नुपरेको छ । यसैगरी बाममोर्चाको तर्फबाट भूमिसुधार मन्त्री बनेका जगतबहादुर बोगटी अछाम र कैलालीका दुवै निर्वाचन क्षेत्रमा धरौटीपनि फिर्ता नहुनेगरी पराजित भए । सात दलीय गठबन्धनका घटक दलमध्येका यी दुबै दलले प्रत्यक्षतर्फको निर्वाचनमा एकसिटपनि हासिल गर्न सकेनन् ।

माओवादीका ५ जना मन्त्री प्रत्यक्ष चुनावमा भाग लिएका थिए । दाङ्ग- ३ बाट सूचना तथा साचार मन्त्री कृष्णबहादुर महरा, मनाङ्ग र कास्की- १ बाट स्थानीय विकास मन्त्री देब गुरुङ्ग, काठमाडौं- ७ बाट आवास तथा भौतिक योजना मन्त्री हिसिला यमी, ललितपुर- ३ बाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री पम्फा भूषाल र भोजपुर- १ बाट स्थानीय विकास राज्यमन्त्री पदम राई उम्मेदवार थिए । उनीहरु सबैले चुनाव जितेका छन् ।


अपेक्षाकृत शान्त चुनाव

उम्मेदवारी दिइसकेपछि बाँके- २ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमलप्रसाद अधिकारीको हत्या भयो भने चुनाव हुनुभन्दा २ दिनअघि चैत्र २६ सुर्खेतमा नेकपा एमाले का एक उम्मेदवारको हत्या भयो । उनी सुर्खेत- १ का उम्मेदवार ऋषिप्रसाद शर्मा हुन् । यसैगरी चुनावकै दिन सर्लाही- ५ का स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद िसंहकोपनि गोली हानी हत्या भयो । भोजपुर- २ मा राप्रपाका उम्मेदवार परशुराम राईको उपचार गराउँदा गराउँदै मृत्यु भयो ।

लोकतन्त्र र निर्वाचन सन्‍जाल नेपाल (डिन) ले संविधान सभाको चुनाव घोषणा भएपछिका चार महिनाको अवधिमा ३७ जनाको मृत्यु भएको जानकारी दिएको छ । सो संस्थाले बैशाख ७ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार त्यस अवधिमा १ हजार भन्दा बढि घाइते भए भने ८९ जनाको अपहरण भयो । यसैगरी चुनावको दिन २४ जिल्लाका ६४ निर्वाचन केन्द्रमा िहंसाका घटना भएका थिए जसमा ४ जनाको मृत्यु भयो भने १ सय १२ जना घाइते भए । र ८ जनाको अपहरण भयो ।

यसैगरी चुनावका दिन १३ वटा समूहगत भीडन्त भए । त्यसमध्ये १३ वटा मतदान केन्द्रमा गोली प्रहार भएको थियो । एक दर्जनभन्दा बढि मत पेटिकामा आगजानी भएको र ३२ बुथ कब्जा हुनुका साथै ११ मतदान केन्द्रमा अवरोध भएको पनि सो संस्थाले जानकारी गराएको छ । मतदान गरे ज्यान लिने धम्कीका कारण सप्तरीको त्रिकोलमा कुनैपनि मतदाता मतदान गर्न गएनन् । त्रिकोल गाउँ जनतान्त्रिकका नेता जयकृष्ण गोइतको गाउँ हो ।

अघिल्ला निर्वाचन झैं संविधान सभा निर्वाचनपनििहसामुक्त भने हुन नसकेपनि अघिल्ला निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा निकै कममात्रामा िहंसा भएको प्रतिवेदन सबैजसो राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ-संस्थाले दिएका छन् । नेपालमा सम्पन्न चुनावलाई उदाहरणीय चुनावको रुपमा विश्व समुदायले सराहना गरेको छ।


-Vivek Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®