|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बिशेष: बुलेट र ब्यालेटका कुशल प्रयोगकर्ता प्रचन्डलाई
नजिकबाट हेर्दा Pushpa Kamal Dahal aka Prachanda with his wife Sita. Photos: Sitaram तर गरिवीका कारण परिवार धान्न कास्कीबाट चितवन बसाईं सरेका मुक्तिरामले छोरा छविलालका बारेमा चिना हेराउने पण्डितले भनेको कुरा सत्यतामा परिणत हुँदैछ । किनभने न्वारानको नाम छविलालबाट पुष्पकमल दाहालमा परिणत हुँदै माओवादी अध्यक्ष प्रचण्ड आज नेपाली राजनीतिको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण प्रधानमन्त्री बन्दैछन् । प्रचण्ड बिसं २०११ जेठ २५ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मेका थिए । उनको परिवार अत्यन्त गरिव थियो । मुक्तिराम दाहालका गरिवीका कारणले प्रचण्ड सात वर्षको हुँदा २०१९ सालमा चितवनको शिवनगरस्थित भीमसेननगरमा बसाईं सरेका थिए । आफ्नी श्रीमतिसहित १० परिवार पाल्न कम्ति हम्मे थिएन । गरिवीकै कारण प्रचण्डले आफ्नो बाल्यकाल अभाव र दुखजेलोमा बिताए । नेपालको इतिहासमा पहिलो पटक यति धेरै गरिव परिवारबाट उठेको एउटा नेपालीको छोरो प्रधानमन्त्री बन्दैछ । गरिव परिवारबाटमात्र होइन संघीय गणतान्त्रिक नेपालको प्रथम कार्यकारी अधिकारयुक्त प्रधानमन्त्री बन्ने गौरवपनि प्रचण्डले प्राप्त गर्दैछन् । |
|
|
Prachanda's father Muktiram Dahal and daughters Gyanu, Renu and Ganga. Photos: Sitaram एस.एल.सी. पास गरेपछि सुरुमा नेपाली सेनामा जागिर खाने इच्छाका साथ क्याडेट परीक्षाको तैयारीसमेत गरेका थिए प्रचण्डले । तर समयक्रममा नेपाली सेनालाई चुनौति दिने गरी उनकै कमाण्डिङ्गमा जनमुक्ति सेनाको गठन समेत भयो । सेनातिर जाने सोचाई त्यागी उनी कृषि विज्ञान पढ्न थालेका थिए । कृषि विज्ञानमा बीएस्सी गरेका उनले गोर्खा लगायतका जिल्लामा केही समय मास्टरी गरेर बिताए । १० कक्षा पढ्दादेखि नै कम्युनिष्ट राजनीतिबाट आकर्षित प्रचण्डले २०२८ सालमा तत्कालिन नेकपा पुष्पलाल समुहको सदस्यता प्राप्त गरेका थिए । तरपछि उनी मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा चौम तिर लागे । Prachanda's son Prakash taking picture of his father. Photos: Sitaram राजनीतिमा लागेदेखि नै उनले कहिल्यैपनि पछाडि फर्केर हेर्नु परेन । सुरुमा जिल्ला सेक्रेटरी, क्षेत्रीय व्यूरो, केन्द्रीय समिति हुँदै उनी २०४६ मा तत्कालिन नेकपा मशाल को महामन्त्री बन्न पुगेका थिए । पार्टी महामन्त्री हुनासाथ सो पार्टीले जनवादी क्रान्तिकालागि सशस्त्र संघर्षको तैयारी गरेको थियो । उनी आफैले कार्यकर्ताहरुलाई फौजी तालिम दिने गरेका थिए । इन्द्रध्वज गुरुङ्ग नाम गरेका बेलायती सेनाका क्याप्टेनबाट बन्दुक चलाउने तालिम पाएका प्रचण्डलाई बम बनाउन भने गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहले नेतृत्व गर्नुभएको नेपाल जनवादी मोर्चाका कार्यकर्ता कमलदेब शाहले सिकाएका थिए । Prachanda and wife Sita Dahal with their body guards from People's Liberation Army (PLA) in Rolpa. २०५२ मा उनकै नेतृत्वमा नेकपा माओवादी ले जनयुद्धको सुरुवात गर्यो । त्यसबेला उनी पार्टी महामन्त्रीको अलवा पार्टीको सैन्य विभागका प्रमुखपनि थिए । २०५५ मा उनी पार्टी अन्तर्गतको सैन्य आयोगको प्रमुख बनाइए । २०५७ मा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले उनलाई पार्टी महामन्त्रीबाट अध्यक्षमा 'अपग्रेड' गर्यो । पार्टीको फौजी दस्तालाई २०५८ मा 'जनमुक्ति सेना नेपाल' नामाकरण गरिएपछि उनी त्यसको सर्वाेच्च कमाण्डर बने । उनी अहिलेपनि जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर छन् । जनताको पंक्तिबाट यति ठूलो र शक्तिशाली सैनिक शक्ति बनेको नेपालको इतिहासमा यो पहिलो पटक हो । यही फौजको सफलताबाट नेपालमा गणतन्त्रको स्थापना हुन सकेको हो । People's Liberation Army (PLA). Photos: Sitaram १० वर्षे जनयुद्धमार्फत् प्रचण्डले आफूलाई कुशल राजनीतिक नेताको रुपमा परिचित गराएकामात्र छैनन् कुशल फौजी कमाण्डरको रुपमा पनि चिनाएका छन् । उनलाई पृथ्वीनारायण शाहपछिका नेपाली सैन्य चिन्तक भन्दा हुन्छ । देशका आदिवासी-जनजाति, उत्पीडित, मधेशी, गरिव-शोषित जनताको 'मशिहा' बनेका प्रचण्डको जन्म यदि नभएको भए न राजतन्त्रको अन्त्य हुने थियो न जनताका छोरा-छोरीहरु राष्ट्रपतिजस्तो राज्यको सर्बोच्च पदमा पुग्न सक्ने थिए । त्यसैले राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन गएका प्रचण्डलाई राष्ट्रपति डा. रामबरण यादवले भनेका थिए- 'प्रचण्डजी राष्ट्रपतिमा तपाईंहरुको उम्मेदवार पराजित हुनु भएपनि मजस्तो किसानको छोरो राष्ट्रपति बन्नसक्नुमा सबैभन्दा ठूलो भूमिका तपाईंको छ ।' प्रचण्ड
आफ्ना दुई दाजुभाईमध्ये जेठा हुन् । उनका कान्छा भाई हाल लण्डनमा छन् ।
उनका ६ वटी दिदी बहिनी छन् । उनकी आमाको मृत्यु क्यान्सर रोगका कारण २०५१
मा भएको थियो । त्यसबेला भूमिगत भएपनि आमाको उपचारकालागि उनी आफै विर
अस्पतालमा खटिएका थिए । उनका तीन छोरी र १ छोरा छन् । श्रीमति सीता दाहाल
पार्टीको केन्द्रीय सल्लाहकार छिन् भने छोरा प्रकाश क्षेत्रीय व्यूरो सदस्य
छन् । एक छोरी रेणु दाहाल समानुपातिक तर्फबाट संविधान सभाको सदस्य समेत
बनेकी छन् । संविधान सभा निर्वाचनमा रोल्पा र काठमाडौंबाट प्रचण्डको विजय र
माओवादी सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएपछि पिता मुक्तिराम दाहाल
छोरा-बुहारी र नाति-नातिनासँगै बस्न काठमाडौं आएका छन् ।Prachanda. Photo: Smita संविधान सभा निर्वाचन भएको ४ महिनासम्म माओवादी नेतृत्वमा सरकार बन्न नदिइएपनि अहिले ती सबै अबरोधहरुलाई छिचोलेर प्रचण्डले राजनीतिमा अर्को राजनीतिक कौशलताको प्रदर्शन गरेका छन् । यसै हप्ता एक पारिवारिक जमघटमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूले राजनीति थाल्दा प्रचण्डहरु नजन्मेको बताउँदै राजनीतिक गोटी खेलमा आफूलाई कसैले जित्न नसक्ने बताएका थिए । उनले आफूलाई भारत र अमेरिका जस्ता देशहरुको समर्थन रहेको दावी गर्दै आफै प्रधानमन्त्री बन्ने संकेत गरेका थिए । निश्चय नै प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन कोइरालालाई वैदेशिक समर्थन प्राप्त थियो । चुनाव भएको ४ महिनासम्म नयाँ सरकार बन्न नसक्नु विदेशी चलखेलले नै काम गरेको थियो। ![]() Prachanda recieving certificate after winning Constitutional Assembly (CA) election from Kathmandu-10. Photo: Santa तर यी सबै अवरोधहरुलाई चिर्दै आफ्नो पक्षमा गणितीय समीकरण निर्माण गर्न माओवादी अध्यक्ष प्रचण्डले सफलता प्राप्त गरेका छन् । प्रचण्डले एक लाख हाराहारीको सरकारी सेनाको सुप्रिम कमाण्डर बनेका 'बादशाह' राजा ज्ञानेन्द्रलाई घोडाबाट खसाल्नमात्र सफलता प्राप्त गरेनन् आफू नजन्मिदै राजनीतिक जीवन सुरु गरेका र नमरुन्जेल राष्ट्रपति वा प्रधानमन्त्री बन्ने सपना देखेका अर्का 'बादशाह' गिरिजाप्रसाद कोइरालालाई समेत घोडाबाट खसाल्ने सफलता प्राप्त गरेका छन् । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मानिएको नेकपा एमाले का नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालपनि प्रचण्डका अगाडि 'फुच्चे' सावित हुन पुगेका छन् । राष्ट्रपति निर्वाचनमा प्राप्त असफलताबाट पाठ सिक्दै प्रचण्डले आफूलाई समकालिन राजनीतिक नेताहरुमा आफूलाई सबैभन्दा काबिल सिद्ध गरेका छन् । ![]() Prachanda after filing candidacy for Prime Minister post. Photo: Santa प्रधानमन्त्री पदमा भएको निर्वाचनमा प्रचण्डको सफलतापछि उनी नेपालको दोश्रो कम्युनिष्ट प्रधानमन्त्री बन्नेछन् । यसअघि २०५१ सालमा एमालेको अल्पमतको सरकारको पालामा मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । हतियारसहितको आफ्नै सेना रहेको स्थितिमा चुनावद्धारा माओवादी पार्टी सरकारको नेतृत्व सम्हाल्न पुगेको भने विश्वकै इतिहासमा यो पहिलो पटक हो । प्रचण्डले बुलेट प्रयोग गरी अढाई सय वर्ष पुरानो राजतन्त्रमात्र होइन ब्यालेटबाट विसं २००४ देखि राजनीतिक जीवनको सुरुवात गरेका नेपाली राजनीतिका 'बुढा बाघ' गिरिजाप्रसाद कोइरालालाई समेत विस्थापित गर्दैछन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||