|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
भूटानी नेपाली माओवादी तीन टुक्रामा विभाजित काठमाडौं, June 24, 2008- नेपालमा जस्तै भूटानमापनि राजतन्त्र अन्त्यकालागि नेपाललाई आधार भूमि बनाएर जनयुद्ध सुरु गरेका भूटानी माओवादीहरु आपसमा आ-आफै भिड्न थालेका छन् । जनयुद्ध सुरु गरेको एक बर्ष नबित्दै तीन टुक्रामा बिभाजित भूटान कम्युनिष्ट पार्टी माओवादी को एक समूहले अर्को समूहका नेताहरुलाई भौतिक कार्वाहीको चेतावनी दिएको छ । पार्टीको विभाजित सूर्य समूहले पार्टीको विकल्प समूह र विराट समूहले बदलाको भावनाले जथाभावी योजनाहीन कृयाकलाप गरी जनयुद्ध उठानको योजनालाई बिथोलेका आरोप लगाउँदै नेपालमा शरणार्थी जीबन बिताइरहेका दई शरणार्थीमाथि भौतिक कार्वाही योजना सार्वजनिक गरेको हो । 'भर्खरै भूटानको साम्ची जिल्लाको घुमाउने ब्लकको निर्जन ठाउँमा विराट समूहले केटाकेटीले पड्काउने पटकामार्फत् अनाबश्यक विस्फोट गराएर जनयुद्धको हाम्रो योजनालाई बिथोलेको छ' सूर्य समूहले एक बिज्ञप्ति जारी गर्दै भनेको छ- 'त्यसैले त्यस दलका कमाण्डर झापाका पथरी शिविरमा छाप्रो भएका हेम गुरागाईं र बेलडाँगी ३ बस्ने नाम नखुलेको मोटो राईलाई तत्काल सर्च गरी निर्मम भौतिक कार्वाही गरिनेछ ।' यो समूहले भूटानमा राजतन्त्र अन्त्यकालागि सबै राजतन्त्र विरोधी पार्टीहरुलाई संयुक्त मोर्चामा आउन आग्रह गरेको छ भने आफ्नो कार्वाहीको प्रमुख निशाना नेपाल भागेका भूटानी शरणार्थीहरुको भूटानस्थित जमिनमा बसोबास गरी हैकम चलाउने ब्लक प्रमुख र भूटानी राजाका भारदारहरु एबं राज्यसँग मिली कमिसनतन्त्रमा जनताको घर बगैंचामाथि ढलीमली गर्ने हाकिम र भारतीय व्यापारीहरु रहेको जनाएको छ। भूटानी माओवादीहरुको प्रमुख आधार शिविर नेपालको झापा र मोरङ्गमा रहेका भूटानी शरणार्थीहरुका आधार शिविर हुन् । नेपालमा माओवादीको बढ्दो विस्तार र घरफिर्तीकालागि भूटानको राजतन्त्रात्मक सरकारले कुनै चासो नदेखाएपछि अधिकांस भूटानी शरणार्थीहरु चार बर्षअघि गठित भूकपा माओवादी मा गोलबन्द हुन थालेका थिए । तर पार्टी विभाजित भै अहिले बिकल्प, बिराट र सूर्य गरी तीन समूह बनेको छ । -Vivek Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®