Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

न्यू योर्क कि पत्रकार बार्बरा नेपाली नागरिक बन्ने शुरमा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उनी कसरी नेपालका राजकुमारसँग प्रेममा फँसिन्‌?


Barbara Adams chatting with Prime Minister Prachanda and his wife Sita Dahal at the PM's reception party in New York on September 25, 2008. Photo: eEyeCam

न्यू योर्क, काठमाण्डौं, October 24, 2008- जवानीमा नेपाल आउँदा यहाँको प्राकृतिक सुन्दरतासँग मोहित भै पाँच दशकदेखि नेपालमै बसोबास गर्दै आएकी चर्चित लेखिका बार्बरा एडम्सले नेपाली नागरिकता प्राप्त गर्ने भएकी छिन्।

उनलाई नागरिकता दिने बारेमा बर्तमान सरकार सकारात्मक रहेको बताइएपछि उनले गृहमन्त्री बामदेव गौतम समक्ष निवेदनपनि दिएकी छिन् ।

उनले दिएको निवेदनमा आफू विगत ४७ बर्षदेखि नेपालमा बसोबास गर्दै आएकाले नेपाली नागरिकता पाउनबाट बन्चित नगरिदिन अनुरोध गरिएको छ । 'यो ७७ बर्षको उमेरमा अब मेरो कुनै इच्छा छैन' नागरिकताकालागि उनले दिएको निवेदनपत्रमा भनिएको छ- 'जीवनको यो अन्तिम घडीमा नेपाली नागरिकताको प्रमाण पत्र सिरानीमा राखेर मर्ने मेरो मन छ ।'

उनको मार्मिक निवेदन पत्रमा थप भनिएको छ- 'भोलि म मर्दा एक अमेरिकन नागरिकको निधनको खवर नभई एक नेपाली नागरिको निधनको खवर छापियोस्, मेरो व्यक्त गर्नुपर्ने भावना यही हो ।' धन्यवाद छ बार्बरा, जसले नेपाललाई अरु नेपालीले जत्तिकै माया गरेको छ ! पन्‍चायतकालदेखि नै उनलाई नेपाली नागरिकता प्राप्त गर्नबाट बन्चित गरिदै आएको छ ।

विसं २०१८ सालमा नेपाल आएकी पत्रकार बार्बरा नेपालको प्राकृतिक सुन्दरताबाट मोहित भएर नेपालमै बस्ने निर्णयमा पुगेकी थिइन् । नेपाल जति सुन्दर छ त्यो बेला त्यति नै सुन्दर थिइन् उनीपनि । फलतः तत्कालिन अधिराजकुमार बसुन्धरा, राजा महेन्द्रका भाईसँग उनको प्रणय सम्बन्ध भयो ।
 

तर बसुन्धरा-बार्बराबीचको विवाहलाई दरवारले मान्यता दिएन । त्यसैले उनले अधिराजकुमारी बार्बराको मान्यता पाउन सकिनन् । अधिराजकुमार बसुन्धराको निधनपछि अनेक दुख र हण्डर खानुपरेपनि नेपालप्रतिको उनको माया र सद्भाव कहिल्यै मरेन । अधिराजकुमार बसुन्धराको अनुपस्थिति र दरवारले गरेको अपमानका बाबजुद उनले नेपालमै बस्ने र यहीं मर्ने निर्णय गरेकी थिइन् ।


Barbara Adams chatting with Prime Minister Prachanda and his wife Sita Dahal at the PM's reception party in New York on September 25, 2008. Dr. Gita Acharya, wife of Ambassador Madhuraman Acharya looks on. Photo: eEyeCam

५ दशक अघि नेपाल भित्रिएकी बार्बराले सदैव नेपाल र नेपालीको पक्षमा कलम चलाउँदै आएकी छन् । त्यसैले यसअघिका कतिपय जनविरोधी सरकारहरुले उनलाई नागरिकता दिन सँधै हिच्किचाइ रहे । आफूलाई नेपालीबाहेक केही नसोच्ने उनको जन्म भने अमेरिकाको न्यूयोर्कमा भएको थियो ।

०५४ सालमा तत्कालिन गृहमन्त्री बामदेब गौतमले उनलाई नागरिकता दिने प्रकृया चालेपनि त्यो सरकार ढलेकाले उनले नागरिकता पाउन सकिनन् । तर सरकार आफूलाई नागरिकता दिने सवालमा सकरात्मक रहेको पाएपछि उनले यसलाई आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण मानेकी छन् ।

गत महिना प्रधानमन्त्री प्रचन्ड न्यू योर्क आउनु हुँदा बार्बरा यतै थिइन्‌। उनी सेप्‍टेम्‍बर २४ मा संयुक्त राष्ट्र संघका लागि नेपाली राजदूत मधुरमण आचार्यले प्रधानमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रीभोजमा पनि आमन्त्रित थिइन्‌। उक्त भोजमा प्रधानमन्त्री प्रचन्डसँग उनको लामो कुराकानी चलेको थियो।

-Sitaram Baral in Kathmandu and Pratha Magar in New York


Barbara Adams in Kathmandu. Photo: Sitaram


Barbara with Ian Martin, chief, UN Nepal Mission, Dr. Megh Gurung, Luna Ranjit and Narbada Chhetri of Adhikaar.Org at the PM reception party in New York. Photo: eEyeCam


USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa magar, Barbara Adams, Margaret Carne-Thapa, VP, US Nepal Media Center, Dr. Megh Gurung and Shail Upadhyay at the PM reception party in New York. Photo: Shahdev Paudel
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®