![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Hong Kong: नेपाली खबरहरु |
||
हङकङका अन्धा संगीतकारद्वारा 'सार' एल्बमको ८ वटा
गीतमा संगीत![]() Featuring lyricist Tanka Sambahamphe and Musician and singer Krishna Bhakta Rai on the cover of 'Saar' music album which was released in Hong Kong on March 23, 2008. हङकङ, Hong Kong, March 24, 2008-हङकङेली गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचना गरिएका कृष्ण भक्त राईले स्वर तथा संगीत दिनुभएको गीति एल्बम 'सार' को एक औपचारिक कार्यक्रम बीच आज मार्च २३ तारिखका दिन हङकङमा विमोचन गरियो । अन्तराष्ट्रिय साहित्य समाज हङकङको आयोजना तथा एचकेनेपाल डटकमको प्रायोजनमा सम्पन्न विमोचन समारोहमा हङकङेली गायक, कलाकार, साहित्यकार तथा पत्रकाहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि दिनेश सुब्बा, सभापति पशन तमू र विशेष अतिथि नागेन्द्र श्रेष्ठले गीति एल्बमलाई सामुहिक रुपमा विमोचन गर्नु भएको थियो । विमोचन समारोहमा एचकेनेपाल डटकमका सम्पादक एवं सभापति पशन तमूले विमोचन समारोहका बारेमा प्रष्ट्याउनु भएको थियो । ![]() HKNepal.Com editor Pasan Tamu, Musician Dinesh Subba and Nagendra Shrestha jointly relasing the album. संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहनुभएको विमोचन समारोहमा अर्का गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । अनेसास हङकङ च्याप्टरका अध्यक्ष पशन तमूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनेसासका प्रतिनिधि मोति चाम्लिङले स्वागत मन्तव्य सहित अनेसासका गतिविधिहरुका बारेमा प्रष्ट पार्नु भएको थियो । कङ्गन रेष्टुरेण्टमा सम्पन्न भएको विमोचन समारोहमा शिव सुब्बाले गीति एलबम सारको बारेमा समालोचना गर्दै कृष्णभक्त राईको बारेमा चर्चा गर्नु भएको थियो । ![]() कार्यक्रममा गणेश इजम, किसन राई, नागेन्द्र श्रेष्ठ, प्रदिप कन्दङ्वा, भगत सुब्बा, भुपेन्द्र चेम्जोङ एवं प्रमुख अतिथि दिनेश सुब्बाले गीतकार सम्बाहाम्फेलाई शुभकामना दिनु भएको थियो । सार गीति एलबममा १० वटा गीतहरु संग्रह गरिएको छ । गीति एलबममा वरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिशिरले एक एक गीतमा संगीत दिनु भएको छ । बाँकी ८ वटा गीतमा गायक कृष्णभक्त राई स्वयंले संगीत समेत भर्नु भएको छ । नेत्रहिन भएर पनि नेपाली गीत संगीतमा चर्चित गायक कलाकार कृष्णभक्त राईले दिनु भएको संगीतका बारेमा विमोचन समारोहमा उपस्थित सबैले दिल खोलेर प्रशंसा गरेका थिए । ![]() Photos contributed by Kavita Kusum कार्यक्रम दिनको १:३० बजेदेखि ३ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा गायक नन्द चङ्सु, हषिर्त आले, अशोक राई, गीतकार डीबी पालुङ्वा, पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गीतकार टंक सम्बाहाम्फेले यस अघि मनोभाव गीति एलबम बजारमा ल्याइसक्नु भएको छ । कार्यक्रम साहित्यकार देश सुब्बाले संचालन गर्नु भएको थियो । -Contributed by Kavita Kusum <kavitakusum@gmail.com |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®